सल्मडग-पत्रकार


कार्डको दाम्लो बाँधेको छु गोजीमा पान्नो खाँदेको छु
भन्दछु अरुको लैख्दैछु बिर्सन्छु आफैलाई साँधेको छु
भर्नलाई साहुकॊ भकारी फटाल्छु जुत्ता लतारी
रिसको झोकमा पिएर हिड्दछु खुट्टा बटारी

जाबो दुइछाक टार्नलाई खेप्दछु सयौ लाखौ मार
आज पो बल्ल चिन्दैछु सल्म-डगै रैछु म पत्रकार

साहुले कहिल्यै मानेन उसलाई मैले बनाको
जहिले सुकै कुर्लन्छ मैले नै पैसा खन्याको
पैसाले किन्ने हामीलाई बेचिने हामी बोका हो
साहुले भन्छ बोकै हो यो त महाको धोखै हो ।

कसैका खुट्टामा चप्पल छैन् कसैका चिल्ला महंगा कार
साहुका लेखी हामी त सल्म डगै रहेछौं पत्रकार

नेताका पनि लेखियो जनताका पनि लेखियो
सबैका लेख्ने हाम्रो हबिगत पनि देखियो
साथमा कौंडी नरसी भोकलाई भोजन नभसी
भरिदो रहे नछ पेट साहुकै आडमा नबसी

पाएको एकबारको जीन्दगी लाउनै पर् यो वारको पार
मुटुमा ढुङ्गा राखेर भन्छु जय होस् सल्मडग पत्रकार
(2066, Bhabasagar)

Comments