आज ठ्याक्कै दश वर्ष बित्यो। २०६० साल कार्तिक ११ गते। पोखरा बजार। पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह तृतीय वर्षको परीक्षा सकिसकेको थिएँ। स्नातकोत्तर अध्ययनको माहोल मिलाउन म काठमाडौं जाने योजना पनि बुन्दै थिएँ। तिहारको भाइटीकाको अघिल्लो दिन मात्र सकिएको थियो । भतिजीको पढाइका लागि छात्रावास फर्कने बेला पनि भएको थियो। उसका लागि जाडोका केही लुगा किनमेल गर्नु पर्ने काम। कान्छी दिदी सावित्रा सुवेदी र साथी रूद्र कुँइकेलको साथमा म बजार पुगेको थिएँ। बजार डुल्दा , दिनको ३ बजिसकेको थियो। मलाई आइसक्रिम खान मन लाग्यो । पोखराको व्यस्त बजार। चिप्लेढुंगाभन्दा थोरै उत्तर तिर भित्र पट्टी रहेको पन्थी डेरी आइसक्रिमको लागि निक्कै चर्चित थियो। ' जाऊँ पन्थी तिर ,' मेरो कुरा भुइँमा खस्न नपाउँदै सावित्रा दिदीले भन्नु भयो , ' घर फर्कन भ्याउँदैनस् पछि जाउँला। ' कास्की जिल्लाकै हंशपुरमा छ मेरो घर। पोखराबाट बेगनास तालसम्म लगभग १ घण्टाको बस यात्रा र त्यसपछि पनि हंसपुर जान कच्ची बाटोका लागि करिब पौने घण्टाको यात्राको लागि अर्को गाडी समाउनु पर्ने बाध्यता थियो। गाडीबाट झरेर अझ आधा घण्टा ...
...A Blog By Bhabasagar