गोलीको खत कहिले मेटिएला?

आज ठ्याक्कै दश वर्ष बित्यो। २०६० साल कार्तिक ११ गते। पोखरा बजार। पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह तृतीय वर्षको परीक्षा सकिसकेको थिएँ। स्नातकोत्तर अध्ययनको माहोल मिलाउन म काठमाडौं जाने योजना पनि बुन्दै थिएँ। तिहारको भाइटीकाको अघिल्लो दिन मात्र सकिएको थियो ।
भतिजीको पढाइका लागि छात्रावास फर्कने बेला पनि भएको थियो। उसका लागि जाडोका केही लुगा किनमेल गर्नु पर्ने काम। कान्छी दिदी सावित्रा सुवेदी र साथी रूद्र कुँइकेलको साथमा म बजार पुगेको थिएँ। बजार डुल्दादिनको ३ बजिसकेको थियो। मलाई आइसक्रिम खान मन लाग्यो ।
पोखराको व्यस्त बजार। चिप्लेढुंगाभन्दा थोरै उत्तर तिर भित्र पट्टी रहेको पन्थी डेरी आइसक्रिमको लागि निक्कै चर्चित थियो।
'जाऊँ पन्थी तिर,' मेरो कुरा भुइँमा खस्न नपाउँदै सावित्रा दिदीले भन्नु भयो, 'घर फर्कन भ्याउँदैनस् पछि जाउँला।'
कास्की जिल्लाकै हंशपुरमा छ मेरो घर।
पोखराबाट बेगनास तालसम्म लगभग १ घण्टाको बस यात्रा र त्यसपछि पनि हंसपुर जान कच्ची बाटोका लागि करिब पौने घण्टाको यात्राको लागि अर्को गाडी समाउनु पर्ने बाध्यता थियो।
गाडीबाट झरेर अझ आधा घण्टा उकालो हिडेपछि मात्र घर आउँथ्यो। संकटकालको बेलारात ढल्की सकेपछि हिड्न सकिने स्थिति थिएन। त्यसैले म बेगनासको लागि गाडी चढेँ।....

मसँगै बजार डुल्ने रूद्र पनि थिए साथमालेखनाथ सम्म जानको लागि। आधा घण्टापछि गाडी लेखनाथ चोक पुग्यो। रूद्र लेखनाथमा दिदीको घरमा काम छ भन्दै झरे।
पोखराको चिप्लेढुंगाबाट तीन बजे छुटेको गाडी लेखनाथ काटेर लगभग पौने चार बजे पृथ्वी राजमार्गको डाँडाकोनाक पुगेको थियो। गाडी अचानक रोकियो।
हामीले दोहोरो फायरिङको आवाज सुनिरहेको थियौं। माओवादीले डाँडाको नाक चौकीमा आक्रमण गरेछन्। गोली पड्केको आवाजले बस भित्रका मानिसमा त्रास फैलियो। सबैको मुहारमा कालो निलो हुन थाल्यो।
संकटकालको समयदोहोरो भिडन्तको नजिक पुग्नु निक्कै डरलाग्दो कुरा थियो। ड्राइभरले गाडी धेरै परसम्म ब्याक गरेर लगे। फेरि पछाडि फर्किएर गाडी लेखनाथ चोक नै आइपुग्यो। उता भिडन्तमा के के भयो होला भन्ने कौतुहलता मान्छेहरू माझ थियो।
बाटोमा अरू सवारी साधनको आवतजावत रोक्नका लागि बुढीबजारमा ट्रक जलाइएको छ भन्ने समाचार आयो। एकाएक पोखरा र आसपासका क्षेत्रको वातावरण त्रासमय बन्यो। माओवादीले सैनिक ब्यारेकको नजिकै आएर यसरी आक्रमण गर्छन् भन्ने कसैले सायदै सोचेका थिए।
लेखनाथबाट छोटो दुरीमा पर्ने बिजयपुरमा नेपाली सैनीककोे ब्यारेक थियो। उनीहरूले युद्धमा हस्तक्षेप गर्छन कि भन्ने डरले होला माओवादीहरूले बुढीबजारमा ट्रक जलाएका होलान भन्ने मेरो अनुमान छ।
भिडन्तको त्राशबीच। हामी न पोखरा जाने अवस्था रह्यो न बेगनास फर्कने नै। गाडीबाट पाँच मिनेट जति कोही झरेनन्। सबैको ओठतालु सुकिसकेको थियो। म पनि रूद्रकै दिदीको घरमा गएर बस्छु भन्नेसोचेँ। खै के सुर चल्योएक्कासी गाडीबाट झरेँ।
गाडी लेखनाथ चोक पुग्न भन्दा एक सय मिटर अघिनै सडक छेउ रोकिएको थियो। म झरेर लेखनाथ चोक तिर अघि बढेँ। चोक पुग्नु दश मीटर जति अघि पुगेर यसो वरपर नियालेँ।
शालिक आसपासमा हतारिएर हिडिरहेका एकादुई मान्छेबाहेक सडक सुनसान भइसकेको थियो। सायद उनीहरू पनि घर फर्कदै थिए। बदामसुन्तला बेच्नेहरू पनि उठिसकेका थिए। सबै पसलहरूका सटर तानिएको थियो। दिउँसै मध्ये रात जस्तो।
डराइ डराइ लेखनाथको शालिकतिर अघि के बढेको थिएँएउटाले 'भागभनेको आवाज सुनेँ। को रहेछ भन्दै पछाडि फर्कन जिउ मोडेको मात्र के थिएँगोली पड्केको आवाजसँगै मेरो पेटबाट भुल्भुल्ती रगत बग्न सरू भयो।
लगत्तै दुई जना भाग्दै पर पर गए। पेट छाम्दै थिएँकेहि क्षणभरमै लेखनाथको शालिक नजिकबम पड्कियो। आवाजले  रन्थनीएँ। त्यती बेलासम्म मेरो पेटमा खास के भएको हो भन्ने मलाई पत्तो थिएन। भाग भन्ने दुई मध्येका एकले अगाडि तम्सेको देखेर मलाई गोली चलाएको हुनुपर्छ भन्ने मेरो अनुमान हो।
त्यतीबेला रगत बग्न थालेपछि पेट एक्कासी पोल्न थाल्यो। एक हातले पेट अँठ्याउँदै लगभग ५० मिटर जति हिडेँ होला। असैह्रय भयो। एउटा घरको गेटबाट भित्र पसेँ। कुनामा केराको बोट रहेछत्यसकै छहारीमा पल्टेँ।
१५ मिनेट सम्म कोहि आएन। हातले नै रगत थामेको थिएँतर पनि औलाको कापा कापाबाट रगत बाहिरीन खोज्दै थियो। लगाएको टिसर्ट पनि भिज्दै थियोरगतले।
एक जना केटा मान्छे नजिकै आएर सोधखोज गरेजस्तो गर्‍यो। बिस्तारै एक पछि अर्को गर्दै मान्छेहरू निस्कन थाले। मैले आफूलाई कण्ठ भए जति १०१२ जनाको नब्बर भनेर फोन गरिदिन आग्रह गरेँ। त्यती बेला अहिलेको जस्तो हात हातमा मोबाइल फोनको चलन थिएन।
फसिन्छ भनेर हो कि के होकसैले फोन गर्ने आँट गरेनसबै मुकदर्शक। रगत रोकिने छाँट देखिँदैन्थ्यो। रिसको झोकमा उनीहरूलाई यति नमज्जाले गाली गरेँ किसबै मौन बसे।
'बाबै मर्छन कि क्या होअधवैशे आमैले बीचमा मुख खोलिन। मर्ने शब्दले एकातिर डर पलाउँदै थियो भने अर्कोतिर उनीहरूको व्यवहारले रिस बढ्दै थियो।
'सक्नुहुन्छ भने तपाइहरूले फोन गर्दिनु हैन भने यहाँ बसेर खोक्रो कुरा नगर्नुम झनै कड्किएँ। घटना भएको आधा घन्टा भैसकेको थियो। घाँटी सुकेर पानी पिउन मन लाग्यो। केही मान्छेले पानी पियो भने झन रगत बग्छ भनेर दिने वास्ता गरेनन्म एक पछि अर्को असहयोगमा परेँ।
एकैछिनमा ५०/५५ उमेरका बूढा देखा परे। ठूलो मनका रहेछन्उनले घाउमा बाँध्ने सुतीको कपडा (गज) ल्याएर दिए। त्यसले रगत आइराखेको ठाउँमा अँठ्याएर समातीरहेँ।
सडकमा अन्य सवारी साधन देखिँदैनथे। त्यती बेलासम्म कसैले फोन गरिदिने आँट पनि गरेका थिएनन् आफन्तलाई। मृत्युलाई नजिकै देख्दा दिमागले केही सोच्न भ्याउँदो रहेनछमैले त्यही भोगे।
एकघन्टापछि एक जना केटो बाइकमा आयो। 'यो त बेगनास ताल रामेश्वरको साला हो,' उसले चिनेपछि भने अब बाँचिन्छ कि भन्ने आश लाग्यो। बाइकमा अस्पताल जान सक्ने स्थिति भने थिएनम त्यहीँ गुटमुटिएर बसेको थिएँ।
केहीछिन अघि आएका एक विदेशी पर्यटकले मेरो भिडियो लिइराखेका थिए। सुरक्षाकर्मीको एक जत्था पनि तत्काल त्यहाँ आइपुग्यो। संयोगअघिदेखि भिडियो लिने पर्यटक ट्याक्सी रिजर्भ गरेर बेगनास घुम्न निस्केका रहेछन्। दोहोरो भिडन्तका कारण उनीहरू ट्याक्सी छाडेर दोबाटोमै अलपत्र परेछन्। उनीहरूले  मेरो लागि ट्याक्सी छाडे। अस्पताल हिड्ने मेरो बाटो खुल्यो।
दुई सुरक्षाकर्मीले मलाई उचालेर ट्याक्सीमा हाले। मेरो झोला उनीहरू दिन भने मानेनन्मैले झोला नलिइ नजाने भनेँ। उनीहरूले यसो चेक गरेर बल्ल तल्ल फिर्तादिए। पृथ्वी राजमार्गको डाँडाको नाक र बिजयपुर खण्ड बीच सडक ठाउँठाउँमा ब्लक गरिएको थियो। ट्याक्सीले बैकल्पिक बाटो समात्योरिठ्ठेपानीको। त्यसको लगभग १ घण्टापछि मात्र म पश्चिमाञ्चल क्षेत्रिय अस्पतालपोखरा पुगेँ।  
दश मिनेटमा पोखरामै रहेकी कान्छी दिदी आउनु भयोउहाँसँग म सोही दिनको दिउँसो सपिङमा हिडेको थिएँ। त्यसको केही बेरमै जेठा भिनाजु बेगनासबाटै बाइकमा आइपुग्नु भयो। सायद अघि म लडिरहँदा बाइकमा आउने केटाले भिनाजुलाई खबर दियो होला भन्ने मेरो अनुमान थियो। जेठा भिनाजु बेगनासबाट पोखरा अस्पताल आउँदा थुप्रै चेकिङ खेप्नु पर्‍यो रे।
'पेट त बाहिरै निस्केछ,' कान्छी दिदी र जेठा भिनाजु नजिक आएर रुन पो थालेअब भने म मर्छु कि भन्ने डर लाग्यो। सानो घाउ लाग्दा निक्कै दुख्दो रैछ। तर ठूलो दुर्घटना परेपछि दुखाइले यति धेरै सिमाना नाघ्दो रैछ किदुखाइ भन्दा पनि आफू बाँच्छु कि बाँच्दिन भन्ने पिरले जित्दो रहेछ,' मैले यहि महसुस गरेँ।
एक्सरे गरेपछि मलाई तत्काल अप्रेशन कक्षतिर लगियो। डाक्टर भोजराज न्यौपाने थिए। उनी पनि मेरो घर हंसपुरक तिरकै रहेछन्।
'तपाईलाई ठिक हुन्छबाँच्नुहुन्छउनले सहानुभुती दिए। अप्रेशन पछि एकैचोटी मैले अर्को दिन बिहानमा मात्र होस पाएँ। अब चाहि बाँच्ने आश पलायो। मैले थाहा पनि पाएँगोली मेरो देब्रे कोखाबाट छेडिएर नाइटोबाट निस्केको रहेछ।
पेटमा देब्रे कोखाबाट नाइटोसम्म लामो र डरलाग्दो दाग छघाउ सिलाएको दाग। पहिला त शारीरिक अपांग नै हुन्छु कै भन्ने लागेको थियोअप्रेशन पछि भने मनमा लागेको यो कुरा बिस्तारै मेटिए झै भयो।
त्यती बेलाअस्पतालमा सोधपुछको लागि प्रहरी आए। मेरै गाउँको मेरै नाम र थर मिल्ने 'प्रकाश सुवेदीमाओवादीको भातृ संगठन क्रान्तिकारी विद्यार्थीमा सक्रिए थिए। सँगै पढेको साथीका बारेमा नाम जुधेपछि प्रहरीले सोधखोज गरे। मैले यसबारे आफू अनभिज्ञ बताएँ।
मलाई यी झमेलाको बीचमा पर्नु पनि थिएन। घटनाका बारेमा रिपोर्टीङका लागि केही पत्रकार पनि आएका थिए। मैले उनीहरूलाई मेरो नाम नछाप्न/नभन्न अनुरोध गरेँ। बा आमाले एक्कासी यस्तो कुरा थाहा पाउँदा नराम्रो असर पर्छ कि भन्ने मेरो आग्रह उनीहरूले मानेँ। एफएममा समाचार आउँदा पनि मेरो नाम आएनघटनाका बारेमा मात्र आयो।
बम पड्कँदा टाउकोमा बमको छर्रा लागेर एक जना बच्चा बितेको र म सहित पाँच जना घाइते भएको पनि थाहा पाएँ मैले। ती मध्ये ७० हाराहारिकी एक आमै पनि थिइन रे। उनको पछि के भयो त्यो थाहा भएन। दोहोरो भिडन्तमा धेरै सुरक्षाकर्मी र केही सर्वसाधारण बिते। धन्न घाइते भएर पनि मेरो ज्यान भने बच्यो ।
अप्रेशन सकिएपछि लाग्थ्यो अब तनावबाट उम्केँ। तरतनाव तबबाट बढ्न थाल्यो जब ७ दिनपछि घाउमा इन्फेक्सन बढ्यो। जति प्रयास गरे पनि घाउ झनै बिग्रन थाल्यो। १९ दिन सम्ममा पनि घाउ ठिक भएन। पोखरामा उपचार हुने छाँट नदेखिएपछि दाइले तुरुन्तै बम्बै आउन भन्नु भयो।
'बम्बै जानै पर्ने भोयो कुराले मेरो ज्यानमा ठूलै संकट आइसकेछ झै लाग्यो। त्यस पछि भने आफू बाँच्छु कि बाँच्दिन्भन्ने प्रश्नले मेरो दिमागमा नराम्रोसँग डेरा जमायो। जसको उत्तर निक्कै अँध्यारोमा हराएको थियो। आफू कुनै दिन यस्तो अवस्थामा आउँछु भन्ने मैले सपनाको सपनामा पनि सोचेको थिइन।
खुब रुन मन लाग्योएक्लै रोएँ पनि। सुतेको ठाउँबाट एक्लै सोझै उठ्न सक्दैन्थेँकसैले उठाइदिनु पर्थ्यो। बेल्ट बाँधेर बिस्तारै हिड्न भने सक्थेँ। स्थिति बिस्तारै बिग्रन्छ भन्ने लाग्न थाल्यो।
थप उपचारको लागि साथी सुवास वास्तोलाको साथमा पोखराबाट म जहाजबाटै काठमाडौं आएँ मुम्बै जान।
मुम्बै जानको लागि तत्कालिन आरएनएसीको टिकट थियो। त्यती बेला सो जहाज सोझै मुम्बै जान्थ्योस्थिति भने उस्तै थियो। जहाजको उडान रद्ध भयो। हामीलाई नयाँ बानेश्वरको एभरेष्ट होटलमा ल्याएर राखियो। अर्को दिन जान्छ भनेका थिएअझै गएन। पर्सी पल्ट पनि यस्तै भयो।
यो बीचको तीन दिनमाअन्य जहाजको टिकट मिलाउनेमेरो घाउ डे्रसिङ गर्न लैजानेल्याइदिने काममा मेरो भिनाजुको मामा त्रिपुरेश्वर राज त्रिपाठीले निक्कै सघाउनु भयो।
कति दिन कुर्नेनेपाली जहाज र उसको तौर तरिका उस्तै गयगुज्रेको थियो। हामी अर्को दिन भारतीय जहाजबाट दिल्ली पुग्यौँ। दिल्लीबाट अर्को जहाजमा बम्बै। रातको १ बजेको थियोदाइ बसेको गोरेगाउँ स्थित घरमा पुग्दा। भोली बिहानै ६ बजे अस्पताल पुगियोरामकृष्ण मिसन अस्पताल।
दाइका निकट डाक्टर शर्मा थिए त्यहाँ। उनले घाउका गजहरू निकाल्न थाले। घाउ यसरी पाकेको थियो किदाइ र अर्को साथीले हेर्नै सकेनन।
के हो कुन्निउनको उपचारले भोलि पल्टबाटै घाउ अल्लि सुक्न थाल्यो। त्यत्रो १९ दिनसम्म सञ्चो नभएको घाउ यसरी चाँडो राम्रो हुने छाँट देखाउँछ भन्ने मैले सोचेको पनि थिइन्। पोखराका डाक्टरहरूको नजर राम्ररी नपरेर नै मैले झन दुःख भोग्नु परेको त्यतीबेला दिल्ली गएपछि मात्र बुझेँ। थप २७ दिन अस्पताल बसेँ। ४५ दिन दाइको कोठामा।
बल्ल नेपाल फर्कन पाइयो। संयोगको कुरो भनौं वा के भनौंदेशमा राजनीतिक स्थिरता ल्याउनका लागि भारत दौडीरहनु पर्ने स्थितिले थियो राजनीतिमा। मेरो घाउ सन्चो बनाउन पनि उतै दौडनु परेको थियो।
यो घाउको ठूलो लामो दाग अझै पनि छ मेरो पेटमा। यहि देखिन्छ कि भन्ने अफ्ठ्यारोले गर्दा म सार्वजनीक ठाउँमा धेरै मान्छेका माझ पौडिन सक्दिन। नुहाउन बाथरुम पस्दा हरेक पटक मलाई ती दिनहरू याद आउँछन् जसले मलाई निक्कै रुवाएर गए।
यती ठूलो द्वन्द्व भयो। हजारौं मान्छे मरे। कति अपांग भए। कति टुहुरा भए। मैले त उपचार पाएँकतिले त्यो पनि नपाई बिते। राज्य र लडाकु पक्षको चेपुवामा परेर कतिले घरबार छाडेसंसार छाडे। तर पनि समस्या अहिले पनि उस्तै देख्छु म।
माओवादी शान्ति प्रक्रियामा आए। परिवर्तनका लागि संविधान सभाको चुनाव भयो। तैपनि संविधान बनेन। फेरि चुनाव हुने कुरा छ। आखिर फेरि हामी उहि गोलचक्करमा फस्दै छौं। सोच्छु के यहि दिन देख्नका लागि हामी दशक भन्दा बढी द्वन्द्वको त्रासमा बाँचेका थियौं?
मेरो जीउमा भएको खतले अझै पनि मलाई झस्काउँछ। बाँचुन्जेल यो मेटिँदैन थाहा छ। तरहामीले सोचेको जस्तो नयाँ नेपाल बनेर के देशमा लागेको द्वन्द्वको खत मेटिएला त ?
भवसागर घिमिरेसँगको कुराकानीमा आधारित )
Twitter @kathakhojdaej
- See more at: http://setopati.com/samaj/4971/#sthash.oZh0Y8cB.dpuf

Comments