Skip to main content

परनिर्भरताको लाईनमा हामी


खेतीपातीमा आधुनिकता नभित्रेर हो वा भित्रेर पनि यसको प्रचार प्रसार प्रयाप्त नभएर हो हामी मध्ये धेरैलाई खेतिपाती भन्दा अन्य रेडिमेड जागिर खानु नै जाती लाग्छ । बाली भित्राउन अहिले दँदेरा पाउन छाडिएको छ । धान चुट्न नपर्ने, पेडल चलाएर धान झार्ने मेशिन आएर पनि यसको व्यापकता हाम्रो भेगमा हुन सकेको छैन । थोरै संख्यामा भएका गोरु हप्तादश दिनलाई बुक भैसकेका छन् । सडकले छोएका तर प्लटिङले नछोएका नगन्य खेतमा ट्याक्टरले नै दाही हाल्ने चलन सुरु थालेका छन्, केहि अझै गोरुकै भरमा छन् । पहिला आँखाले भ्याईन्जेल हेर्दा पनि घर नदेखिने हाम्रो खेतमा अहिले एक चक्कर आँखा डुलाउने हो भने नयाँ बनेका र बन्दै गरेका घरहरुले दिमागको चार चक्कर लगाईदिन्छन् ।

रातमा छिंडीमा सुतेको मान्छे विहान महलमा उठेझै गरि जग्गाको भाउ मुखमुखैमा बढ्दोछ । नबढेको त उत्पादन हो कृषिको जो आधुनिकतासँग कुम मिलाउन नसकेर वर्षै पिच्छे घट्दोछ । कहिलेसम्म यसरी नै चल्ने होला ? हामी परनिर्भरताको लाईनमा अनभिज्ञ भएर उभिई रहेकाछौं ।

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...