केटाहरु पनि नुहाउन पायो भन्दैमा सार्वजनिक धारामा अल्लि उच्छ्रिङखलै तरिकाले नुहाइदिन्थे । त्यसैले होला धाराको भित्तामा लेखिएको हुन्थ्यो, 'यहाँ भित्रि कट्टु लगाएर नुहाउन मनाही छ ।' कुनै ठाउँमा कोठा भेटे पानी भेट्दैन्थ्यौं पानी भेटे घाम भेट्दैन्थ्यौं । घाम र पानी दुवै राम्रो भेटेको ठाउँमा कोठा भेटिदैनथ्यो । बिहे नगरेकाले कोठामा केटीहरु ल्याएर बदमाशी गर्छन् भन्ने हुँदो हो सायद । वा घर ज्वाइँनै बस्लान भन्ने डर थियो की कुन्नि कहिले काही अविवाहित हुनु नै कोठा पाउनका लागि अभिशाप हुन्थ्यो । -भवसागर घिमिरे कीर्तिपुर पस्ने बित्तिकै सुरुमै राम्रो कोठा पाउनु त्यत्ती सजिलो थिएन । मैले भने कोठा खोज्ने टन्टलो बेसाउनु परेन । दाई पढाइ सकेर पोखरा फर्कने र म कीर्तिपुर पस्ने लगभग एकै चोटी पर् यो । रुम पार्टनरका रुपमा स्याङ्जाका साथी थिए नरेन्द्र थापा । 'थापा काजी' भनेपछि हाम्रो सर्कलकका जस्ता पाजीले पनि चिन्ने । 'डिग्री' पढ्ने योजना मुटुमा पोको पारेर भौतिकशास्त्रमा स्नातक सकेका हामी ६२ सालको कार्तिक अन्तिम साता कीर्तिपुरको पांगामा बस्न सुरु गर् यौं । कीर्तिपुरक...