Skip to main content

बेग्लै कथा…


मानबहादुरको मन भन्छ मरेरै भएपनि म माथि गएर मालिकसँग मेरो जिन्दगीको हिसाब माग्नेछु ।

सबैले मानबहादुर भन्छन् । धादीङ्गे रानामगर हुँम । वर्ष ७२ । मान्छे होचो । बाउ राणासाशन छँदा सरकारी पल्टनमा काम गर्थे । आमा घर धन्दा र खेतिपाती । एउटो दाइ थे । अर्की दिदी । बाउले नोकरी छिटै छोडे । गाइभैसी हेर्ने घाँसदाउरा खोज्ने । बारी जोत्ने बाली लगाउने । मुखमा माड पुर् याउन मरेरै काम गर्नु पथ्र्यो । बाले दाइलाइ घरमै अक्षर चिनाको याद छ । मैलेचाइ पढ्न पाइन् ।

घरमा खानपानगर्न मुस्किल पर्न थाल्यो । पन्ध्र सालमा काम खोज्दै हेटौंडा झरियो । कुल्लि बनेरै चार बर्ष बित्यो । दुइचार पैसा हात पथ्र्यो । चलेकै थियो । १९ सालमा पुष्प समशेरका छोरा महेशले घर बनाउने काममा बोलाए । लौंत भनेर गएँ । घरबनाउन खट्टिनेहरु धेरै थिए । राप्ती खोलाबाट पानी बोकेर ओसार्नु पथ्र्यो । कुनै बेला हात खाली हुन्थेन् । महिनौं काम गर्दा पनि ज्याला नपाउनेहरु भागे । न मैले पैसा पाएँ न भाग्न । काम नगरि सुखै थिएन ।

तिन वर्षमा ठूलो घर बन्यो । मैले उनिहरुको घर बनाए उनिहरुले मलाइ त्यही घरको नोकर बनाए । सधै ठूलाठूला कुरा गरेर मलाइ फकाउथे । म उनिहरुको कुरो पत्याएर काममा जोतिन्थे । विहानै उठेर म दुवो फूल टिप्थे उनिहरु देवता पुज्थे । म जुठाभाँडा मोल्थे उनीहरु मस्त बस्थे । म बिग्रे भत्केका ठाउँ मर्मत गर्थे उनीहरु रमाउथे ।

अर्काको घर सजाउँदा मैले आफ्नो घरजम बारे सोच्नै पाइन् । उनिहरु दिन्नथे । आफुसँग केहि थिएन । बिहे गरेर जहानलाइ के गरि पाल्नु ुतँ डल्लेलाइ मिल्ने केटी पाइदैन ।ु भनेर पनि जिस्काउथे कसैले त । साँच्ची अर्को कुरो साल त याद भएन । हेटौंडामै दुवो टिप्न जाँदा काल्नाबाट लडेर एकदिन म बज्ज्ाारिएछु । दुधमा मह मिलाएर पिलाएपछि बल्ल मेरो बक्के आयो रे । उपचार राम्ररी भएन् । उबेला यसै टर् यो । आचल दुखाइ बल्झिन्छ ।

पुष्प समशेरको सालोको घर बनाउन पनि मै खट्टिनु पर् यो । काम गर्दा फलामको बाल्टी खसेर त्यसको पिँधले मेरो दाइने खुट्टामा चोट पर् यो । माझ्झी र काइली औंला त च्वाट्टै । मैले धेरै दुःख पाएँ । पटक पटक भाग्दा पनि उनिहरुबाट पक्डिन्थे । कहिले नाराणगढमा समातिए त कहिले हेटौंडामै । फुत्कने बाटो कहिँ थिएन । घर जान्छु भन्दा पनि पाइन् । आफ्नो भाग्य सम्झेर एक्लै बसि धेरै रोएँ । पाँचपाँच पटक दाइको नाममा धादीङ्ग चिठ्ठी पनि पठाएँ । केहि जवाफ आएन । घरकाले माया मारेछन् भनि चित्त बुझाउनै पर् यो । पछि थाहा पाएँ बा आमा दुबै मरिसक्या रैुछन् । भाउजु पनि खसिसकेकि । बाले मर्ने बेलाँ मलाइ खोज्या थे रे एकै झल्को पनि देख्न पाइन् ।

धेरै वर्ष पछि तिन चार पटक कसो कसो घर पुगेको थिएँ । 'अब फर्केर नजा घरै बस' दाइ भन्दै थिए । तर के गर्नु हरेक पटक उनीहरुले चाँडो फर्की याँ तेरो धेरै पैसा जम्मा भुछ भन्थे । मेरो हिसाब त माग्नै पर् यो नी । सोझो मान्छे फर्कनै कर लाग्थ्यो । पछिल्लो पटक फक्र्या केहि वर्षमै दाइ पनि सकिएछन् । मैले ढिलोगरि पत्तो पाएँ । पैंतिस/चालीस वर्ष त समशेरहरुको सेवा गर्दै बित्यो । बूढो भएँ । पुष्प समशेर र उनकी जेठी बूढी मरे । मेरो कमाइ पाइन्नकि भन्ने ठूलो पिर पर् यो ।

त्यस्तै ५८/५९ मा होला पुष्पसमशेरकी जेठी छोरी माधुरी मैसाबले मलाइ हेटौंडाबाट काठमाडौं ल्याउँनु भो । वाँ सौंतेनीआमा काली राणासँग सँगै बस्नुहुन्थ्यो । यहाँ आएपछि पनि मलाइ न जुठाभाडाँले छोड्यो न घर धन्दा ले । कैंले कुखुरा हेर्थे त कैंले घर सफा गर्थे । काली राणासँग मैले मेरो यत्रो वर्षको हिसाब मागेँ । वहाँले धेरै किचकिच गर् यो भनेर हेप्न थाल्नु भो । हुनत उनका पैसा पनि धेरै ठाउँमा फसेको छ तर मैले मेरो हिसाब माग्न छोडीन् । म अब बूढो भुकाले उनका निम्ति बेकाम भएँ । मैले हिसाब गर्देउ भन्दै धेरै नै कर थालेँ । दिक्क परेका उनीहरुले एकदिन कोहि नभएको असहाय हो भन्दै मलाइ यो वृद्धाश्रममा छोडेर गए ।

तिन वर्षमा बिरलै भेट्न आउँने समशेर खलकले पुराना लुगा बिस्कुट सुर्ती लिएर आउथे । मेरो ज्यान सानो र चाक्लो । कुनै लुगा कस्सिलो हुन्थ्यो त कुनै ठूलो । म त्यत्ती कुरामा मान्ने वाला त छैन । मलाइ यत्रो वर्ष जोताएर मेरो जिन्दगी सके । भगवानले सब देखेका छन् ।

म मरे पछि पुष्पलाइ माथिनै गएर ुखै मेरो यत्रो वर्ष गरेको सेवाको हिसाब देऊ भन्ने छु । उनले त्यहाँ पैसा दिन सक्दैनन् थाहा छ । जिउको मासु नै काटेर भएपनि दिनु पर्छ मलाइ । देउताले जस्सै तिराउँछन् । मैले एकको दुइ हिसाबले असुल्नेछु । म मेरा आमा बालाइ पनि भेट्ने छु ।

अहिले पनि जिउ चलिन्जेल काम गर्न मन लाग्छ । आँगनमा इट्टा छाप्दैछु । बाटो सफा बनाउँछु । अरुलाइ काममा सघाउँछु । पोहोर मैले यहाँ पुरस्कार पनि पाएँ । 'राम्रो बानी भएको' भन्दै धेरै मान्छेका माझ ५०० दाम दिएर ताली पिटे । म खुसी भएँ । मरेपछि पनि मेरो जिउका कपडा अरु वूढावूढीले लगाउँछन । मेरा साथाँ मेरो हिसाब भएको भए अरुका दुखीका निम्ति काम आउथे । तर के गर्नु छैन ।

धादीङ्गको घर त के भो खै केहि पत्तो पा'छैन । मैले कहिल्यै कसैको नराम्रो चिताइन । नराम्रो गर्नेहरुमाथि पनि राम्रो व्यवहार गरेँ । तर सोझो भएपछि हेप्पिदो रहेछ । तर म भुल्ने छैन । जसरी पनि म पुष्पसमशेरसँग मेरो जिन्दगीको हिसाब नलिइ छोड्ने छैन ।
(नागरिक पत्रिकामा २०६६ ताका कार्यरत रहँदा तिनकुने नयाँ वानेश्वको बृद्धाश्रममा बस्ने मानबहादुरसँग मैले गरेको अप्रकाशित कुराकानी । )

Comments

Post a Comment

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?