करले हैन रहरले पढौं


भवसागर घिमिरे
'त्यो खुशीको मीठो पल न हो, के बिर्सिन्थ्यो' एसएलसी नतिजाका बारे पुतलीबजार-९ स्याङजाका नरेन्द्र थापाका सम्झना ताजै रहेछन् । ५५ सालको कुरो । बार्दलीमा राखेको रेडियोले समाचारमा एसएलसीको नतिजा प्रकाशित भयो भनेर फुकेछ । परिक्षा पछि हरेक दिन रेडियोमा टाठा कान थापेर बस्ने उनी समाचार सुनेपछि विद्यालय तिर दगुरिहाले । 'फस्ट डिभीजन,' दश वर्षउनले गरेको मेहनतको यही फल लाग्यो । अब के पढ्ने - 'के पढ्ने, पढ्ने, मनमा दुविधा थियो' २६ वर्षो थापा सम्झन्छन्, 'जसले भेटेपनि फस्ट डिभिजन आ'को साइन्स पढ् भन्दै अर्थ्याउने । घरमा पनि त्यही भने । अखिरमा त्यही पढेँ ।'
घरको करकाप, सामाजिक दवाव र परामर्शको अभावबीच चेपुवामा परे उनी । अनि त एघार वर्षअघि विज्ञान संकायको ढोकामा पुगे । तर अचम्म लाग्न सक्छ, इन्टरमा विज्ञान संकायबाट क्याम्पस पसेका उनी मार्स्र्टसमा इकोमिक्स्को र्सर्टर्ीीmकेट बोकेर बाहिरीए । कसरी त - 'आइएससी, बिएससी फिजिक्स एण्ड एमए इकोनोमिक्स्' उनले सुनाए, 'मार्स्र्टसमा आएर सब्जेट चेन्ज गरेँ ।'

एघार वर्षअगाडी थापाको जुन अवस्था थियो अहिले त्यही अवस्थामा आइपुगेकी छीन् कृतिना शाक्य । फरक यति मात्र थापा त्यतीबेला आफै के पढ्ने भन्ने अन्योलमा थिए, तर शाक्यलाई भने त्यो समस्या छैन । 'कमर्स ज्वाइन गर्देछु' डल्लु काठमाडौंकी शाक्यले भनिन, 'मैले पहिल्यै माइन्न्ड मेक अप गरिसक्या थेँ ।'
गत आइतबार प्रकाशित एसएलसिको नतिजामा नियमित तर्फ६८.४७ प्रतिशत विद्यार्थी उत्तिर्ण्र्ााए । त्यसमध्ये विशिष्ठमा पर्न सफल ११ हजार ३ यस ४ जना मध्येकी एक हुन शाक्य । जनज्योती मावि काठमाडौंबाट परिक्षामा सामेल भएकी उनको धोको चार्टर एकाउन्टेन्ट बन्ने छ । परिवारले विज्ञान पढ्नका लागि दवाव दिएका छैनन - प्रश्नमा उनले भनिन्, 'विषयमा रोजाइमा कुनै दवाव छैन । बरू सकेसम्म नजिककैको कलेज पढ्न भन्नु भएको छ ।'
सहरमा सुरक्षा स्थिति कमजोर छ । 'बन्द रे अपहरण रे टाढा पठाउँदा चिन्ता हुन्छ' शाक्यकी आमा तिमिला भन्छिन्, 'त्यसैले नजिकको कलेज पढ्न भनेका हौं ।' तर यो विषय पढ्, त्यो विषय पढ भन्दै दवाव नदिएको तिमिलाले बताइन् । उनी भन्छिन्, 'छोराछोरीले करले हैन रहरले पढ्न पाउनु पर्छ ।'
यस्तै रहरले पढ्न पाएका थिए रत्नचोक पोखराका राजन पौडेलले । पोखराको मदरल्याण्ड उच्चमाविमा व्यवस्थापन अध्ययनरत उनीपनि गतसाल हिमाञ्चल बोडिङ स्कुलबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तिर्ण्र्ााएका थिए । 'साइन्स वा ओभरसियर नै पढ्न पर्छ भन्ने छैन' पौडेलले भने, 'पछिल्लो समयमा बैंकीङ क्षेत्रमा पनि राम्रोसँग फस्टाएको छ ।'
धेरै रकम र माया खर्चेर छोराछोरीलाई एसएलसी सम्म डोर्याएका अभिभावकका आफ्नै सपना हुन्छ । छोराछोरी डाक्टर, इञ्जिनियर, पाइलट बनुन् भन्ने इच्छा धेरैका हुन सक्छन् । केहीको सपना प्राविधिक विषयमा लागोस् भन्ने पनि हुन सक्छ ।
पहिलाका पुस्ताले डाक्टर, इञ्जिनियर जस्ता पेशालाईमात्र प्रतिस्ठाको नजरले हर्ेनाले यस्तो छाप परेको हुनसक्छ । अहिले समय फेरिएको छ । 'समाज विज्ञान विषयमा अध्ययन गरेकाहरूको आर्थिक, सामाजिक हैसियतपनि माथी उठेको छ' मार्टर्ीीचौतारिका शेखर पराजुली भन्छन्, 'यसले एसएलसीपछिको विषय रोजाईमा अहिले फरकपन देखिन थालेको छ ।'
समाज अनुसन्धानमा संलग्न पराजुलीका अनुसार देशमा भएको सामाजिक परिवर्तन पनि यसको कारण हुनसक्छ । त्यसैगरि बढ्दो गैरसरकारी संस्था र तिनले गर्ने अप्राविधिक जनशक्तीको मागले पनि विद्यार्थीलाई समाज विज्ञान तिर तानेको छ । त्यसैले अहिले प्रयोगात्मकसँगसँगै सैद्धान्तिक विषय पढ्न पनि विद्यार्थीको उत्तिकै लाम लाग्न थालेको छ ।
स्याङजाका थापा प्राविधिक विषयलाई भन्दा पनि यहाँको पढाउने तरिकालाई दोष दिन्छन् । प्रयोगात्मक विषय भनेपनि त्यसलाई व्यवहारमा उतार्न अझै धेरै वर्षलाग्ने उनको धारणा छ । 'बुझेर भन्दा घोकेर पढ्ने, घोकेरै पास गर्ने चलन धेरै छ प्रविधिक विषयमा' थापा भन्छन्, 'पढेपछि पनि कुनै नयाँ कुरा आविस्कार गर्नु, प्रयोगमा ल्याउनुको साटो, शिक्षक बनेर पुनः घोकेरै पढाउनु पर्ने वाध्यता छ यहाँ ।'
हुन त प्राविधिक विषयमा लगाव दिएर केही नेपाली विद्यार्थीले उल्लेखनिय प्रतिफल ननिकालेका भने हैनन । पुल्चोक इन्जिनियरिङमा स्नातक सकेका विकास पराजुली नेतृत्वको एक समुहले नेपालको पहिलो बिमान डाँफे बनाए । पढाइकै शिलशिलमा पोखरा इञ्जिनियरिङ कलेजका विद्यार्थी महेश त्रिपाठीले विजुली र इन्धन बिना चल्ने मेसिन तयार गरे । त्यस्तै भारतको तामिलनाडुमा अध्ययनरत नेपाली विद्यार्थी कल्याण श्रेष्ठले अध्ययनकै शिलशिलामा जहाज बनाएका छन् । मोरङ उर्लावारीका श्रेष्ठले प्रयोगात्मक अभ्यासका क्रममा चार महिनाको मेहनत स्वरूप सो जहाज बनाएका थिए ।
तर विकास पराजुली नेपालको प्रयोगात्मक विषयमा ठगि गर्ने चलन रहेको बताउँछन् । 'प्राविधिक विषय पढिसकेपछि पनि अधिकांशलाई क्षमता हात पर्दैैन,' युवा वैज्ञानिक विकास भन्छन्, 'क्षमता आइहाले पनि त्यसको प्रयोग गर्ने ठाउँ पाइदैन यहाँ ।'
सरकारी निति र पढाउने पुरानो शैलीका कारण अझै प्रयोगात्मक विषय वास्तविक प्रयोगात्मक हुन नसकेको उनको धारण छ । 'विद्यार्थी पास भएर निस्केको भोलिपल्ट रोजगार दिन उसलाई खोजिगने मान्छे आउनु पर्छ,' विकास भन्छन्, 'लाखौ खर्चेर पढेपनि यहाँ त वर्षौ जागिर नपाउने समस्या छ ।'
प्राविधिक होस् वा अप्राविधिक दुवै खालका जनशक्ती देशको लागि आवश्यक छ । राम्रो अंक ल्याउँदैमा विज्ञान नै पढ्नु पर्छ भन्ने छैन । कम अंक आउँदैमा रहर भएपनि विज्ञान विषय पढ्नै हुँदैन भन्ने पनि हैन । जुन विषय पढेपनि करले भन्दा रहरले पढेमा भोलिको दिन अवश्यनै राम्रो हुनेछ ।

Comments