छोरो पत्रकार भएपछि...




बा दङ्ग परे।
लामो समयपछिको भेट, मैले मोफसलको तगारो खोल्न नपाउँदै बाले हात पक्रेर कटेरोसम्म डोर्‍याए। नयाँ कटेरो। भकारोको स्वरूप फेरिएछ। गाई ब्याएछ। साँधैपिच्छे माना चार दुहुनु छ। सानो बाच्छी बुरूक–बुरूक उफ्रँदै गोबरका छिट्टाले हिर्काउँथ्यो। मलखादनेरै फक्रेको सागले घाँटी तन्काउँदै मलाई नै हेरेको भान हुन्थ्यो। बा मलाई हेर्थे, म उनका मुहार केलाउँथे। अनुहारभरि छिरलिएका ६० भन्दा बढी मुजा बराबरकै उनको उमेर। उनैलाई हेर्दै टोलाएँ, ´साँच्ची बाले किन सोझै कटेरो देखाए?´


गोठधन्दाको दैनिकी र खेतबारीको चारघेरा नै उनको संसार थियो। त्यही नै उनको संविधान। त्यही नै सरकार। ´नमरूञ्जेल यही माटो सुमसुम्याउने इच्छा छ,´ हरपटक उनले भनेको याद छ मलाई। त्यसैले म सुस्ता, कालापानीको कथा सुनाउन सक्दिनथें उनलाई। दशगजाको व्यथा कहने साहस ममा आउँदैनथ्यो। माटोको माया राख्ने मेरा बाले गोबर सोरेर बारीमा मिल्काउँदै गर्दा ´सीमा चेपिनाले´ नेपालसँगै नेपालीको मन पनि साँघुरिदै गएकोबारे चुप बसेँ म। ´राजधानीमा जनशक्ति प्रदर्शन गर्नेहरू सुस्तामा गएर कुर्ले हुने। विश्वविद्यालयमा दादागिरी देखाउनेहरू कालापानीमा छाती फुलाए हुने,´ बाले देश बुझ्थे त यही भन्थे। तर समाचारबाट बेखबर उनले असन्तोषका ज्वाराभाटा निकालेनन्। 

´जाइर (जागिर) कस्तो छ?,´ उनले मौनता तोडे। ´राम्रै छ बा,´ मेरो मुन्टो हल्लियो। ´काम के अर्नी हो?´ एकपछि अर्को गर्दै बाका उत्सुकताले मेरो ओठ खुल्न बाध्य थियो। ´पत्रिकामा हो बा, पत्रकार,´ उत्तरले बा दंग परे। कपाल कन्याए। सोंचमग्न भए। च्यापु चलाए। दुई हात पसारेर इसारा गर्दै बुझैझैं गरी भने, ´ए, कागज पढ्ने।´

अक्षर चिन्नेमा मुश्किलले आफ्नो नाम कोतर्न सक्ने उनलाई पत्रकारिताको अत्तोपत्तो थिएन। पत्रिकामा लेख्ने पनि पत्रकार, पत्रिका पढ्ने, देख्ने पनि पत्रकार। बोक्ने, बाँड्नेमात्र हैन बेच्ने पनि पत्रकार। म कुनचाहिँ परेँ अर्थ्याउन कर लाग्यो। ´त्यसो हैन बा। त्यो समाचार छाप्ने पत्रिका हुन्छ नि, हो त्यसमा लेख्ने।´ सोझा बाको मुन्टो बुझेझैं गरी फेरि हल्लियो। धमलाको घटनाबारे अनभिज्ञ उनले अरूलेझैं पत्रकारको उछितो काटेनन्।
राजधानीको संविधानसभा सचिवालयमा नयाँ संविधान निमार्णको बहस चलिरहँदा खेतका भत्किएका आँठा मिलाउँदै हुन्थे उनी। आफैंले माटो मुछेर उठाएको गाह्रो, बारीका रूख ताछेर तेर्साइएको दलिन, अनि दलिनमाथि घप्लक्कै टिन ओढेर बसेको घर। चिसापानीको डाँडो ताछेर ल्याइएको रातोमाटो टल्काउँदै ठिङ्रिङ्ग उभिएको त्यही आवरण नै उनको देश थियो।

उनलाई न देशको पत्तो थियो, न राजनीतिमा चासो। सरकारमा अध्यादेशको लडाई हुँदा उनी गोबर र माटोसँग लुट्पुटिँदै हुन्थे। सेना विवादबारे अनभिज्ञ उनी ´खोरा साइला´ ले फटाहा बोलेको कुरो उप्काउँदै प्रसँग बदल्थे। राजधानीको संविधानसभा सचिवालयमा नयाँ संविधान निमार्णको बहस चलिरहँदा खेतका भत्किएका आँठा मिलाउँदै हुन्थे उनी। आफैंले माटो मुछेर उठाएको गाह्रो, बारीका रूख ताछेर तेर्साइएको दलिन, अनि दलिनमाथि घप्लक्कै टिन ओढेर बसेको घर। चिसापानीको डाँडो ताछेर ल्याइएको रातोमाटो टल्काउँदै ठिङ्रिङ्ग उभिएको त्यही आवरण नै उनको देश थियो। संघियताबारे उनलाई बुझाउनुअघि घरका दाजुभाइ छुट्टभिन्न नहुनु भन्दै अर्थ्याउँथे उनी। ´यो घर चिरैचिरा नपार्नु, भाइबैनीका मन चिरैचिरा नपार्नु,´ उनका आँखा टिल्पिलाएका थिए।

मलाई थाहा छ, उनका हातले माटो नसुमसुम्याएको भए आज मेरा हातमा कलम थामिन्थेनन्। कामको चेपाईले उनका खुट्टा चिराचिरा नपरेका भए मेरा मस्तिष्क अनुभवले कस्सिने प्रयास गर्दैन्थ्यो। हो, उनका पसिनाले मेरो कलममा मसी भरिन्थ्यो। कापी, किताब जुर्थ्यो र मैले पढ्न पाउँथे।
कीर्तिपुरे बसाईका ती एक समय थिए। हरबिहान आँखाका ढकनी उघारिँदा पत्रिकाले ढोकाको चरबाट मलाई चियाइरहेको हुन्थ्यो। दिनदिनै देश भत्किएको समाचारले कन्चटका रौंलाई उम्लदै गरेको चियाले भन्दा बढी तताउँथ्यो। हरदिन ती उत्कन्ठाहरू कलमबाट चुहिन्थे, मसी बनेर। कान्तिपुर पत्रिकाको ´मेरो आँगन, मेरो पाठक मञ्च´। कहिले आफैंलाई त्यसमा प्रतिविम्बित गराउन पाउँथे, त कहिले अवमूल्यन हुँदै बिलाउँथे मेरा लेखाई। जति अवमूल्यनमा परे पनि हरपटक नयाँ मूल्य निकाल्ने मेरो प्रयासले आज यो बाटोसम्म डोर्‍याएको थियो।

´लौं पानी नभएको बेलाँ जाती भो,´ कोरेली गाईले गहुत्याउँदै गर्दा बाले हत्तपत्त गोबर लिपिएको हात पखाल्दै भने, ´यो गाई साह्रै गुनी छ।´ हो बा, मान्छेभन्दा जनावर गुनी भएको देश हो यो। जिउँदो गैँडाको खाग उखेल्छन् मान्छे। पैसाका लागि हात्तीका दाह्रा उप्काउँछन्, बाघ मार्छन्, विदेशमा बाँदर बेच्छन्। आफ्नै छोरीचेली बेच्नेसँग अरू के कुरा? ´हामी जन्तु यिनीहरू मान्छे, है बा?´ बा हाँसे।

´पत्रिकाँ के लेख्छस् त, सम्चार?´ मैले हो भन्दै टाउको हल्लाउँदा उनले थपे, ´कस्तो?´। साँच्ची म कस्तो समाचार लेख्छु? मैले यो प्रश्न कहिल्यै आफूलाई सोधिन। मलाई थाहा छ, मेरो कलमले हुम्लाको भोक बोल्नुअघि पिज्जा र बर्गरको इतिहास कोर्ने गर्छ। डोल्पाको विकराल स्वास्थ्यबारे बेखबर यो कलम नेतालाई ज्वरो आउँदा मसी वाक्ने गर्छ। ताप्लेजुङको १५ दिने कठिन पैदलबारे १५ हरफ कोर्न नपाउँदै काठमाडौंको १५ मिनेट जामबारे पाँच पान्ना भरिन्छ। मन कुँडाउँदै भन्नुपर्छ, हो बा म समाचार लेख्छु, ´कस्तो´ हैन ´सस्तो´।

मैले थप केही बोल्ने आँट गरिन। विश्व आर्थिक मन्दीले विश्वभर नेपालीका रोजगारी छिनिएकोबखत। चुलिँदो महंगीले अर्चापेको उनको शरिरका कानले ´सस्तो´ शब्द धेरैपछि सुनेको हुनुपर्छ। कान कम सुन्ने उनले पुराना गिजा देखाउँदै भने, ´अँ सस्तो हुनुपर्छ, त्यस्तै लेख्नुपर्छ।´ हुन पनि हो, ´महँगो समाचार´ ले धेरै पत्रकार आफैं समाचार बनेका छन यहाँ, मृत्युको अनि बेपत्ताको। वीरेन्द्र शाह गाड्ने खाल्डो खनियो, उमा सिंह काट्ने खुकुरी उधारियो। ´जनादेशका मिलन नेपाली कसको आदेशमा बेपत्ता भए?´ कोही बोल्दैनन्। तर कलम काँतर बन्दैन, कोही नबोले एकदिन बोल्नेछ यही कलम। ´कलम खस्न लाग्यो,´ मनाँ बल्या आगोको रापले होला खल्तीबाट फराल्नै लागेको कलम देखेर बाले ओंठ चलाए, ´ख्याल राख्नुपर्छ।´

अचम्म छ। बाले एउटो कुरो बोल्छन्, म अर्कै कुरो सुन्छु। बा एक अर्थ लाउँछन्, म धेरै अर्थ बुझ्छु। मलाई थाहा छ, वास्तवमा मेरा बा बोल्दैनन् तर म उनको कुरो सुन्छु। उनी रूँदैनन् तर उनको आँशु देख्छु। बा, मेरो कलमले तपाईको आवाज कुर्लेन भने, यो खल्तीको पानाको पत्तोले तपाईको आँशु पुछेन भने, म ´म (पत्रकार)´ रहन्न। राजधानीका चारघेराको चंगुलमा फसेका मेरा आँखा, फैलाउनु छ मैले। बुझेँ बा, म हुर्केको आँगन। मेरो विगत, वास्तविकता।

बाले त्यसै देखाएका रहेनछन्, मेरो गाउँले कटेरो। जहाँ बाच्छीझैं म खेल्थें, मैले कहिल्यै भुल्नु हुँदैन।

यसमा तपाईंको प्रतिक्रिया#
असाध्यै राम्रो लेख। लेखको अन्त्यसम्म आइपुग्दा पनि नसिकयोस् र अरू हरफ पढ्न पाइयोस् भन्ने लाग्ने। सरल र उत्कृष्ठ।
Binita Dahal binnidahal@yahoo.com
भवको लेख धेरै राम्रो छ। कालापानी सुस्ता हडप्न लाग्दा हामी केही बोलेका छैनौ। देश रूँदा हामी हाँसी रहेका छौं। विपक्षमा लेख्‍ने पत्रकारलाई मारिदिन्छन्। तर त्यो कलमले सधैं राम्रो लेख्‍नु हुने छ भन्ने शुभकामना।
Rajaram chhitiz_rj2001@yahoo.com
हामीलाई आफ्नो धर्तीको सम्झना दिलाउने राम्रो लेख। भवको लेखन भविष्य उज्ज्वल छ। फेरिफेरि पनि यस्तै मन छुने लेख पढ्न पाइयोस्।
khusigal@gmail.com
भवको लेखमा नेपाली हुनुको वास्तविकता राम्रोसँग पोखिएको छ। भव राम्रो लेखक भएको यसले पुष्टि गरेको छ।
भवसागरको सानो भावना तर भवसागर अर्थ।हृदयस्पर्शी। यस्तै लेख पढ्न सधैं पाइयोस।
भावसागर सांच्चै नै भावको सागर हो, राजनीतिको पुछार लाग्ने पत्रकार नेताले केही गरिहाल्छ कि भनेर पिछलग्गु भएका छन् । यस्ता गाउंले जीवनको समाचार लेख्ने फुर्सद के हुन्थ्यो र उनीहरुलाई । तर तपाईं हामीजस्ता पत्रकारले भने यस्तै कुराको प्रतिनिधित्व गर्ने खालका समाचार लेख्नमा रमाउनुपर्छ । मेरो शुभकामना छ तपाईंलाई, फेरि पनि यस्तै सामाजिक परिदृश्यले ओतप्रोत लेख पढ्न पाइयोस् ।
भोजेन्द्र बस्नेत bhojendra.stv@gmail.com
जति नै तारिफ गरे पनि कम नै हुन्छ, भवसागरजीको ! उहाँको लेखाइले आमजनताको जीवन को प्रतिनिधित्व गरेको छ ।

आकार aakar@aakarpost.com
भवको कलममा कहिल्यै शब्दको मसी नसकियोस्। शब्दमा भावनाको कमी नहोस्। शुभकामना।

parash parashraj@gmail.com
धेरैपछि उत्कृष्ठ लेख पढ्न पाइयो। लेखमा नेपाली माटो बोलेको छ।
Biwash Nawaraj nbibash@gmail.com
काठमाडौंको नेताको घरमा अलि कति केही होस् त नेपालको पत्रीकामा ठूलो खबर बन्ने गर्छ। विकट हुम्लाको केकुरा नजिककै जिल्लाका समचार बेखबर बनेका हुन्छ्न्। रसुवा सिन्धुपाल्चोक नुवाकोट धदिङग मकवानपुर जस्ता जोडिएका जिल्लाहरुको समाचार हुदैन। खुसि लग्यो यो पढेर। यस्ता पेचिला लेखको आशा गर्दछौ हामी दैनिकी डट कम हेर्न मज्जा आओस्।
hari hari_982@yahoo.com
राम्रो लेख। मलाई बाल्यावस्थाको झापाको गाउँले जीवनको सम्झना भयो।
Ghanashyam Ojha ghanashyamji@gmail.com
भवसागर जीका यस्ता लेख अझै पढ्न पाइयोस्।

आहा! मनै छुने कति राम्रो लेख लेख्यौ। म साँच्चै प्रभावित भएँ।
syryagautam surya@ullens.edu.np
निकै राम्रो लेख।
लेख साँच्चै राम्रो छ।

janakraj sapkota janak_rasa2000@yahoo.com
लेख राम्रो लाग्यो।
sushil aryal asushil909@yahoo.com
भवसागरलाई सुन्दर लेखका लागि बधाई। यो त साहित्य मिसिएको पत्रकारिता भयो जसले मन छुन्छ। साहित्य र पत्रकारिताका साथै राजनीतिलाई पनि यसले झकझक्याएको छ।
shekharneupane@hotmail.com

Shekhar Neupane
जुन मसीमा मन मिसिएर शब्द बन्छ त्यसले सबको मुटुमा छुन्छ। भवसागरजीको लेखमा यही अभिब्यक्त भएको छ। वाह क्या गजवको भावना। भावना भवसागर झै।
सस्ता समाचार भन्ने शब्दले चसक्क मन छोयो । औला भाँचे मैले। लौ आठै वर्ष पुगेछ। कति लेखियो होला यी आठै वर्षमा समाचार कमसे कम हप्ताको चार ओटा। महिनाको १६ वटा। वर्षको १९२ वटा। अनि अहिलेसम्म १५३६ वटा।
बाफ रे धेरै लेखिएछ पो। तर सम्झनायोग्य छैनन्, कुनै छैनन्।
होला कुनै समाचारले वाहवाही पाए पनि होला। कुनै समाचारले कसैको जागिर पनि लग्यो होला। अनि कुनै समाचारले कसैको पदोन्नति पनि गरायो होला। तर मेरा यी १५ सय समाचारमध्ये के कुनैले भोकाको मुखमा खाना पार्यो होला? सोचेँ घोरिएँ धेरै। अँह मलाई लागेन। कुनै नांगो ब्यक्तिलाई कपडा दिलायो होला? अहँ पक्कै छैन।
मलाई लाग्छ अहिलेसम्म पनि मैले जागिरका लागि सस्ता समाचार लेखेर पत्रकार भइ टोपलेको छु। कारण नेपाली पत्रकारकारिता त्यही सस्ता समाचारमा जो टिकेको छ।
अन्तमा फेरि धन्यवाद मित्र।
मेरो कलमले हुम्लाको भोक बोल्नुअघि पिज्जा र बर्गरको इतिहास कोर्ने गर्छ। डोल्पाको विकराल स्वास्थ्यबारे बेखबर यो कलम नेतालाई ज्वरो आउँदा मसी वाक्ने गर्छ। ताप्लेजुङको १५ दिने कठिन पैदलबारे १५ हरफ कोर्न नपाउँदै काठमाडौंको १५ मिनेट जामबारे पाँच पान्ना भरिन्छ। मन कुँडाउँदै भन्नुपर्छ, हो बा म समाचार लेख्छु, ´कस्तो´ हैन ´सस्तो´।
´महँगो समाचार´ ले धेरै पत्रकार आफैं समाचार बनेका छन यहाँ, मृत्युको अनि बेपत्ताको। वीरेन्द्र साह गाड्ने खाल्डो खनियो, उमा सिंह काट्ने कट्टा उधारियो। जनादेशका मिलन नेपाली कसको आदेशमा बेपत्ता भए? कोही बोल्दैनन्।
तर कलम काँतर बन्दैन, कोही नबोले एकदिन बोल्नेछ यही कलम। ´कलम खस्न लाग्यो,´ मनाँ बल्या आगोको रापले होला खल्तीबाट फराल्नै लागेको कलम देखेर बाले ओंठ चलाए, ´ख्याल राख्नुपर्छ।´
यी कुराले एकदम मन छोयो।
sagar shresthas55@yahoo.com
साह्रै मर्मस्पर्शी लेख भवसागर भाइ! भाइको सपना पूरा होस् !
वसन्त basantakg@gmail.com
लेख निकै रमाइलो छ, यसले मेरो भावना प्रतिनिधित्व गरेको छ।
Agni Raj Koirala koiralaar@yahoo.com.
भवसागरजीको लेख अत्यन्तै राम्रो लाग्यो । पत्रकारको धरातल छोएर यस्तो मन छुने लेख लेख्नुभएकोमा धन्यवाद र शुभकामना पनि । कल्पना


kalpana imagine_kalpana@yahoo.com
राम्रो लेख। यो वास्तवमा समस्त नेपाली जनताको जीवन हो। यो वास्तवमा मेरो र प्रायः सबै पत्रकारको पनि जीवन हो। दैनिकीमा छापिएको यो उत्कृष्ट लेख हो।
Narendra kc news.narendra@gmail.com
घिमिरेको अनुभूति पढेर मलाई नि (कसैले लेखेको) केही लेख्न मन लाग्यो-
''आऊ ! आफ्नो माटो छुँदै रोऔँ । माटो नै रहेन भने कहाँ खसाल्ने आँसु ? यसपालि धित मरुञ्जेल रोऔं । रोऔं आफ्नो लागि, देशको लागि, जनताको लागि अनि भोलिको लागि । रोऔं भक्कानिएर ताकि हाम्रो आँसुको बाढीले बगाओस् यो सिंगो रात । आओस् एउटा सुन्दर दिन । नरोएर कहाँ के भएको छ र ? माटो नै रहेन भने कहाँ खसाल्ने आँसु । त्यसैले आऊ- आफ्नो माटो छँदै रोऔं ''
Pralen Chhetri pralen.chhetri@gmail.com
धेरै राम्रो, मर्मस्पर्शी र तथ्यपूर्ण लेखन। यस्तै लेख्दै गर्नू।
tulip tulipdaisy@ymail.com
भबसागर जी! यस्तै यथार्थपरक लेख मात्रै लेख्नु होला, मन छुने खालको छ।
राम्रो लाग्यो।
rubina littleruna_1@yahoo.com
तपाईको लेख पढ्दा त म मेरो विर्सिएको घर, कटेरो, मेरा बा र मेरो कर्तव्य सबै सम्झिएँ। वास्तवमा मलाई जस्तै धेरैलाई यसले कर्तव्यप्रति झस्काउँछ। त्यसैले तपाईको लेख अत्यन्तै राम्रो लाग्यो। तपाई यस्तै लेखनमा लागिरहनोस् मेरो शुभकामना।
arjun shrestha arpanjune@gmail.com
तपाईंको लेख पढ्दा त म मेरो बिर्सिएको घर, कटेरो, मेरो बा र मेरो कर्तव्य सबै सम्झिएँ। वास्तवमा मलाईजस्तै धेरैलाई यसले कर्तव्यप्रति झस्काउँछ, त्यसैले तपाईंको लेख अत्यन्तै राम्रो लाग्यो। बाँकी समय यस्तै कार्यमा लागिरहनोस् तपाईंलाई मेरो यही शुभकामना।
arjun shrestha arpanjune@gmail.com
नेपालका समस्त पत्रकारको धरातल भवसागरजीसँग मिल्छ। तर धेरैले धरातल विर्सेर ऋषि धमलाको जस्तो शान खोज्ने प्रयास गरेका छन्। यस लेखले हामीजस्ता पत्रकारलाई केही सोच्न बाध्य बनाउँछ कि?
Khagendra Bhandari khagendrab@gmail.com
यो लेख साँच्चै स्वादिलो छ। मलाई खूब मनपर्यो।
SUDARSHAN OLI justmesudarshan@gmail.com
विषयवस्तु सामान्य छ तर अभिव्यक्ति कलात्मक छ। म अर्थसम्बन्धी विश्लेषण पनि यस्तै शैलीमा चाहन्छु। त्यही नै अध्ययन र लेखन शैलीको फ्युजन हुनेछ।
Tika Ram yatri theyatri@gmail.com
लेखाइ राम्रो छ। विषय जे छानिएको छ, त्यो पनि आकर्षक छ। तर लेखको सुरुमा हाइलाइट गरिएको ताप्लेजुङको प्रसंगसित चाहिँ लेखको तादाम्य मिलेको छैन। लेखमा प्रयुक्त लवज पनि ताप्लेजुङमा बोलिँदैन । सन्दर्भ कहाँको हो ? लेखकका पिता कहाँ छन् ? खुलेको छैन।
lakhan thapamagar lakhanthapamagar@gmail.com
कस्तो मीठो लेखाइ रहेछ। यसलाई निरन्तरता दिनुहोस्।
Pradeep pradhikari@gmail.com
चार तारा मेरोतर्फबाट पनि यदि यो ओस्कार अवार्डको प्रतिस्पर्धा हुँदो हो त। उत्कृस्ट लेख र लेखकको अवार्ड भबसागरजीलाई।
क्या बात् घिमिरेजी, मन चंगामात्र नभै दिलै दंग भयो मेरो। आखिर मेरा बाले पनि यसैगरी मलाई पढाएका थिए।
समाचार लेखन मार्गमा उत्तरोत्तर प्रगतिको शुभकामना।
धनन्जय अर्याल dhananjaya29"yahoo.com
धेरै राम्रो लेख। दैनिकीमा मैले यस्तो लेख मुश्किलले पढेको छु।
keshab thapaliya keshabt26@hotmail.com
साह्रै राम्रो।
puspa puspa_7@hotmail.com
यथार्थ साथै मिठास पनि, राम्रो लाग्यो! लेख्दै गर्नु होला भबसागर जी, धन्यबाद!
ज्योति क्षेत्री
jyoti chhetri chhetriakash@yahoo.com
धेरै राम्रो।
rabish rabish.kc@gmail.com
दैनिकीमा अहिलेसम्म छापिएमध्ये सबभन्दा मनछुने लेख। चार तारा दिन्छु यसलाइ। यस्तै लेखाइ जारी राख्नू।
कामिनी।
ज्यादै मर्मस्पर्शी र मीठो लेख।
www.dainikee.com/2066, Bhabasagar Ghimire


Comments