Wednesday, October 28, 2015

चाईनिज भर्सेस इन्डियन


झरिको दिनमा टेम्पोभित्रको यात्रा कस्तो होला ? निक्कै न्यानो थियो । छोरी स्कुल पु्र्याउन लागेका एक
http://ink361.com/
अधवैशे मानिस बायाँ तर्फ बसेका थिए, दुई छोरीहरूको साथमा । मेरो अघिल्तिर प्याजी रंगको लाहुरे छाता टेकेर ६५ हाराहारीका बाजे पनि बसेका थिए, पल्टनको पेन्सनमा बजेका लाहुरे जस्ता थिए । उनको आडैमा उनकी श्रीमती पनि थिइन्, जाडोमा रातो पच्छ्यौंरा गम्लङ्गै ओढेकी । त्यससँगै अर्का बाजे बसेका थिए, दाँत त थिएनन, हाँस्न चाहि मिठो हाँस्थे, खित्का छाडेर । यिनलाई हँसमुख बाजे भनौं ।

कार्यलय जान हतारिएका केही युवाहरू मेरो बायाँ तर्फ थिए, म जस्तै । दश जनाको जत्था शान्तीनगर चोकबाट बानेश्वर हुँदै सुन्धारा आउने तयारीमा थियो, विहानको ९ बजेर ५ मिनेट जाँदाको समयमा । पानी निरन्तर पर्दै गर्दा टेम्पु स्टार्ट भयो । २५ हाराहारीकी एक बहिनी दौडदै आइन अनि टेम्पुभित्र उक्लिइन् । उनले छाता बन्द गर्ने बित्तिकै त्यसको पानी चुहिएर बाजेको पाइन्ट रुझायो ।

‘यसो सर्नुस् है छाताले भिजाउला’ उनले भन्न नपाई हँसमुख बाजेले मुख खोले, ‘छाताले भिजाएपनि पानीले नभिजाए भैहाल्यो केही छैन ।’ सबैको हाँसो छुट्यो । टेम्पु चल्न थाल्यो ।
‘यो छाता मज्जैले टिक्छ, गज्जब हुन्छ,’ हँसमुख बाजेले लाहुरे बाजेको प्याजीरंगको छाता देखाउँदै भने ।
‘खै क्यार्छ, चाइनीज न हो,’ लाहुरे बाजेले मुख खोले ।
‘त्यही त भरपर्ने हुन्छ भन्या त,’ हँसमुखबाजे खित्का छाडेर हाँसे, ‘इन्डेन त भन्ने मात्र हो, भरको हुँदैन भन्ने देखिहाल्यो नी ।’
त्यसपछि टेम्पुभित्र सबैको हाँसो गुँञ्जियो ।

No comments:

Post a Comment