Skip to main content

नेपाली आमा भेटेर रोइन् जापानी आमा

आइतवार, 27 डिसेम्बर 2009 09:25 नागरिक
भवसागर घिमिरे, काठमाडौं, पुस १२- देश फरक, भाषा फरक। योभन्दा अघि उनीहरूको भेट कहिल्यै भएको थिएन। पहिलो भेटमै उनीहरूले आँसु झारे र प्रेम साटे।

६६ वर्षे जापानी आमा फुसाको ओकामोतो दिलशोभा श्रेष्ठले सञ्चालन गरेको वृद्धाश्रम पुगेपछि माहोल भावनात्मक भयो।

'आमा! आमा,' आँसु पुछ्दै आफूलाई समाएर फुसाको रून थालेपछि ५७ वर्षे दिलशोभाले पनि आँसु थाम्न सकिनन्। 'मनको कुनै देश हुँदैन' दुवै अंगालिएर रुँदा यस्तो लाग्थ्यो।


गाला गाला जोडेपछि फुसाको श्रेष्ठअघि घुँडा मारेर बसिन्। 'यु आर द ग्रेट आमा,' हात जोडेर उनले दिलशोभालाई प्रणाम गरिन्। भाषा नबुझे पनि भावनात्मक सम्बन्धले भक्कानिएकी दिलशोभाले फेरि फुसाकोलाई गम्लंङ्ग अँगालिन् र रून थालिन्।

छोरा नपाएको निहुँमा श्रीमानले छाडेपछि दिलशोभाले 'आमाहरूकी आमा' बन्ने
संकल्प लिएकी थिइन्। पहिला त सडकमै पुगेर त्यहाँ भेटिएका बेबारिसे वृद्धालाई खाना ख्वाउन सुरू गरिन्। बाह्र वर्षदेखि भने उनले रविभवन काठमाडौंमा रहेको आफ्नो घरलाई वृद्धाश्रम बनाइन्। उनले मनको ढोका उघारेपछि सडकमा फालिएका, अस्पतालछेउ मिल्काइएका र खुला आकाशमा छाडिएका धेरै आमाले ममताको न्यानो ओत पाए। 'गएको छ महिनामा चार आमा वृद्धाश्रममै बिते। म आफैं पशुपति लगेर जलाएँ,' दिलशोभाले भनिन्।

अहिले प्यारालाइसिस भएका पाँच, अल्जाइमर्सका बिरामी दुई, बोल्न नसक्ने पाँच, सुस्त मनस्थितिकी एक, दृष्टीविहीन पाँचलगायत २९ आमाका लागि न्यानो काख भएको छ उनको घर। १३ बालक र ३ बालिका पनि त्यही काखमा लुटपुटिएका छन्। ७ वर्षे सुस्त मनस्थिति बालिका सञ्जुदेखि सय वर्ष काटेकी 'बाहुनी आमा'ले उनको स्याहार पाइरहेका छन्। कोठैपिच्छे तिनैलाई भेट्न निस्कँदा फुसाको पनि गहमा आँसु पार्थिन्।

'आमा म जपनबाट छोरी अएको,' बल्ल नेपाली बोली फुटाएकी उनको स्वर सुनेर ८६ वर्षे आशामाया शिल्पकार मुजा परेका गाला झन् मुजा पार्दै हाँसिन्। मायाले मुसारिन् फुसाकोलाई। आमाको माया भेटेर फुसाकोले 'आरिगातो आरिगातो' भन्दै धन्यवाद दिइन्।

बिहान सवेरैदेखि अबेर रातिसम्म आफैँ आमाहरूको सेवामा खटिने दिलशोभा देखेर आफ्नो मन भरिएको फुसाकोले बताइन्। 'म जे हुन चाहन्थे, त्यो मान्छे आज भेटेँ,' वृद्धाश्रमको भित्तामा टाँसिएको फ्लोरेन्स नाइटिंगेलको तस्बिर देखाउँदै भनिन्, 'हरेक दिन दिलशोभा जस्तै धेरै आमा जन्मिउन् भन्ने म प्रार्थना गर्छु।'

फुसाकोले नर्स पेसाबाट अवकास पाइसकेकी छन्। जापान, अफगानिस्तान, केन्या र नेपाललगायत देशमा थुप्रै वर्ष स्वयंसेविकाका रूपमा काम गरिसकेकी छन् उनले। लुम्बिनी विश्वविद्यालय निर्माणका लागि सहयोग जुटाउन नेपाल आएकी उनी त्यसैमा व्यस्त छिन्।

Comments

Post a Comment

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ?