एक महिना अघिको कुरा । बिजुली बजार, काठमाडौंको पुल पार गरेर नयाँ बानेश्वर चोक तिर म स्कुटर अघि बढाउँदै थिएँ । नयाँ बनेको देब्रे तर्फको पिच तिर अघि बढेँ । औषधि व्यवस्था विभागको अघिल्तिर पुगेपछि ठूलो खाल्डो खुल्लै रैछ, हेर्दै खंग्रङै भएँ । यसै त नयाँ सडक भनेर स्पिड धेरै नै हुन्छ साधनको । त्यसमाथि सडककै बीचमा यस्तो ठूलो खाल्डो ! खाल्डो भित्र फलामे छडहरू मान्छेको भुँडी उनुँला झै गरेर मुख आँ गरेर बसिरहेका छन् । खाल्डो कुर्न आडैमा जम्मा एउटो ढुंगो छ, त्यो पनि हात्तिको मुख जिराले छेकेजस्तो । मनै त्यस्सै अमिलो भयो । त्यस दिन सडक विभागलाई सराप्दै बाटो लागेँ । *** गएको हप्ता म केही इलेक्ट्रोनिक सामान किन्ने शिलशिलामा त्यही आसपासका पसल चाहर्दै थिएँ । फर्केर आउँदा सोही खाल्डो नेरैबाट कुद्नु पर्यो । त्यहाँ कुनै संकेत थिएन । जो कोही पनि सुरै सुरमा आउँदा बेसुरमा खसेर घाइते हुन सक्थ्यो । ज्यानै जान सक्थ्यो । मनै अमिलो भयो । स्कुटर एकैछिन साइड लगाएँ । यताउता हेरेँ । औषधी व्यवस्था विभागभित्र ठूलो रूख देखेँ । ‘त्यहाँको रुखको केही हाँगा काटेर यसमा गाड्दिनु पर्यो दाई,’ व्यवस्था विभागका गार्डला...
...A Blog By Bhabasagar