झरी परेको दिन...

उनी र म

उनले छाडेर गएपछी
हरेक दिन झरी पर्यो
उनी पानीले भिजिन
म आँशुले !



सडक बालक


साला झरी
नपरेपनि हुन्थ्यो
सुत्ने सडक रुझ्यो
ओढ्ने आकाश भिज्यो

सम्झौता

झरी परेकाले
आज फुटपाथमा व्यापार छैन
चुल्हो चिसो छ
माया साटेर भोक मारौं !!!


सडक

रोपाइ गर्न परे
सडकमै धान छरे हुन्छ
माछा पाल्न परे
थोरै पानी परेहुन्छ
वा ! क्या सडक छ
आउनुहोस् झलकनाथ ज्यू
यसलाई पनि उद्घाटन गरे हुन्छ
(Bhabasagar-Feb16th, 2011)

Comments

Post a Comment