नयाँ पत्रिका - स्पेनमा हुने विश्वस्तरीय ‘वी आर वाटर फिल्म फेस्टिभल २०१८’को अन्तिम नोमिनेसनमा तीनवटा नेपाली सर्ट फिल्म मनोनयनमा परेका छन् । नेपालका तर्फबाट माइक्रो डकुमेन्ट्री क्याटेगोरीमा विभु पौडेलद्वारा निर्मित ‘द लास्ट स्पाउट’ तथा माइक्रो फिक्सन क्याटेगोरीमा भवसागर घिमिरेद्वारा निर्मित ‘तिर्खा’ र सविन महर्जन तथा आशिष बस्नेतद्वारा निर्मित ‘कलर अफ वाटर’ परेका हुन् । वी आर वाटर फाउन्डेसनले विश्वमा व्याप्त पानीसँग सम्बन्धित समस्याको चित्रण गर्ने तथा यसबारे जनचेतना फैलाउने उद्देश्यले फिल्म फेस्टिभलको आयोजना गर्दै आएको छ । २०१८ को संस्करणमा विश्वका १ सय २८ देशका २ हजार ४ सय सर्ट फिल्म प्रतिस्पर्धाका लागि दर्ता भएका थिए ।
...A Blog By Bhabasagar