पाल्पा, चैते दशैंको अवसर पारेर जिल्लfको पालुंङ मैनादी गाविसको कालीका देवीको मन्दिरमा सराएँ निकालियो। हरेक वर्ष चैत्र दशैंको अष्टमीको दिन यो मन्दिरमा मान्छे भेला भएर पुजापाठ गरि त्यहाँ पहिल्यै देखि जम्मा पारिएका खुँडा तरबार लिएर जात्रा निकाल्ने चलन छ। जात्रामा पुरुषहरूले खुँडा नचाउँदै मन्दिर वरपर परिक्रमा गर्ने र गाउँले पुरै मिलेर भजन गाउने र नाँच्ने गर्छन्। सराएँ भनेको विजय उत्सव हो। किंवदन्ती अनुसार अहिले कालिका देवीको मन्दिर भएको ठाउँमा पहिला एउटा स्वामीको रुख थियो। त्यो ढलेको ४ वर्ष पछि बिस्तारै फेरी पलाउन सुरु गरेको र पछि एकाएक त्यहाँबाट उठेको देखेपछि गाउँलेले त्यहाँ देवीको शक्ति भएको विश्वास गरि मन्दिर थापना गरेर पुजापाठ सुरु गरेको मैनादी हर्कुडाँडाका युद्धराज गैरेले बताएँ। कोही कोहीले भुवन पोखरी पाल्पामा रहेको रैनादेवी पनि त्यहाँ आएकी विश्वास गर्छन्। पहिला कान्ता भन्ने जोगि आएर त्यस मन्दिरलाई संरक्षण गर्न सुरु गरेकाले यसलाई कान्ता आश्रम पनि भनिने गैरेले बताए।
...A Blog By Bhabasagar