Skip to main content

सम्झनामा जहाजका तस्बिर मात्र


हिजो जहाज दुर्घटनाको समाचार थाहा पाए पछि निक्कै खल्लो लाग्यो ।  नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज हो भन्ने थाहा पाए पछि मैले आफूसँग भएका यात्राका फोटोहरू पल्टाउन थाले । पछि थाहा पाएँ यो त्यही जहाज थियो जसले मलाई कुनै बेला नेपालगञ्जबाट जुम्ला र मुगुबाट नेपालगञ्ज सुरक्षित ल्याउन सघाएको थियो । 
 म २०६७ को वैशाख ११ गते यो जहाजमा नेपालगञ्जबाट जुम्ला उडेको थिएँ । बीबीसी मिडिया एक्सनको रेडियो कार्यक्रम उत्पादनको शिलशिलामा । जहाज उडेर जुम्ला ल्याण्ड नगरे सम्म पुगिन्छ भन्ने टुंगो हुँदैन्थ्यो । उडानहरू खराब मौसमका कारण बीच बाटोबाटै फर्केका पनि धेरै उदाहरणहरू थिए । त्यसैको केही महिना पछि (अषाढ १ गते ) सीता एरलाइन्सबाट नेपालगञ्ज देखि जुम्ला उडेका हाम्रो टोली बीचबाटो बाटै पुनः नेपालगञ्ज फर्केको थियो, खराब मौसमका कारणले । केही दिन कुरेर ४ गते उड्दा मात्र हामी सकुशल जुम्ला अवतरण गर्न सक्यौं । जहाजमा पहाड तीरको यात्रा गर्दाको अनुभव निक्कै रोमाञ्चक अनि डरलाग्दो थियो त्यती बेला ।

पहिलो पटक जुम्ला, कर्णाली जानु । पहिलो पटक नेपाल एरलाइन्सको जहाज चढ्नु मेरो लागि निक्कै नौंलो अनुभव थियो । जहाज त्यती बेला ४० वर्ष पुरानो थियो भन्ने कुरा ऐले आएर थाहा भयो । ऐले त ४३ वर्ष पुरानो भैसकेछ । तर नेपालगञ्ज, जुम्लामै पनि के सुनिन्थ्यो भने सबै भन्दा राम्रो नेपाल एरलाइन्स नै हो किनकी यसले रिक्स लिँदैन । पाइलटहरू निक्कै अनुभवी हुन्छन् । हातमा यसैको उड्ने टिकट पाउँदा निक्कै खुसी भएको थिएँ । तर मौसम अनि इञ्जिनको गडबडीका बीच पाइलटहरूको सिपले पनि हार खाँदो रहेछ । दुर्घटनाको खबरले मन दुखी छ । आफूसँग भएका यसका तस्बिर र जहाज उडानको बेलाको भिडियो हेर्दा मन कता कता दुख्दो रहेछ । उडान सुरक्षामा नेपाल निक्कै कमजोर भैसकेको छ । आखिर हामीले कहिले सम्म यस्तो समाचार सुनिरहनु पर्ने होला ?

यो जहाजसँगको केही सम्झना (साथमा अन्य तस्बिर)
Jumla Airport
Jumla Airport with Sita Airlines
Mugu Airport

Pilot of Nepal Airlines Flying to Jumla
Outside View from NA Plane




Pilot of Nepal Airlines Flying to Jumla



Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...