Skip to main content

समस्याको जालोमा वृद्धाश्रम

भवसागर घिमिरे
काठमाडौं, मंसिर १९

कोठा अँध्यारा छन्, साँघुरा छन्। व्यवस्थितरूपमा सामान मिलाएर राख्ने ठाउँ नभएर खाटमुनि कोचिएको छ। सामान त के, मान्छे अट्ने कोठासमेत नभएर कोही प्लाइले पिँढी बारेर बसेका छन्, कोही भर्‍याङछेउ खाट राखेर ढल्किएका छन्। पशुपति वृद्धाश्रमको यो दृश्य हेर्दा लाग्छ, यहाँ बस्ने मात्र होइन, यो ठाउँ नै वृद्ध छ, रोगी छ। यही अवस्थामा जीवनको अन्तिम क्षण बिताइरहेका छन् २ सय ३९ वृद्ध–वृद्धा।

अस्ताउ147दो उमेरमा परिवारबाट अपहेलित भएर वा बेघर भएर आश्रम आइपुगेका यी वृद्ध–वृद्धाका लागि यहा147को जीवन पनि सहज छैन। भौतिक पूर्वाधारको कमी र भएको पनि रूग्ण अवस्थामा पुगेकाले ´बाँच्नै गाह्रो भएको´ उनीहरूको अनुभव छ।


२ सय ३० क्षमताको यो आश्रममा व्यवस्थापनले तोकेअनुरुप मान्छे राख्न पनि पूर्वाधारले धान्दैन। आश्रम दुई तल्लाको भएकाले रोगले थलिएका वृद्ध–वृद्धालाई खुड्किलो उक्लन गाह्रो पर्छ। सबैलाई तल्लो तलामा बस्न कोठा अभाव छ। आश्रितमध्ये ४० प्रतिशतको हाराहारीमा अशक्त रहेका कर्मचारी श्रीविन्द खनालले बताए।

´बुढेसकालमा लौरो टेकेरै भए पनि खुड्किलो उक्लनै पर्‍यो´, ८१ वर्षे सान्नानी तिमिल्सिनाले भनिन्, ´के गर्नु, आफ्नो ओच्छ्यान नै माथिल्लो तलामा छ।´

वृद्धवृद्धाको रेखदेख गर्ने जनशक्ति पनि पर्याप्त छैन। अशक्त वृद्धवृद्धाको रेखदेखका लागि ६ जना धाई सुसारे चाहिने कार्यालयको भनाइ छ। तर मागअनुरुप व्यवस्था भने भएको छैन।

२० कर्मचारीको पूरै समय आश्रितलाई खानपिन गराउनमै बित्छ। कर्मचारी अभावले आश्रित बिरामी हुँदा कुरुवा राख्न पनि मुस्किल भएको उनीहरु बताउँछन्।

´आश्रितको खानपान, लुगा आदि बन्दोबस्तका लागि सुसारे त छन्´, लेखापाल श्रीविन्द खनालले भने– ´तर अशक्तलाई शौच गर्न लाने, ल्याउने र सफा सुग्घर पार्ने काममा खटिँदा फुर्सदै पाइँदैन। यति कर्मचारीले काम गर्न निकै गाह्रो परेको छ।´

कर्मचारीले आश्रमको यो दूरावस्था देखाए पनि यसको खास कारण आर्थिक भने होइन। संस्थाको कोषमा विभिन्न दाताबाट प्राप्त ४३ लाख रुपैयाँ सदुपयोग हुन सकेको छैन।

पशुपति भ्रमणमा आउने अधिकांश स्वदेशी तथा विदेशीले दैनिक आश्रममा गएर आर्थिक सहायता गर्ने गरेका छन्। चौमासिकरूपमा खोलिने यहाँको चन्दा बाकसमा हरेक पटक करिब तीन लाख रुपैयाँ जम्मा हुन्छ।

´यसबाहेक जन्मदिन मनाउन आउने वा पुण्यतिथिको सम्झनास्वरुप वृद्धवृद्धाका निम्ति दान गर्न आउने पनि धेरै छन्´– एक कर्मचारीले भने।

सरकारले पशुपति क्षेत्र वरपर १२ रोपनी जति जग्गा उपलब्ध गराए एक वर्षमै वृद्धवृद्धाका निम्ति सुविधायुक्त आवास बनाउन सकिने पनि उनले दाबी गरे।

´धेरै संस्थाले हामीलाई भवन बनाउन सहयोग गर्छौं भनिरहेका छन्, तर हामीसँग जग्गै छैन,´ उनले भने, ´वृद्धवृद्धाका लागि आश्रम बनाउने भएपछि सहयोग गर्न धेरै तयार छन्। हामीसँगै भएको पैसा पनि उपयोग गर्न सकिन्छ।´

आश्रमको उचित व्यवस्थापनका लागि नियम–कानूनमा सुधार पनि आवश्यक भएको उनीहरू औंल्याउँछन्। सरकारले २०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याएको थियो। दुई वर्षपछि त्यसको नियमावली पारित भएको छ तर विनियम बनाउने प्रक्रिया बढेको छैन। नियममा सुधार हुन सक्यो भने जम्मा भएको पैसा सदुपयोग गर्न सहज हुने भनाइ उनीहरुको छ।

´सरकारले यस्तै ढिलासुस्ती गरिरहे वृद्धवृद्धाले झन् दुःख पाउने निश्चित छ,´ उनले भने।

पशुपति क्षेत्र परिसरमा रहेको यो वृद्धाश्रम १९३८ सालमा पञ्चदेवल पाकशालाको नामबाट स्थापना भएको थियो।

त्यसयता यो गृह पञ्चायत मन्त्रालय, कहिले शिक्षा तथा सामाजिक कल्याण मन्त्रालय र कहिले श्रम तथा समाज कल्याण मन्त्रालय अन्तर्गत रहँदै २०५२ सालदेखि भने महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत आइपुगेको छ।




Dainikee - Breaking News, politics, sports and blogs from Nepal
-->
Dainikee - Breaking News, politics, sports and blogs from Nepal


यसमा तपाईंको प्रतिक्रिया#
सरकारले दिएको ६८ लाख चोखै बच्छ। खाना खुवाउनेको सूची धेरै नै छ। ६८ लाख कर्मचारीले बाँडेर खाए। नयाँ भवन बनाएर बूढाबुढीले झन् दु:ख पाए। यस्तै छ यहाँको चलन।

mira mira@yahoo.com

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...