Skip to main content

बालबालिकाका कुरा? धत्, योजना मात्रै

भवसागर घिमिरे, काठमाडौं, मंसिर ५- योजना बनाउँदा निकै तात्तिने सरकार कार्यान्वयन गर्ने बेला भने सेलाउने गर्छ। यसैको एउटा उदाहरण हो, 'बालश्रम गुरुयोजना २००४-२०१५।'


आज अन्तर्राष्ट्रिय बाल दिवस
सन् २००९ सम्म निकृष्ट प्रकारका सबै बालश्रम उन्मुलन गर्नु र २०१५ सम्म सबैखाले बालश्रम हटाउनु यो योजनाको लक्ष्य हो। योजना लागू भएको ५ वर्ष बितिसक्दा पनि बालश्रमिकहरूको अवस्था सुध्रन सकेको छैन।

हालसम्मको प्रगति हेर्दा २००९ को लक्ष्य पूरा गर्न सरकार असमर्थ भएको छ। समयमै कामको मूल्यांकन नहुनु र स्रोतसाधनविना योजना लाद्नुले २०१५ सम्मको लक्ष्यबाट पनि सरकार पछि पर्ने अधिकारीहरू बताउँछन्। राजनीतिक अस्थिरताको कारण देखाउँदै दातृ संस्था अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले पनि यसबाट हात झिकेको छ।

सरकारले आइएलओको आर्थिक सहयोगमा 'टाइमबाउन्ड प्रोग्राम' मार्फत यो गुरुयोजना लागू गरेको हो। उसले दुई चरणमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। तर, पछिल्लो सहयोग रोकेको छ।


श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सह-सचिव पूर्णचन्द्र भट्टराई 'आर्थिक अभावका कारण योजना प्रभावकारी रूपमा लागू गर्न नसकेको' बताउँछन्।


सरकारले वार्षिक ५० लाख रुपैयाँ हाराहारीको बजेट बालश्रमिकका नाममा छुट्टाउने गर्छ। यसले योजना कार्यान्वयनमा छेउ पनि पूरा नगर्ने अधिकारीहरू बताउँछन्। 'केही हदसम्म राम्रा काम भने भएका छन्,' भट्टराईले नागरिकसँग भने, 'के-के काम हुन सके यसको समिक्षा र योजनामा सुधार गर्ने तयारीमा छौं।' गुरुयोजना कार्यान्वयनपछि घरेलु बालश्रमिकको संख्या घटेको र केहीलाई उद्धार गरिएको उनले नागरिकलाई बताए।

गुरुयोजना निर्माणमा सहभागी भएका मन्त्रालयका तत्कालीन सह-सचिव सञ्जय खनाल पनि आर्थिक स्रोत अभावलाई योजना कार्यान्वयन नहुनुको मुख्य कारण ठान्छन्।

योजना बनाउने बेला बालश्रमविरूद्ध अभियानै चलेको सम्झँदै उनले भने, 'आर्थिक श्रोतले सहायता नदिएकाले नै कार्यक्रममा प्रभावकारिता आउन नसकेको हुनसक्छ।'

योजना बनाउनेदेखि कार्यान्वयन गर्नेसम्मका काममा विदेशीको मुख ताक्ने सरकारी रवैयाले पनि कार्यक्रम छायामा पारेको अधिकारीहरू बताउँछन्।

६७ पृष्ठ लामो गुरुयोजनामा महत्वकांक्षी लक्ष्य सरकारले लिएको थियो। बालश्रम पूर्ण रूपमा हटाउने काम गरिबी निवारण कार्यक्रमसँग एकीकृत गरेर अगाडि लग्ने र बालश्रमसम्बन्धी कार्यक्रमसँग निवारण कार्यक्रमको सहकार्यका लागि उच्चस्तरीय केन्द्रीय समन्वय समिति गठन गर्ने योजनामा उल्लेख छ। तर यसमा कुनै महत्वपूर्ण काम भएको छैन।

आइएलओका अनुसार २००४ पछि निकृष्ट श्रममा रहेका ६५ हजार बालबालिकालाई उद्धार गरिएको छ। तर, तिनको पछिल्लो अवस्थाबारे सरकारसँग जानकारी छैन।

राष्ट्रिय जीवनस्तर सर्भेक्षण २००४ अनुसार नेपालमा १८ लाख बालश्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन्। यसअन्तर्गत १ लाख २७ हजार निकृष्ट प्रकारका श्रममा लागेका छन्।

बस टेम्पु र इँटाभट्टामा काम गर्ने, भारी बोक्ने, सानातिना रेष्टुरेन्टमा काम गर्ने, दास वा बधुँवा बस्ने, खानी तथा कृषि क्षेत्रका काम निकृष्ट बालश्रममा पर्छन्। पछिल्लो समय राजनीतिक तरलता, बेरोजगारी र खाद्य असुरक्षाका कारण बालश्रममा लाग्नेको संख्या ह्वात्तै बढेको विश्लेषकहरूको धारणा छ।

आइएलओको नेपाल शाखाले २००९ को अक्टोबरको नेशनल लेबर फोर्स सर्भेमा आधारित भएर बालश्रमिकहरूको स्थिति सार्वजनिक गर्न लागेको छ। 'तथ्यांक विभागसँग हामी यो काम गरिरहेका छौं,' आइएलओ नेपालका प्रमुख प्राविधिक सल्लाहकार उद्धव पौडेलले भने।

बालबालिकाहरू श्रमक्षेत्रमा दिन बिताउँदा-बिताउँदै वयस्क भएका छन्। महत्वकांक्षी योजनाका असर यिनका आसपास पनि पुग्न सकेका छैनन्।

समिति बन्छ, बैठक बस्दैन

बालअधिकारसम्बन्धी सम्पूर्ण मुद्दा र कार्यक्रम महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले हेर्छ। तर, बालश्रमका मुद्दा श्रम, यातायात व्यवस्था मन्त्रालय मातहत पर्छ। यसमा पनि कमैया, हलिया, हरुवा र चरुवा बालबालिकाका मुद्दा हेर्न जिम्मा भूमिसुधार मन्त्रालयको भागमा छ।

एकै वर्गका मुद्दा हेर्न तीन-तीन मन्त्रालयले खटिएका छन्। तर, समन्वय अभावमा काम राम्ररी अगाडि बढ्न सकेको छैन। समन्वयका निम्ति श्रम मन्त्रालयको संयोजकत्वमा 'अन्तर-मन्त्रालय समन्वय समिति' गठन भए पनि डेढ वर्षदेखि बैठकै बसेको छैन।

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...