Skip to main content

चैते दशैंमा सराएँ


पाल्पा, चैते दशैंको अवसर पारेर जिल्लfको पालुंङ मैनादी गाविसको कालीका देवीको मन्दिरमा सराएँ निकालियो।
हरेक वर्ष चैत्र दशैंको अष्टमीको दिन यो मन्दिरमा मान्छे भेला भएर पुजापाठ गरि त्यहाँ पहिल्यै देखि जम्मा पारिएका खुँडा तरबार लिएर जात्रा निकाल्ने चलन छ। जात्रामा पुरुषहरूले खुँडा नचाउँदै मन्दिर वरपर परिक्रमा गर्ने र गाउँले पुरै मिलेर भजन गाउने र नाँच्ने गर्छन्। सराएँ भनेको विजय उत्सव हो।
किंवदन्ती अनुसार अहिले कालिका देवीको मन्दिर भएको ठाउँमा पहिला एउटा स्वामीको रुख थियो। त्यो ढलेको ४ वर्ष पछि बिस्तारै फेरी पलाउन सुरु गरेको र पछि एकाएक त्यहाँबाट उठेको देखेपछि गाउँलेले त्यहाँ देवीको शक्ति भएको विश्वास गरि मन्दिर थापना गरेर पुजापाठ सुरु गरेको मैनादी हर्कुडाँडाका युद्धराज गैरेले बताएँ। कोही कोहीले भुवन पोखरी पाल्पामा रहेको रैनादेवी पनि त्यहाँ आएकी विश्वास गर्छन्। पहिला कान्ता भन्ने जोगि आएर त्यस मन्दिरलाई संरक्षण गर्न सुरु गरेकाले यसलाई कान्ता आश्रम पनि भनिने गैरेले बताए।

'सराएँ जात्रा २०४५ सालबाट निकाल्न सुरु गरिएको हो,' कालीका मन्दिरको पर्यटन प्रवद्धन समितिका अध्यक्ष डिल्लीराम नेपालले भने।  उनका अनुसार पहिला बाइसे चौबिसे राजाका पालामा यसैगरि दशैंका बेलामा त्यहाँ हतियार प्रदर्शन गर्ने चलन थियो।
मन्दिरलाई अल्लि व्यवस्थीत पारेर लैजाने शिलशिलामा अघिल्लो साल पर्यटन मन्त्रालयको केही आर्थिक सहयोग र स्थानीय श्रमदानमा त्यहाँ बार बन्धन गरेर पाटी बनाइएको थियो। …अब देवीको मन्दिरलाई पुनः निर्माण गरि धार्मिक पर्यटकीय स्थलको रुपमा विकाश गर्ने योजना छ,' नेपालले भने,' हामीले मन्त्रालयमा फेरि ताकेता गर्दैछौं।'

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ