–भवसागर घिमिरे शुद्ध भैसी गेटैमा सूचना झुण्डाइएको थियो, ‘यहाँ शुद्ध भैसीको दूध पाइन्छ’ । गोठमा पुगेर हेर्दा एक जनादार्ई त्यहाँ बसेर केरा खाँदै थिए । आफूलाई दूध चाहिएको थियो, महिनावारी लैजान । ‘दाजु खैत भैसी ?’ प्रश्न सुन्ने बित्तिकै उनले घर तिर देखाए । घर गएर ढोका ढक्ढकाएको पाडीले ढोका खोली । हेरेको त भैसी भर्खरै नुहाएर शुद्ध भएर कपाल कोर्न लागेकी रैछे । पाडी टिभीमा कार्टुन हेर्दै थिई । मलाई देखेर भैसी खिस्स हाँसी । गोठका दाई पनि घर भित्र आए । ‘दाई मलाई दूध चाहियो,’ मैले भने, ‘शुद्ध होला नी ?’ ‘शुद्ध भैसीको दूध पाइन्छ भनेर लेखेको हेरिहाल्नु भो । त्यहाँ लेखेको अनुसार, भैसी शुद्ध छ त्यसको ग्यारेन्टी लिन्छु, दूध शुद्ध लेखेको छैन, ग्यारेन्टी दिन सकिन्न ।’ सत्य कुरा ‘यहाँ मुत्ने कुकुर हो’ एउटा यस्तै सूचना बोर्डको अघि एक मान्छे मस्त पिसाब फेर्दै थियो । राजधानीको व्यस्त बजारको छेवैमा । कुनो परेकाले हड्प्न बाँकी रहेको सानो सरकारी जग्गा । दुईचार सिस्नोका बोट । गन्यका घाँसले हुर्कने ठाउँ पाएका थिए । केही फोहोरका पोकापोकी अघिल्तिरको भित्तोमा यो सूचना पोतिएको थियो । आफूलाई सहज बनाइसकेपछ...