पुष्पाको सपना


भवसागर घिमिरे, काठमाडौं -
'नाम पुष्पा बस्नेत। उमेर २६। घर काठमाडौं। शिक्षा विषय लिएर काठमाडौं विश्वविद्यालयमा स्नातक गर्दै।' उनको परिचयलाई यतिमै खुम्च्याउने हो भने निक्कै अपूरो हुन्छ। उनको परिचयसँग साना नानीहरूको भविष्य जोडिएको छ। ती नानीहरू जसले जेलबाहिरको संसार चिहाउने सपना सायदै राखेका थिए। तर, संयोग त्यस्तै पर्‍यो। जसले ती नानीहरूको उज्ज्वजल भविष्यलाई उनको लक्ष्यसँग ल्याएर जोडिदियो।


पाँच वर्षअघिको कुरो। उनी स्नातक तहको फिल्ड वर्कका बेला कालीमाटीस्थित प्रहरी कार्यालय पुगिन्। त्यहाँ जेल परेका अविभावकसँगै साना नानीहरू पनि थिए। लालाबालाको अवस्थाले उनको युवा मन चसक्क बिझ्यो। अमिलो मन लिएर फर्किन् उनी।
केही समयपछिको कुरो। बस्नेत केही साथीहरूको साथमा कक्षा छाडेर घर जान लागेका बेला कलेजले उनीमाथी कारबाही गर्‍यो। उनी एक वर्षका लागि निलम्बनमा परिन्। 'गल्ति त मैले गरेको थिएँ,' बस्नेतले भनिन्, 'तर सम्झाउन सकिन्थ्यो, एक्कासी त्यस्तो निर्णय सुन्दा म निरास भएँ।'

हुन त उनलाई यसअघि नै जीवनमा निरास बनाउने दिन नआएका भने हैनन्। एसएलसीको रिजल्टको दिन। विद्यालयबाट परीक्षामा सामेल १ सय २८ विद्यार्थीमध्ये उनी १ जना मात्र फेल भएकी थिइन्। 'बाबाआमाको उत्साहले फेरि राम्ररी पढेँ र पास भएँ,' उनले भनिन्।
घरमा खानलाउनको कमी थिएन। उनीसँग डुल्ने, घुम्ने र रमाइलो गरी दिन बिताउने साथीहरूको पनि कमी थिएन। युवा अवस्था चन्चल मन। कलेजले गरेको निर्णयमा निरास भई कुलतमा लाग्ने सम्भावना पनि उत्तिकै थियो।
गलत सम्भावनाविपरीत उनको मस्तिष्कमा एउटा नौलो सोचले जन्म लियो - अभिभावकसँग बाध्यतावस जेलमा रहेका नानीहरू पढाउने। 'वाह!' उनको निरास मन एकाएक उत्साहित भएर आयो। 'आसा र आसावाद शिरमाथि, दुर्भाग्य र निरासा पैतालामुनि' भनेझैं उनको जीउमा आसा र उत्साह सञ्चार भयो।
'मैले मेरो योजना आफ्ना केही साथीहरूलाई सुनाएँ,' उनी हौसिइन्। उनी र उनको योजनाबाट प्रभावित साथीहरू मिलेर आफ्नै खल्तीबाट ६० हजार रुपैयाँ जुटाए। यसले काम सुरु गर्न उनलाई नयाँ ऊर्जा थप्यो। आर्थिक सहायता दिएपनि उनका साथीहरू सधैं उनकै बाटोमा दौडधुप गर्न भने सकेनन्। एक्ली भएर पनि उनले हिम्मत हार्ने कुरै भएन।
उनको मनले त हिँड्ने बाटो समाइहाल्यो। तर त्यो बाटोमा पाइला चाल्न त्यति सहज भने थिएन। आफ्ना सन्तानलाई हत्पति कसैको जिम्मामा छोड्न कारागारभित्रका जोकोहीलाई गाह्रो थियो। 'त्यसमाथि अल्लारे केटी म, कसले पत्याउने?' उनी सम्झन्छिन्, 'कारागारकी नाइके दिदीलाई भन्न लगाएर बल्लबल्ल ४ जना बालबालिकाबाट काम सुरु गरेँ।'
आठ महिनादेखि १८ महिनासम्मका ती चार केटाकेटीलाई सम्हाल्न उनलाई सहज भने थिएन। दिनभरि तिनैलाई भुलाउने, खेलाउने, खाना ख्वाउने गर्थिन्। साँझ परेपछि फेरि कारागारमै पुर्‍याउन जान्थिन् उनी।
बिस्तारै उनको सफल प्रयासले केटाकेटीका अभिभावकका मन पग्लन थाल्यो। एक-दुई-तीन गर्दै पुष्पाको काखमा ३० भन्दा धेरै नानी खेल्न आए। यता नानीहरू थपिँदै जान्थे, उता उनको साथमा रहेको पैसा सकिँदै जान्थ्यो। उनलाई दिनानुदिन खुसी र बेचैनीले एकैपट अंगाल्न आयो। 'सबैले मेरो नानी लैदेऊ भन्दा खुसी हुन्थेँ,' पुष्पा मलिन भइन्, 'उनीहरूलाई कसरी गाँस जुटाउने भन्ने चिन्ताले मन निक्कै पिरोल्थ्यो।'
सोखका लागि भोजभतेरमा ठूलो रकम खर्चने सहरमा धेरै भेटिन्छन्। त्यसैका निम्ति लाखौं खर्च गर्न हिच्किचाउँदैनन् पनि। तर असहाय लालाबालाका निम्ति एक रुपैयाँ झर्नलाग्दा तिनैका हात काँप्छ।'मलाई निक्कै बिडम्बना लाग्छ,' पुष्पा दुखेसो पोख्छिन्, 'साना असहाय नानीहरूलाई असल मान्छे नबनाएसम्म देश सुध्रँदैन भन्ने सबैले बुझ्नुपर्छ।' त्यो पुष्पाले बेलैमा बुझिन्। थोरै मात्र मान्छेहरू - जसको ठूलो हृदय हुन्छ, उनीहरू नै पुष्पाको जाँगरमा हौसलाको ताली पिट्न आए।
काम हेर्न उनको दैलो पुगेकाहरू कसैले खाना जुटाइदिन्थे त कसैले पढाइ खर्च। बढ्दै गएका केटाकेटीको जेलबाहिरकै संसारमा रमाउने चाहना थियो। चौबीसै घण्टा उनीहरू पुष्पाको सामिप्यतामा लुटपुटिन चाहन्थे। केही सिक्न चाहन्थे। केही बन्न चाहन्थे। अब भने काखबाट ओर्लेर हुर्कंदै गरेका केटाकेटीलाई उनले आफूसँगै राख्न थालिन्। उनीहरूलाई नियम बनाएर पढाउने, खेलाउने, घुम्न लैजाने, नैतिक ज्ञान सिकाउने यस्तै दिनचर्या रह्यो उनको।
उनले खोलेको 'पूर्वबाल विकास केन्द्र' मा आफ्ना सन्तानलाई लगेर पढाइदेऊ भन्ने खबर पोखरा, नेपालगन्जदेखि पनि आउन थाल्यो। 'तर चाहँदा चाहँदै पनि मैले धेरैलाई समेट्न सकिनँ,' उनले भनिन्।

अरूका लालाबाला। लोट्लान्, चोटपटक लाग्ला, एक्कासी दुर्घटनामा पो पर्छन् कि? उनलाई निक्कै चिन्ता लाग्छ। 'रातमा यिनीहरूकै आसपास पल्टने गर्छु,' नानीहरूतिर आँखा सोझ्याउँदै उनी भन्छिन्, 'यिनकै भविष्यबारे सोचेर बस्छु।'
सानो उमेरमा धेरै बोझ बोकेको भन्दै उनका अभिभावक बेलाबेला गुनासो गर्न पुग्छन्। तर साना नानीहरूले 'मामु' भनेर बोलाउँदा उनलाई आफू निक्कै जिम्मेवार भैसकेको महसुस हुन्छ।
यस्तै खुसी र आत्मसन्तुष्टिका बलले उनी अगाडि बढ्दैछिन्। आश्रित बालबालिका बिरामी पर्दा भने उनलाई चर्को समस्याको गाँठोले कस्छ। केही हप्ता अघि मात्र दुई केटाकेटीको अप्रेसन गर्न अभिभावकले पहिराइदिएको हातको बाला बेच्न पर्‍यो उनले। 'अब केही पाइनँ भने यो पनि बेच्छु,' बाँकी रहेको बाला देखाउँदै उनी भन्छिन्, 'मलाई यिनको भविष्यभन्दा प्यारो अरू केही छैन।'
साना नानीहरूको भविष्य उन्नु नसा भैसकेको छ। अब यो कामबाट हात झिक्छु भन्ने उनले सपनामा पनि सोचेकी छैनन्। ठूला-ठूला कारागार भएका जिल्लामा यस्तै केन्द्र खोल्ने उनको इच्छा छ। 'तर दिर्घकालीन स्रोत नभई खोलेर हुँदैन,' उनी भन्छिन्, 'साना नानीहरू भोका र अशिक्षित भए भने त्यसले यो मन धेरै पिरोल्छ।'
म उनको प्रयासबाट निकै प्रभावित छु। एन्टेना फाउन्डेसन नेपालद्वारा प्रकाशित पुस्तक बेचेर मैले उनीहरूका निम्ति १० हजार जुटाएँ। म कार्यरत संस्था अन्तर्राष्ट्रिय आप्रवासी संगठनका कर्मचारीबाट पनि यिनै बालबालिकानिम्ति झापामा २९ हजार ३ सय २८ रुपैयाँ चन्दा उठाएँ। पुष्पाको अभियानमा यो त मेरो सानो सहयोगमात्र हो। तर दिर्घकालीन स्रोत खोज्न सके यीजस्ता धेरै नानीबाबुको भविष्य बन्ने थियो।

-निर्मला ज्ञवाली, दृष्टिविहीन, आइओएम झापा

हामी पुष्पाको सानैदेखिको साथी हौं। उनको कामले निक्कै प्रभावित छौं। पर्यटन व्यवसायमा लागेका हामी नयाँ ट्रेकिङ एजेन्सी खोल्दैछौं। त्यसको नाफाको केही प्रतिशत नियमित रूपमा यिनै बालबालिकाका लागि खर्चने हाम्रो सोच छ। सँगैसँगै एसएलसीपछि बालबालिकालाई गाइड ट्रेनिङ दिएर स्वावलम्बी बनाउने विचार छ। यसले दिर्घकालीन स्रोतको काम गर्नेछ भन्ने हाम्रो विश्वास हो।

-विशाल राई, अमृत थापा/काठमाडौं

म पुष्पा मामुसँगै महाराजगन्जमा बस्छु। यहाँ म जस्ता धेरै साथी छन्। सबै स्कुल पढ्छौं। हामी यहीँ रमाएका छौं। पेन्टिङ, पोस्टकार्ड बनाउने, फोटो खिच्ने तालिम पनि लियौं। तिनै पेन्टिङ बेचेर पनि ८ हजार जम्मा गर्‍यौं। अब तिहारमा भैले खेल्ने अनि त्यसको पैसाले हामीलाई किताबकापी किन्ने हो। हामी अब नारायणस्थान, काठमाडौं चपली गाउँमा सर्दैछौं। त्यहाँ तरकारी लगाउने बारी पनि छ। हामीले आफै तरकारी फलायौं भने भान्छाको खर्च जोगिन्छ।

-लक्ष्मी तामाङ, ११ वर्ष, केन्द्रकी बालिका
प्रतिक्रियाहरू (36)Add Comment
feedप्रतिक्रियाहरुको RSS फीड
min/maxप्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्
Anju
October 20, 2009
159.52.64.118
...

You are doing very good job. I am very interested to support you. Please contact me on my e-mail anju_sharma_poudyal@hotmail.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
Basanta Bhandari
October 20, 2009
114.48.62.253
...

Good Job Puspa keep it on.
khadga lama
October 20, 2009
82.249.163.13
...

nepal amale puspa jastai naari haru janmaun!! kranti garne chhori najanmayera yestai chhoriharu janmaun!! PUSPA TIMI SANDHAI PUSPA HUNECHHA. Please timro email address mero yo theganama pathaideu. ecobulu@yahoo.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
FRANCE
......
October 19, 2009
137.224.234.40
...

you are doing a great and challenging job. please keep it up. we, outside students are ready to support you financially from our fund regularly. please contact on below mail ID: shyamabc2002@yahoo.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ Good luck
Lal Prasad Adhikari
October 19, 2009
78.101.19.239
...

Dear Puspa ji Namaskar,
Dhanyabad Sarai ramro kam jas lai sabda ma bekta garna sakidaina ,sathai ma pani tapai ko hat ma hatemelo garna chahanchu mail garnus hai. lalprasadb@yahoo.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
Bhaisepati Lalitpur.hal Qatar
009746586637
Rajan Shrestha
October 19, 2009
68.74.168.3
...

Namaste Puspa Ji. Tapailen ta malai mero greatest personality Laxmi Prasad Devkota ko yaad dilaunu vayo jasle mandir ko vagwan lai vanda paropakar lai nai puja thanera agadi badhnuvayo. Dhanya chha tapain ko sahas. ek jana mahila vayera pani yetro thulo jemmewari uthaunu vako chha jun hamro desh ka sarkari neta harule garnu parne thiyo. baru yi netaharulai pani ti naniharusangai kakh ma rakhera naitik sikshya diyera desh ka karnadhar banaune ho ki puspa ji. Malai pani tapainko yo paropakari karya ma srahridaya sahayog garne ichhya chha. Ma Bishal Rai ji ra Amrit Thapa lai pani dherai dherai dhanyabad dina chahanchhu jasle ti balbalikaharulai trekking guide ko training diyera swalambi banaune soch rakhnu vayeko chha ra ti sampurna sahayogi sathi harulai dhanyabad dina chahanchhu jasle aafno tarfa bata sakdo sahayog ko bacha garnu vayeko chha. Ra aru testa srahridayi saathi harulai pani tyesta balbalika ko heet ka lagi sakdo sahayog ko haat agadi badhauna anurodh garchhu. Anta ma Puspa ji ko yo paropakari vawana ko kadar gardai unai laxmi prasad devkota ko kavita ko euta ansh sunauna chahanchhu "..........farka farka he, jau samau manisharuko pau, Malam lagau aartaharuko charairaheko ghau, manisharu vai ishwor ko tyo dibya muhar hansaun....."
Birendra
October 18, 2009
115.131.199.178
...

I appreciate ur efforts. Every steps count. Keep on.
Birendra
October 18, 2009
115.131.199.178
...

I appreciate ur efforts. Keep on.Every small steps count.
Junge
October 18, 2009
113.199.151.212
...

Great job!! really appreciated..
suraj
October 18, 2009
59.44.63.83
...

thank u puspaji u have shown that humanity still exists in this world full of people who have forgotten humanity
pushpa
October 18, 2009
113.199.181.33
...

thank u so much ....we all need to work ....to bring in this kids life.....
contact
ecdc.org.np
pushpa_23@hotmail.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
info@ecdc.org.np यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
office no:4370005
Biswash Rupakheti
October 18, 2009
95.84.79.73
...

Puspa ji, ma tapaiko kam bata yakdamai prababhit bhaya. k tapai malai tapako details dina saknu hunchha sahayog ko lagi. ma ahile Bahrain ma chhu. malai mero email id ma details send gari dinu hola.mero pani pachhi gayara tapaiko jastai soch thiyo. yadi sangai kam garna payama ta jhan ramro hune thiyo.

mero email id: b_rupa_kheti@hotmail.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
Biswash Rupakheti
October 18, 2009
95.84.79.73
...

Puspa ji, ma tapaiko kam bata yakdamai prababhit bhaya. k tapai malai tapako details dina saknu hunchha sahayog ko lagi. ma ahile Bahrain ma chhu. malai mero email id ma details send gari dinu hola.mero pani pachhi gayara tapaiko jastai soch thiyo. yadi sangai kam garna payama ta jhan ramro hune thiyo.

mero email id: b_rupa_kheti@hotmail.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
pushpa
October 18, 2009
113.199.181.33
...

namaste everyone
thank u so much everyone.....u can contact us
ecdc.org.np
pushpa_23@hotmail.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
info@ecdc.org.np यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
4370005 office
Bijay Thapa
October 18, 2009
198.36.32.133
...

Really appreciated Pushpa ji,
First of all thanks Hats off for your brave. Our leaders have to learn with you. Please mail on mabijay@yahoo.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ all your detail so that I can help you. Now I am in Saudi Arabia and I want to help you.
Bijay Thapa
Saudi Arabia
kushal(austrailia)
October 18, 2009
114.76.65.76
...

i really appreciate ur work i m staying in austaralia so the money tht i earn in weekend i wana contribute to u guys so can u write ur contact details or sen in my email adreess Mysteriouskushal@gmail.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
krishnababu
October 18, 2009
202.52.243.124
...

thank u PUSHPA sis
malai tapaiko prayas ramro layo.manakamana mai le tapai ko sabai kamana haru pura
gardai jaun...........tapai ko t v ma pani interview hereko thiya. tapai ko aasu sangai mero aakhama pani aasu rasayako thiyo.......aaja yahatapai parti aavar prakat garna paya khusi lagyo..................u r gret..... TAPAI MAHAN hunu hun6 ....
janak
October 18, 2009
93.96.34.248
...

puspa ji tapaiko sahas dekhera sarai khusi lagyo,hal ma bides ma chhu .i think i will be to nepal next month .and after coming nepal i would like to visit ur (BAL BIKAS KENDRA) SO pls mail me the full address,,,,RA ASA CHHA BIDES MA DHUKHA GHRERA KAMAYEKO KEHI RAKAM MA TEE BAL BALIKA KO FUTURE KO LAGI SAHAYOG GHARNA PAUNE CHHUU,,,,,,,,,,,,THANKS
jeevan12
October 18, 2009
134.176.203.137
...

HI Pushpa
Great to hear your story. I salute you. When I come back Nepal, I will come to your place to help you as I can. What I still donot understood that we have lot of Vidya mandir. Why government cannot help you to give place to stay for keeping children. This should be done by government but you are doing work for them. You are modern daughter of Nepal. i salute you again. I am still surprise why government is keeping mum to arrange to support your effort. Its not difficult to do from their site.
puspa shah
October 18, 2009
76.91.170.8
...

पुस्पा जी हाम्रो नाउ पनि एउतै लक्छे पनि एउतै अलि अगाडी मैले बाहिरी संसार नदेख्ने बाल बच्चाहरु भनेर येस्तई समाचार पढेको थिए. मेरो मन एस्तो रोएको थियो. बाबु आमा को गल्तीले उनीहरुले किन दुख पाउने????? तेसैले एस्तो कार्ये मा म सकेको सक्दो सहयोग गर्न चाहन्छु तपाइले अर्को समाचार मा आफ्नो सम्पर्क ठेगाना सहित छाप्नु होला तपाइको सानो कार्ये लाइ सहयोग गर्न म जस्ता देरै इच्छुक छन्.भंचन नि एक ले थुके सुक्छ देरैले थुके समुन्द्र बन्छ
October 18, 2009
217.163.49.53
...

Well don Puspha, I would like to join with u.
Pradipgiri
October 18, 2009
217.163.49.53
...

"पुष्पा को सपना" पढेर ज्यादै खुसी लाग्यो, आफु र आफ्नो परिवारको सुख सुबिधाको लागि मात्र सोच्ने आजको स्वार्थी नेपाली समाजमा -अभिभावकसँग बाध्यतावस जेलमा रहेका नानीहरू पढाउने मन कि धनी कर्मयोगी पुष्पालाई मेरो सलाम, उनको अभियानलाई साकार बनाउने कार्येमा केही सहयोग गर्ने इच्छा थियो, सहयोग लागि कहाँ संपर्क गर्ने होला ? ठेगाना खुलाएर समाचार प्रकासित गरिदिनु भएमा नागरिकन्युज प्रती आभारी हुने थिए ।
ujjwal
October 18, 2009
124.41.255.28
...

hey puspa ji so nice 2 know ur story. want 2 help or donate sum. so plz do contact me on mailing add: ujjwal_bsnt@hotmail.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ . waiting 4 ur response.
Bijay Thapa
October 18, 2009
198.36.32.133
...

Really appreciated Puspa ji, Our leaders have to learn with you.Now I am in saudi Arabia and I want to help you. Please mail me on mabijay@yahoo.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ for your details so that I can send some money from here.
Bijay Thapa,
Saudi Arabia
dipesh shrestha
October 18, 2009
89.211.72.149
...

Pushpa g good job and its a highly appreciable to each & everyone really the path u choosed is very mind blowing really from my inner core of heart i would like to wish you may god bless to all children and you. Sansar yestai cha chayera pani kasaile garna sakdaina testai ma pani huu. Thanks bye (Doha, Qatar)
Pranesh
October 18, 2009
125.213.213.202
...

Most of people are concentrating their effort to earn money for their family's benefit. You are working for the benefit of society. We have to give our hands to support her activities. Please, Pushpa, keep up your speed.
Balkrishna
October 18, 2009
221.144.233.142
...

i appreciate you Puspa ji. could u please send your contact to me on balkrishnagi@yahoo.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ
.....
October 18, 2009
76.252.178.152
...

I am so impressed by your social works and appreciate your effort.I want to sent you some money.Please reply in email with address and contact information.I hope your success in coming future and young kids will get better future.
narayan-
October 18, 2009
124.41.225.165
...

great job!
sachent gorkhali
October 18, 2009
124.41.202.133
...

good start of a prosperous biz. in some years, you will be recognized not as so-called social worker rather a multi millionair. gud luck!!
dev
October 18, 2009
202.86.24.66
...

much appreciated..... bravo !!!!!!!!!!
Ritesh pokharel
October 18, 2009
166.137.134.131
...

Good start ...........
abhishek kharel
October 18, 2009
60.49.60.42
...

puspaa ji thanx ramro kam garnu bhayeko cha aba nrn lai bhanera help magnu paryo
Global Monitor
October 18, 2009
86.96.228.93
...

I appreciate if you give your contacts so that we try to establish for regular funding for this program in different ways.
Barun
October 18, 2009
91.107.110.146
...

Please mail ur contact detail on barun100neta@hotmail.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ so that if i could help you.
Devi Ram Kusari
October 18, 2009
202.70.85.35
...

पुष्पा जी तपाईको प्रयास प्रती म आभार प्रकट गर्दछु। तपाईको प्रयासलाई सहयो गर्नकोलागी म तयार छु। आर्थीक सहयोग गर्ने के उपाया छ मरो मेल musaphir333@gmail.com यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ मा खवर गर्नु होस ।

'सोखका लागि भोजभतेरमा ठूलो रकम खर्चने सहरमा धेरै भेटिन्छन्। तर असहाय लालाबालाका निम्ति एक रुपैयाँ झर्नलाग्दा तिनैका हात काँप्छन्।'

Comments