Skip to main content

कारागारको आँखी झ्यालबाट


-भवसागर घिमिरे

सुन्धाराको पेट्रोलपम्प पछाडीबाट दक्षिण मोडिने हो भने धुलौंटेबाटे आउँछ । काठमाडौं महानगरपालीका छेवैको यो बाटो कालोपत्रको पर्खाइमा थियो । बायाँ मोडिए पछि जेलरसाबको कोठा आउँथ्यो भने दायाँ मोडेपछि महिला कारागार ।

जेलरसाब उप-सचिब शंकर अर्यालको कोठा बाहिरका भित्तामा थुनुवा सुची ठिङ्ग उभिएको थियो । ५४ ज्यानमार्ने उद्योग ४८ लागु औंषध २ चोरी १२ ठगि आदि शिर्षकमा कारागारमा कैदी र थुनुवा गरि जम्मा महिलाका संख्या उल्लेख थियो एक सय ७२ । पुरुषको त अझै बढी । फागुनको तेस्रो साता कारागारमा १८ देखि ७० हाराहारी सम्मका महिला थिए । ७० काटेका कानुन अनुसार राख्न नमिल्ने भएकाले तीन वृद्धा भने निस्कने तर्खरमा ।

कारागारमा थुनुवा भेट्न आउनेको निक्कै चहलपहल थियो । ओहोर दोहोर गरिरहने प्रहरीको गाडी सडकको सस्तो पाउडरले पैदलवालाई अभिषेक गर्दथ्यो । साईरन बजाउदै धुलो उडाउदै आउने फोरह्वीललाई सेन्ट्रीमा बसेका प्रहरीहरु एक हातले नाक थुन्दै अर्का हातले सोलुट ठोक्थे । सोलुट ठोक्ने प्रहरीलाई टुलुटुलु हेर्ने ९४ वर्षको ुबूढो कारागारु ठाउँठाउँमा भत्किएको थियो । लाग्थ्यो पर्खालहरु भत्केका हैनन् ओठ च्यातेर हाँसेका छन् कानुनको चर्तिकला देखेर । बूढो कारागारको दर्शन गर्दै म पनि अग्लो पर्खालको फेदैफेद उत्तरतिर लाग्न थालेँ । महिला कारागार पुग्ने मेरो योजनामा सहायता दिँदैथिए वृद्ध कारागारका एक वृद्ध कार्यलय सहायक । मोबाईल लैजान वर्जित महिला कारागारका सन्नाटा आँखामा परेपछि मनको भावुकता मुहारमा आएर पोखियो ।

***
अग्ला अग्ला पर्खाल भित्र उनीहरु खुला मैदानको सपना देख्ने गर्थे । पर्खाल नभएका मैदानका सपना । हर पटक सफल हुने आशामा देखिने असफल सपनाले कहिले काही उनीहरुको मष्तिस्कमा तुँवालो पोतिदिन्थ्यो । अनि झनक्क रिस उठ्थ्यो घरि घरि दुख बुझ्ने नाउँमा उनका घाउ कोट्उन आउँने सँग-

ुसोध के सोध्छौं । मैले कति ब्राउन सुगरको व्यापार गरेँ कसरी गरेँ सोधनु मेरो उपस्थितिले मीरा ठकुरी परिवर्तीत नाम का आँखामा रिस चम्किए ुसबैले आरोप लगाई दोषी ठहर् याएर भएन अझै पत्रिकामा लेखेर जात्रा गर्नु पर् र्यो ु उनको रिसको ताप मेरा गाालामा सरेँछ क्यारे कान पनि राता भए ।

केन्द्रिय महिला कारागार काठमाडौंको ढोका छेउ ढेपिएकी ठकुरीका दुबै हात फटाफट स्वेटर बुन्न व्यस्त थिए । नजर मेरो मौंन उपस्थितिमा तेसर्िदै थियो । मानौ कैदी उनी हैनन् म थिएँ । आफुमाथि खनिएका प्रश्नका कडा बारभित्र थुनिएको कैदीहरुका बिचको बबुरो कैदी । नसोचेको भोग्नु पर् र्यो नचिताएको सुन्नु पर् र्यो र आँकलन नगरेको दिक्दारी देख्नु पर् र्यो मैले ।

प्रतिबाद कसरी गरुँ वरपर खाउलाझै गरि उनका साथीले मलाई घेरेका थिए । मेरो हाल देखेर सेन्ट्रीमा बसेकी एक महिला प्रहरीको ओठमा मुस्कान फुल्दै थियो बिचरो म । मलाई नै नियालेकी ठकुरी अझै खनिईन-ुहेनुस्र भाई मलाई फसाएर यहाँ हुल्दा पत्रिकाले नै हेरोईन सहित महिला पक्राउ भनेर लेखेको उनको ओठ लेप्रीयोआँखाका परेला तन्कीए । पायो भन्दैमा बुझ्दै नबुझी लेख्दिने के ऐले खाटा बसिसकेको घाउको पाप्रा कोट्याउन आुको ु

उनी अन्यायमा परेकी थिइन वा थिइनन् त्यो उनी नै जानुन् । तर उनको कुराले भने विलखन्दमा परेँ म । ुस्पष्टिकरण किन दिँउ जाउँ कि बसुँ ु

अलमलमा मन हुँदा बचनको अर्को तिखो सुईरो कानका जालीमा आएर रोपिन पुग्यो ु९-९ वर्ष सम्म भित्र कोच्चिँदा न्याय दिन कोही आएनन् ऐले आएर के भा हो अरे ु

हुन पनि हो जस्तै लाग्छ । दोषी म पनि थिएँ । उनलाई दुखाउने अनि उनको दुख नघटाउने दोषी । उनले भनेर अनि मैले सुनेर पो के हुन्छ एउटा समाचार बन्ला । पाठकलाई पढ्दा मज्जा आउला चिया खाँदा गफगर्ने बाहाना बन्ला । अरु

के हुन्थ्यो उही पहिलाका झै उनको व्यथा कुनै वाचनालयको पत्रिका फाईलमा गएर थिचिएर बस्नेछ । कुनै चटपटे व्यापारीको हातबाट सोली बनी बेरिनेछ वा केटाकेटीले हवाईजहाज बनाएर फुर्रर उडाउनेछन् सिमलको भुवा जस्तै । तर उनको दुख उड्ने छैन उनैलाई च्यापेर बस्ने छ काखे सन्तान झै ।

उनले सुकाएको धोक्रोको आवाजले न कानुनका शब्दहरु ब्युँझनेछन न अदालतको निन्द्रा बिथोलिनेछ । ुफेरि उनको मुद्धामाथि बहस चल्ने पक्कै छैन होला ु म चुपचाप झोकि्ररहेँ । मेरो मौनताले होला उनलाई केहिबेरमै शान्त हुन वाध्य बनायो । बल्ल उनलाई पुलुक्क हेर्न सकेँ ुके उनी दोषी हुन ु

कानुनले आँखा पढ्ने भए आवाज चिन्ने र व्यवहार बुझ्ने भए पक्कै उनी निर्दोष ठम्याईने थिइन् । तर कानुनले यस्तो पाठ पढ्दैन बुझ्दैन पनि । ुझुठै किन नहोस् प्रकि्रया पुर् याएर उभ्याएको प्रमाण साँचो ठहरिन्छु ठकुरी यस्तै भन्थिन् ।

व्यवहारका भरमा अपराधी र निर्दोष छुट्उने म कोनै पो हुँम्र तैपनि उनका बोलीमा तपाई विश्वास नगर्नु भन्न सक्दिन । नौं वर्ष अगि कसैले एउटा झोला उनको पसलमा राख्न दिएको केहि क्षणमै प्रहरीले आएर पक्डियो । ुसामान हेरोईन रैछ मैले झोला खोलेर हेरेकै भएपनि पिठो हो भन्दै वेवास्ता गर्ने थिएँु उनले त्यो कालो दिन सम्झिन् ।

ुहैन भन्दा पनि मलाई पिटीपिटी हेरोइन व्यापारमा लागेको कबुल गर्न लगाएु स्वेटर बुन्दै गरेका ठकुरीका हात टक्क अडिए ुपन्ध्र-पाँच पन्ध्र वर्ष जेल पाँच लाख जरिवाना को कार्वाही सुन्दा मेरो होसै हराथ्यो ।ु

यी नौं वर्ष उनका निम्ति निकै कठिन रहे । कारागारका भित्तैपिच्छे उनले धेरै कल्पनाहरु बिच्छ्याईन । कारागारसँगको सम्बन्ध टुटाउने सपना आँखाभरि कोरिरहँदा अनयासै फुटेको कोशीले पखालेर लान्थ्यो । अरुका झै उनका दिन पनि खाना पकाउने खाने कपडा धुने पुस्तकालय चाहार्ने टोपी÷स्विटर बुन्ने बाती काट्ने पढ्ने-पढाउने करागार भित्रको मन्दिरका ढुङ्गे देउता भेट्ने गरि बित्दै गए । बर्षाका बेला चुहीने कारागारमा उनले आफ्ना धेरै चिसा दिन पनि बिताईन् । उता कांरागार बाहिरको काठमाडौंमा रहेकी उनकी जेठी छोरीले जेनतेन गरेर दुई बैनी हुकाईछन् ।

ुलाउलाउ र खाउखाउ उमेर भाकी छोरीलाई घर सम्हालेर बस्नु पर्दा कस्तो भो होला मजदुरी गर्नेलाई पैसाको कति गाह्रो पर् यो होलाु ठकुरीका स्वर एक्कासी सुरिएर आयो ुयो देशाँ त भुईभरि पैसा बिच्छ्याइदिने हो भने वकिल पनि त्यही बाटो हिड्छन कानुन पनि त्यहीबाटो ।ु
उनकै आवाज सापट माग्दैछु म ुमनग्य पैसा हुन्थ्यो भने जेल बाईर घुमिरहेको हुन्थिन् उनी ।ु

ुरविन्सन्स् जस्ता मात्र छुट्छन् यो देशाँु अचम्म लाग्यो उनकी अर्कि साथी सविना मल्ल-परिवर्तित पनि खुल्न थालिन् ुजेलमा सप्पै अपराधै नगरि परेका छन् त म भन्दिन तर अपराध बारे थाहा पत्तो नपाएका धेरैलाई यहाँ फसाईएको छ ।ु

मल्ल पनि लागु औंषध काण्डमा चार वर्ष अगि देखि यतै । ुआफ्नो मुद्धाको सुनुवाईमा पनि अदालत जान दिएनन्ु उनको आवाज एक्कासि मलिन भयो ुहम्मर घन ले ठोकेर छिनोले लेखेको भाग्य भएसी कस्ले मेट्न सक्छ ु

उमेरले ४० वर्षे बल्ड्याङ् खाएकी उनी पनि ुपन्ध्र-पाँचु को दिक्दारीमा हैरान थिइन् । काम गर्ने उमेर छइन्जेल कारागार रुगेर बस्यो ढल्केपछि बाहिर निस्कनु झन् कष्टकर रहेको उनले बताईन् । ुबूढेसकालमा कस्ले पाल्छ न सम्पत्ती आफ्नो हुन्छ न आफन्त आफ्नाु उनले त्यहाँ रहेका तीन वृद्धालाई सम्झदै भनिन्ुबूढी भएर निस्कनु भनेको कारागार सार्नु जस्तै हो ।ु

कारागारमा स्वास्थ्य उपचारको राम्रो सुवीधा छ । आपद परेको बेलामा मुटुको भल्ब समेत फेर्न पाएका छन् केहीले । जीवनमा दुईवर्ष जेल बस्नै पर्दो रहेछझै उनलाई लाग्छ ।

ुराजा पनि बसेकै हुन मन्त्रीपनि । दुईवर्षमा बोल्न जानिन्छु दिक्दारी विर्षेर मल्लले हँसाईन् ुदुई भन्दा बढी बर्ष भो भने चाई पागल भईदो रहेछ ।ु

लोडसेडिगका बेला प्रहरीलाई कारागार रेखदेखमा समस्या हुन्छ । खान बस्न राम्रै छ । सबै कुरा ठिक भएपनि मानसिकरुपले स्वास्थ्य हुन गाह्रै पर्छ उनीहरुलाई । अपराध गरेर सजायँ पाउनेले एक मन पश्चातापबाट चित्त बुझाउलान । तर निर्दोष भएर भित्र परेकालाई भने यो कारागार हैन नर्कको नै हुने उनीहरुले बताए ।

न्याय सधै सच्चा हुँदोरहेनछ भन्ने उनीहरुले जेल पसेर थाहा पाएछन् । कसैको मनमा कोही पस्न सक्दैन् । ुबनडढेको सबैले देख्छन् मन डढेको कसैले देख्दैनन्ु यो उखान आफ्नै लागि बनाएको झै लाग्छ उनीहरुलाई ।

ुहामीले के गरेका छौं कि हामीलाई थाहा हुन्छ कि देउतालाईु मल्लले लामो सास फेरिन- ुनिर्दोष भएर भित्र परेकाहरु जीवन देखेर हरेश खाएका छन् ।ु

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...