गत मंगलबारको कान्तिपुरको दृष्टिकोण र बिचार पृष्ठ (हेर्नुहोला) त्यस्सै साँझ नियालेर हेरें । एकानब्बे बर्षीय सत्यमायाले तिनदशकसम्म अल्झिएको मुद्दामा बल्ल न्याए पाएकोमा दृष्टिकोण पृष्ठको देवे्र कुनामा टुक्रुक्क बसेका नारायण वाग्ले खुसी देखिन्थे । सँग सँगै अलोकप्रीय अन्यायलय (भन्दा हुन्छ) लाइ लोकप्रीय न्यायलय (कैलेहोला?) बनाउनका निम्ति सकारात्मक कानुनी अभ्यास र प्रशासनीक सुधारको आवश्यकता पनि उनका कलमले औंल्याइरहेको थियो । त्यसैको दायाँ तर्फ तराइबाट संसदमा प्रतिनिधित्व गर्ने दलहरुले उठाएका मागहरुमा पाठकहरुले शब्दका तिर नचाइरहँदा तराइ, पहाड हिमाली, हामी सबै नेपालीको नारा घन्कीरहेको थियो । पत्रकै बिचमा छापीएको कार्टुनमा पनि अइलेको राजनैतिक परिस्थिति प्रतिबिम्वित भएको देखिन्थ्यो । दुइवटा म, मदनमणि र मोदनाथले अघिल्ला अंकमाहरुमा के लेखेछन कुन्र्नी म’ बढी भो भन्दै केहि पाठकहरु गुनासो पनि गर्दैथे ।