Skip to main content

Posts

Showing posts from January, 2014

मेरो देश जहाँ यस्तो हुन्छ....

नेपाल , मेरो देश जहाँ कथित डनलाई गोली लाग्दा अस्पतालमा जूशको दमकल बोकेर लाइन  लाग्छन  नेताहरू । तर डाक्टर केसीहरू न्यायको तिर्खामा लडिरहन्छन् । नेपाल , मेरो देश जहाँ सर्वोच्च अदालतले दोषी मानेको हत्याका अभियुक्त खुलेआम शिर उठाएर  हिड्छ  र झुक्छ मेरो शिर । नेपाल , मेरो देश जहाँ सरकारी अस्पतालबाट खेदिएका गरिब बिरामीहरू सलाइन पानीको पाएपमा  बेरिएर प्राइभेटमा अस्पतालमा आत्महत्या गर्छन । नेपाल मेरो देश , जहाँ समयमा कर नबुझाए सरकार जनतालाई अतिरिक्त चार्ज लगाउँछ । तर  समयमा संविधान नदिने नेताहरू पटक पटक डिस्चार्ज हुन्छन् । नेपाल , मेरो देश जहाँ प्रहरीको मस्ट वान्टेड डन गणेश लामा गृहमन्त्री गच्छदारको बडीगार्ड बनेर  हिड्छन। प्रहरी भने चुल्ठे खोज्दै कपाल काट्दै बस्छ! नेपाल , मेरो देश जहाँ जनआन्दोलनको बलमा सरकार बन्छ । अनि जनआन्दोलनको दोषीलाई तक्मा दिन्छ । हामीलाई भने चक्मा दिन्छ । नेपाल , मेरो देश जहाँ डेटिङ गएका जोडीलाई प्रहरीले समाएर थुनी दिन्छन , तर श्रीमती कुट्ने  इन्सपेक...

मोबाइल खोस्दै उनले भने, "खिच्न पाइदैन ।"

अंग्रेजी नयाँ वर्षको दिन । साथीभाइसँगको भेटघाटको लागि दरबार मार्ग गएको थिएँ । भेटघाट र चिया गफमा धेरै दिनपछि सम्बन्ध रिन्यु गर्ने मौंका मिलेको थियो । साँझ चार बजे । बजारमा बिस्तारै चहलपहल बढ्दै थियो । दरबार मार्ग पुग्ने बित्तिकै ठूलो समस्या आइहाल्यो, बाइक कहाँ पार्किङ गर्ने ? संयोग सोहि दिन बिहान पत्रकार साथी मेघराज रसाइलीको ब्लग पढेको थिएँ, ‘निशुल्क पार्किङको नाममा लाखौं उठाउने धन्दा ।’ Blog Link  त्यसले मनमा चिसो पसिसकेको थियो । पार्कीङ कहाँ गर्न हुने, कहाँ नहुने भन्दै अलमलको बेला । सूचना पनि नदेखेपछि अनि धेरै बाइक पार्क) गरिराखेको देखेपछि । उनले पनि आफ्नो बाइक सोही हुलमा पार्किङ गरेको उल्लेख गरेका थिए । नगरप्रहरीको कर्के नजर परेपछि उनको एक हजार चुनालाग्यो । उनको ब्लग सोहि दिनमा पढेकोले मेरो दिमाग झनै घुम्यो । अनधिकृत ठाउँमा पार्किङमा राखिएको सवारी साधनबाट उठेको जरिवाना रकम (प्रति मोटरसाइक एक हजार) को २० प्रतिशत (दुई सय रुपैयाँ) त्यहाँ खटिएका नगर सुरक्षाकर्मी र ट्राफिक प्रहरीले प्रोत्साहन स्वरुप पाउने भन्ने पनि नियम बसाइ सकेका रहेछन । यस्तो अवस्थामा भिडभाडको दरबारमार्ग पुग...