Skip to main content

कस्तो थियो त्यसबेला

-भवसागर घिमिरे
चैत महिनाको अन्तिम साता २०६२ को एक दिन । शहरमा ुब्लाक आउँटु को आव्हान थियो । पांगा दोवाटो कीर्तिपुरको मुख्य सडक छेवैमा रहेको निराकार सुवेदीको कोठाबाट बाहिर नियाल्दा पुरै चुक घोप्टाएको झै देखिन्थ्यो । घरि घरि ुबत्ती नबाल्नु हैु भन्ने अनुरोधमात्र हैन गणतन्त्रका पक्षमा चर्का नारा पनि सुनिदै थियो ।
अध्ययनकालागि दाङ्गबाट कीर्तिपुर पसेका सुवेदी भर्खर स्नातकोत्तर प्रथमवर्षका पाना पल्टाउन सुरु गर्दै थिए । मन भने एउटै कुराले चाचल बनाइरहेको थियो ुदेशभर के के हुँदैछ ु
ुरेडियो थिएन बत्तीबालुँ भने आन्दोलनमा असहयोग हुने भो । कोठाको पुरानो टिभी खोलुँ भने बाहिरबाट उज्यालो देखिन्छकी भन्ने पिरु बाठा सुवेदीले टाठा कुरा सुनाए ुमेरो पालो तन्नाले टिभी र आफूलाई घप्लक्कै ढाकेर मज्जैले समाचार हेरेँ ।ु
सुवेदीलाई झै जनआन्दोलनको चासो हर नेपालीलाई थियो त्यसबेला । दिल्लिमा भएको सातदलको बाह्रबुँदे सहमती लगत्तै विद्यार्थीसंगठन पनि एक ढिक्का भएका थिए । एककान दुइकान मैदान हुँदै आन्दोलनको सुईँको कीर्तिपुरमा पनि पस्यो । हर ढोकाका कापबाट छिरेका खबरले विद्यार्थी मन जुरुक जुरुक बनाउँथ्यो । अनि त माहुरीका गोलबाट झै विद्यार्थी सडकमा फुरुरु निस्केका थिए । उनीहरु बिचहुने राजनीतिक चर्चाले हर साँझ ुकीर्तिपुरे चोकु लाई सेलाउन दिँदैन्थ्यो त्यसबेला ।

ुसरकार बिरोधीकामु मा लागेको आरोपमा केही विद्यार्थी जनआन्दोलन घोषणा अगावै प्रहरीबाट कुटिईँ सकेका विद्यार्थी सन्तोष भट्राईले बताए । ुचैत २४ बाट आन्दोलन सुरु भनेपछि माहोल झन् तात्तियोु तेह्रथुम ओख्रेका भट्राईले भने ु२३ गते नै प्रहरीसँग र विद्यार्थीको झडप भएको थियो ।ु
तत्कालिन राजाबाट नियुक्ति पाएको भन्दै विद्यार्थीको पहिलो प्रहार भिसि कार्यालयमा भयो । त्यसपछि कीर्तिपुर नगरपालीका मनोनित उप-मेयर लगाएतकाका घर विद्यार्थीले ढुङ्गा मुढा गरे । २६ गतेका दिन आन्दोनकारीका बिचमा घुसेका एक सादा पोसाकका प्रहरीबाट विद्यार्थीले पेस्तोल पनि खोसे । पेस्तोल राष्ट्रसंघिय मानव अधिकार सम्बन्धि उच्च आयुक्तको नेपाल कार्यलय प्रतिनिधिलाई बिद्यार्थीले बुझाएका थिए ।
काठमाडौंँ सँघै कफ्र्यु कीर्तिपुर पनि छिर् र्यो । तत्कालिन शाहि नेपाली सेनाको बंकर अघिल्तिर तेसर्िएर विद्यार्थीले नयाँबजार चोकमा २७ गते कफ्र्यु तोडे । बैशाख ३ गते प्रहरीले आन्दोलनकारीमाझ रबरको गोलीमात्र चलाएन व्यापक लाठीचार्ज समेत गरेको थियो । ुकोठाबाट ननिस्कन भन्दै हर दिन घरबाट फोन आउँथ्योु कास्कीका विजयराज पौडेल सम्झन्छन् ुजुलुसमा नारा लगाउँदै कलंकी नपुगेको दिन हुन्थेन ।ु
ुदरबार छिर्न पाईँदैन मण्डलले नेता चाहिँदैनु विजयले झै इलामकी बेनुमाया कट्वालले पनि यो नारा धेरै पटक लगाईन आन्दोलनमा । आन्दोलनकारी केटाहरु खोज्दै उनी बस्ने त्रिवि छात्राबास भित्रै प्रहरी पसेका थिए । ुकेही ठिटा पर्खाल नाघेर भागे केहीले यही कुनामा गोदाई खाएु छात्राबासका सुरक्षागार्ड सुरज कुँवर आफ्नो कोठा देखाउँदै भन्छन् ुमैले पनि खाएँ नी । गार्ड भन्ने चिनेपछि मात्र पिटन छाडे ।ु आन्दोलनएभित्र प्रशासन क्रुर रुपमा उत्रेका थियो त्यस बखत ।
भट्राइका अनुसार ुजती गोली चलेको समाचार आउँथ्यो उती आन्दोलनमा होमिन रगत उम्लिन्थ्यो ।ु दमनको समाचार सुनेपछि युवामन ढोका थुनेर बस्न के मान्थ्यो एकातिर सरकारप्रतिको जनआक्रोशले आन्दोलन तात्तिदै गएको थियो भने अर्को तर्फ बजारमा खाद्यसामानको अभाव पनि खड्कन थालेको थियो । ु१२ रुपैयाँ को नुनलाई ५० भन्थे पैसाले आच्छु आच्छु बनाएको थियो त्यसबेलाु विद्यार्थी बामदेव सुवेदीले भने ।
कोठाको रासन सकिएपछि साथको पैसा रित्तिएपछि बामदेवलाई झै पौडेललाई पनि आपद परेको थियो । ुसाँचेर राखेका चामल मस्यौंरा गुन्दु्रक भटमास सबै सक्किएु पौडेलले विगत सम्झे ुघरबेटीको फोस्र लगाएर बल्लबल्ल दोकानबाट उधारो मगाएर खाएका थियौं ।ु
बजारमा रासनपानी र साथमा पैसाको अभावका बिच चेपुवामा परेका विद्यार्थीका केही छाक त घरबेटीकै चुल्होमा पनि पाके । जुलुसमा हिड्दा न भोक लागेको पत्तो हुन्थ्यो न समय गएको । हरदिन एक कठ्ठा भएर कलंकी झर्ने विद्यार्थीहरु चक्रपथ घुमेर रातको ११ बजे कोठामा आइपुगेको बिगत पनि सुनाउँदै थिए ।
बैशाख पहिलो साता ढल्केपछि सडकमा आमा समुह स्थानीय युवा त्रिवि प्राध्यापक कर्मचारीको टोलीपनि उत्रिइसकेको थियो । बूढाबूढी र केटाकेटी पनि ओर्लन बाँकी रहेनन् त्यतीखेर । ुदोहोरी गाएको नाचेको र गणतन्त्रका बारेमा चर्का नारा लाएका दिन पांगाकी देवीमाया नकर्मीलाई अझै राम्ररी याद छ । वैशाख ७ गते त लगभग ४० हजार जनाको जुलुस किर्तीपुरबाट सहर कीर्तिपुरका विद्यार्थीले काठमाडौंलाई बोलाउने नाम पसेको थियो ।
ुचोकमा उप्रुेर नाच्ने जुलुस गर्नेहरुलाई घरघरबाट पानी फ्याकेर र ताली बजाएर हौंसला दिन्थेु झापा बीर्ताबजारकी उमा शिवाकोटीले भनिन् । वैशाख आठमा राजाको सम्बोधन लगत्तै ुशाही घोषणा हाँसो हो नासो हैन पासो होु जस्ता नारा लगाउँदै जुलुससँगै सडक झरेको उनलाई याद छ । वैशाख ११ को रात शाही घोषण पछि भने माहोलामा निक्कै खुसीको छाएको थियो ।
ुनारायण हिटी खाली गर राष्ट्रपति आउँदै छ ! उठ जाग जनता हो लोकतन्त्र आइसक्यो !ु नारा कुर्लेर कीर्तिपुर रिङ्रोड घुम्दाको जोशनै बेग्लै भएको विद्यार्थीले बताए ।
जनआन्दोलनको बलमा सरकार बन्यो । संविधान सभाको चुनाव भयो । ुचुनीएका नेताले संविधान बनाउलान भन्यो राजनीतिक खिचातानीमै दिन बिताएका छन्ु शिवाकोटीले दुखेसो गरिन् ुसंविधान बनाउन आनाकानी गर्नेले देश कसरी बनाउँलान ु

Comments

Popular posts from this blog

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...