Skip to main content

अब डिग्री पढ्छु



-भवसागर घिमिरे

मोबाईलबाट एफएम सुन्न मस्त उनको दुवै कानमा सेलटेपले तार जोडेर अडाईएको एयरफोन घुसारिएको थियो । एउटाहात बेतको सानो टेबल अडाउन व्यस्त थियो त अर्को हात इनामेल चोपिएको ब्रस नचाउँन । कुपण्डोल काठमाडौं स्थित आफ्नो पसलमा व्यस्त उनी घरिघरि ग्राहक आएकी भन्दै सडकतिर आँखा सोझ्याउन पनि भ्याउँथे । 'पढाईको क्वालिफिकेसन सोध्नु हुन्छ भने डिप्लोपास दिनभरि पसलको बासु उनले मन खोलेर हाँस्दै भने-अब डिग्री पढ्ने सोच छ ।

'घर भन्नुहुन्छ भने अर्घाखाँची पर्छ । नाम सोध्नु हुन्छ भने भानु' अधिकारी थरका उनले आफ्नोबारेमा बताउँदै गए, 'पसल खोल्या ६ वर्ष भो काम सुरु गर् या १३ ।' २०४४ सालमा प्रविणतमा प्रमाणपत्र तह सकेपछी जागिरको निम्ति धेरै भौंतारिए उनी । दुइदुई पटक लोकसेवा आयोगको परिक्षामा पछारिए पनि । जागिर खोज्न कर्णालीका जिल्ला मात्र धाएनन् ब्रुनाई र ताइवान जाने चक्करमा पनि झण्डै परे । 'कर्णालीमा बसेर सेवा अर्चु भन्दा पनि पाईएन के अर्नु' कानको यएरफोन थुत्दै उनले भने- अब डिप्लो पढ्दै काम सुरु नगरि भएन भनि काठमाडौं झरियो ।


काठमाडौंका सुरुका दिनका पनि त्यत्ती सजिलो अनुभव रहेन उनको । खानका निम्ति पैसा चाहियो पढ्नका निम्ति नी पैसा । कामको खोजिमा हिड्दै गर्दा उनले निगाला तथा बेतका विभिन्न सामान बनाउँने पसलमा जागीर पाए । 'पैसा त साह्रै थोरै थियो नी सरु उनले विगत सम्झदै भने- काम सिकिन्छ भनि सुरु गरेँ ।

घरेलु सामान बनाउनमा गाउँमै छँदा उनको हात चल्थ्यो । पसलमा टुटे फुटेका समानको मर्मत गर्दै जाँदा उनले पनि निगाला तथा बेतका र् याक कपडा स्ट्याण्ड देखि लिएर कोर्को टेबल ढक्की नाङ्लो बनाउने सिप जान्न थाले । सामान बनाउन मात्र जानेर भएन क्याम्पसका किताब पनि बुझ्नु थियो उनलाई । 'कामको चापले क्याम्पस त टेक्नै पाईएनु ब्रसमा इनामेल चोप्दै उनले भने- प्राइभेट परिक्षा दिएर २०४७ मा बल्ल तल्ल बिबिएस् कटाएँ । बिहे गरेपछि त अधिकारी पढाई छाडेर कामैकाममात्र व्यस्त हुनु पर् यो ।

आफ्नो पाँच जनाको परिवारसँगै काठमाडौंमा डेरा गरि बस्दै आएका ४७ वर्षे अधिकारीलॆ तीन छोराछोरी बोर्डिङ्ग स्कुल पढाएका छन् । सातदोबाटो काठमाडौं स्थित आफ्नै डेरामा ठेक्कामा तीन मिस्त्रीलाई काम पनि पुर् याएका छन् । श्रीमती पनि घरै बसेर निगालाका सामान बनाउँछीन् । पसलको मासिक ६ हजार भाडा पनि तिर्न भ्याएका छन् । सामानपसलको आम्दानी पनि राम्रै छ । 'छोराछोरीलाई कापी भन्यो कीताब भन्यो । दाल चामल नुन तेल अहिले सम्म पुगेकै छु सन्तानले पढाई राम्रो गरेकामा खुसी भएका उनले अगाडि थपे- अहिले मनाँ सन्तोक मिल्या छ ।

उनले आफ्नाबारे बताउँदै गर्दा ग्राहक टुप्लुक्क आइपुग्थे । दाजुभाई दिदीबैनी आमाबुबा जस्ता सम्वोधन गर्न निक्कै सिपालु उनी पसलका सामानको बखान गर्न कहिल्यै चुक्दैनन् । 'अरुले लोकल रङ्ग लगाउँछन् र सस्तोमा दिइहाल्छन नी' बेदको कुर्ची खरिद्न आएका एक ग्राहकलाई पट्याउँदै उनले भने- यी हेर्नु मैले त 'किलीएरु इनामेल दलेको छु ।

नाता राख्न र मान्छे डाक्न निक्कै खप्पिस अधिकारी त्यहाँ आएका ग्राहकलाई सकेसम्म सामान किनेरै लैजाने बनाउँथे । 'यि यो लौंरो पनि लैजानुस् अहिले १६० मा पाईन्छु अधिकारीले तरुणी ग्राहक सँग बूढेसकालमा टेक्ने लौरोका बारे ठट्टागर्दै भने- 'तपाई बूढो हुँदा यसको भाउ महंगेर ५०० पुग्छ ।' उनका कुराले रमाउने ग्राहक कोहि हातमा स्ट्याण्ड झुण्डाएर बाटो लाग्थे त कोहि कुर्ची किनेर । ग्राहक हिँडेपछि उनी मन्द मुस्कान छर्दै पुनः मोडामा बस्न आए । बेतको चोया काटे अनि टेबल मर्मतमा लागे ।

कपाल काट्ने चटपट बेच्ने ठेला घचेट्ने काम देशमै गर्न सङ्कोच मान्ने हाम्रो चलन छ । अझ दुईचार अक्षर पढेकाले त आपुूले गर्ने कामै हैन भन्ने सोचाइ राख्छन् । अधिकारी भने यसलाई नेपालीको दुर्भाग्य मान्छन् । 'काम पनि यो गर्ने त्यो नगर्ने यो सानो त्यो ठूलो भन्न मिल्छ' उनले निधार खुम्च्याउँदै दुखेसो पोखे- यस्तो तालले हामी कहिल्यै उँभो लाग्दैनौं ।

जाँगरिला अधिकारीको व्यवसाय भने दिनानुदिन उँभो लागेको छ । हिसाबमा आफुलाई कमजोर बताउने उनको राजनीतिमा निक्कै चाख छ । अब के गर्ने सोच छ त 'पोलिटिकल साइन्समा डिग्री सक्ने' टेबलमा किल्ला ठोक्दै गरेका अधिकारीले टाउको उठाउँदै भने- किताब पनि किनेर ल्याएको छु । हेरौं एक दिन त कट्ला नी ।

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...