‘माफ गर्नु होला, तपाइँले सम्पर्क गर्नु भएको फोनमा सम्पर्क हुन सकेन...’ मोबाइलबाट यस्तो सुनेपछि अर्जुनचौपारी गाविस, ठूलेगाउँकी डिलमाया गुरुङलाई फोन नै हुर्याइदिउँ जस्तो हुन्छ । सिडिएमए फोनको यदि टावर टिपिहाल्यो भने पनि कुरा राम्ररी बुझिदैन । गाउँमै बेला बेलामा भैरहने रितीतिथी, सामाजिक कार्यक्रमबारे जानकारी दिन उनीहरूले सदाझै कट्वाल कान्छालाई गुहार्छन् । अनि त केही बेरमै गुफाडाँडाबाट डम्मर बहादुर बिकको तिखो स्वर सुनिन्छ, ‘सुन्नुस् हे साइबो गाउँमा आमासमुहको बैठक हुँदैछ...।’ उनी चिच्याए पछि वयस्कमात्र होइनन्, गाउँमा के हुँदैछ भन्ने कुराको जानकारी हरेक केटाकेटीले पनि राख्न सक्छन् । ३१ वर्षे विकले गाविसको कट्वाल पेशा धानेको ४ वर्ष पुग्यो । यसअघि कट्वाल बसेका बृद्ध कुल बहादुर परियार बितेपछि उनले यो काम सम्हालेका हुन् ।
...A Blog By Bhabasagar