Skip to main content

दुइ पृष्ठ कान्तिपुर

गत मंगलबारको कान्तिपुरको दृष्टिकोण र बिचार पृष्ठ (हेर्नुहोला) त्यस्सै साँझ नियालेर हेरें । एकानब्बे
बर्षीय सत्यमायाले तिनदशकसम्म अल्झिएको मुद्दामा बल्ल न्याए पाएकोमा दृष्टिकोण पृष्ठको देवे्र कुनामा टुक्रुक्क बसेका नारायण वाग्ले खुसी देखिन्थे । सँग सँगै अलोकप्रीय अन्यायलय (भन्दा हुन्छ) लाइ लोकप्रीय न्यायलय (कैलेहोला?) बनाउनका निम्ति सकारात्मक कानुनी अभ्यास र प्रशासनीक सुधारको आवश्यकता पनि उनका कलमले औंल्याइरहेको थियो । त्यसैको दायाँ तर्फ तराइबाट संसदमा प्रतिनिधित्व गर्ने दलहरुले उठाएका मागहरुमा पाठकहरुले शब्दका तिर नचाइरहँदा तराइ, पहाड हिमाली, हामी सबै नेपालीको नारा घन्कीरहेको थियो । पत्रकै बिचमा छापीएको कार्टुनमा पनि अइलेको राजनैतिक परिस्थिति प्रतिबिम्वित भएको देखिन्थ्यो । दुइवटा म, मदनमणि र मोदनाथले अघिल्ला अंकमाहरुमा के लेखेछन कुन्र्नी  म’ बढी भो भन्दै केहि पाठकहरु गुनासो पनि गर्दैथे ।

देव्रे पट्टिकै तल्लो कुनामा भने हाम्री दीदी झमक घिमिरे थिइन । गणतन्त्र आयो भन्दैमा घिमिरेले घिमिरेकै बारेमा बोल्यो चाइ नभन्नु होला । तर अरु बेलाँ कान्तीपुरमा छापीने वात्सायनको कार्टुन (बसीबियाँलो हैन) वा छोटकरी समाचारको आकारमा खुम्चीने हाम्री दीदी आज भने केहि हदसम्म भएपनि मन फुकाएर नाचेको देख्न पाइयो । सहमतिको राजनितीमै वर्तमान राजनैतिर्क डेटलक’ फुकाउँनु पर्ने बिचार बोकेका उनका हरफहरुमा पइला लगाइने गरेको (अनुमानर्)  डेटलक’ फुकेको देखिन्थ्यो । उनको ठिक दायाँ पट्टि भने कोइ पाठकहरु सुगद दाइ (प्रवन्ध निर्देशक, नेपाल टेलि–नोकम) को करामतले नेटवर्क र पैसा बरामद भएकामा धोक्रो फुलाइरहेका थिए भने योगीका जोगीका कुरा, बालबालीकाका भोकमा शोकका कुरा पनि उठेका थिए ।
नछापीएका पत्रहरुमा धेरै कुराहरु उप्केका थिए होलान छापीएकामा जाम र बन्दका कुरा मात्र हैनन, नभनुँ कसरि नभनुँ, पिसाबका गन्धका कुरा पनि उठ्न भ्याए । पाठक मञ्चमा, होइन पुरुषलाइमात्र किन पिसाबले अत्याउँछ हँ ? भन्दै अनामनगरका एर्क पाठक’ पुरुष सबैका माझमा ठिङ्ग उभिएको देखे मैले । त्यसै पृष्ठको सबै भन्दा पुच्छारमा खिस्स हाँसेकी राम्री मैयार्ले हाइ’ भनेर हात ठड्याइन होला भन्ठान्याथे ब्वाय फ्रैन्डले दिएको इन्गेजमेन्टको औंठी देखाएकी पो रै’छीन । पढेपछि मात्र पत्तो पाइयो । के अर्नु आँखा जुध्यो भनेर मख्ख पर्याथे, रैछिन अर्कैकी पो प्रेमीका, त्यइ पनि चाल्र्स शोभराजकी ।

पुलुक्क अर्का पान्नामा (बिचार पृष्ठ) आँखा के पल्टाथेँ, लोहनी प्रकासचन्द्र कुर्लनु कुल्र्या रै’छन कोइराला माथि । राष्ट्रिय जनशक्तीका राजनैतिक शक्ती उनी कैले सातदल त कैले  तिनदलमा अल्झिएको सिन्डीकेटलाइ फोडेर पच्चीसदलको सिन्डीकेटको आवाज उठाउँदै त्यसमा आफुलाइ लिफ्ट मागिरहेका थिए । कार्टुनीस्ट देवेनले पनि चित्र त बबालै कोर्या हुन यो लेखाँ । सातदलको गाडिलाइ गुल्टाइ देर, पच्चीस दलीय गाडिलाइ बाटो लगाइद्या रै’छन । तर आजीवन डिजल, पेट्रोलको सटेज भइरहने यो देशाँ यो पच्चीस दलीय जम्बो गाडि राजनैतिक मुद्दाको निर्णय तर्फ अगाडि बढ्नेमा भने शंकै छ ।

उता हाम्री राइ दीदी सावीत्राले आफ्नो भाउँजुको बोलीबाट लेख लेख्ने गोलि पाइछीन क्यार जुलुस नै जुलुसको कुरा उठाएर राम्रो जुलुस प्रदर्शनी गरेकी थिइन र्। स्वतन्त्र हुनुको मज्जै बेग्लै’ भन्दा भन्दै काठमाण्डौं बिर अस्पताल अगाडि प्रेमीकाको परिवारबाट खेदिएको प्रेमीलाइ पुनः लेखमा खेदाएर हैरान पारीन । अब, छोटा कपाल हुने जनक नेपाललाइ कसरि भुलौंला र ? माओवादीबाट दुइहजार एकसठ्ठीमा हत्या गरिएका दैलेखका पत्रकारको चिहान खोज्दाका सन्दर्भमा उनले रिपोर्टरको महत्वपुर्ण डायरी प्रकाशीत गरेका थिए । उनका शब्दहरुले पत्रकार डेकेन्द्रराज थापाको चिहानमा स्वतन्त्र प्रेसको अवशेष खोज्दै थियो ।

उनी भन्दा ठिक तल थिएँ, म । किनकी म यी दुइ पृष्ठलाइ अगाडि राखेर तपाइले पढीरहनु भएका हरफहरु लेख्दै थिएँ ।

भवसागर घिमिरे
पोखरा–३, नदीपुर
हालः अर्थशास्त्र विभाग, त्रि.वि, कीर्तिपुर
sagarbhaba@gmail.com

June 9, 2008, written for Kantipur's letter to editor (Not Published)

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...