असारे मेलो । भल छोप्नलाई चटारो । सिरानको खेतछेउ पोखरीमा मुल फुटेर आँठै आँठो हुँदै कुलोमा पानी बग्न थाल्यो होला । गह्रैपिच्छे डम्म पानी भरिए होलान । हलक्क बढेका धानका बेर्नाले पर्खालमाथिको बारीबाट मुन्टो उठाउँदै हेर्दा हुन् । गोठमा गोरुहरुले खुट्टा तन्काउँदै दाम्लो फुत्काउन खोज्दा हुन् । यस्तो बेलामा पनि मैले घरको तगारो खोल्न सकिन । छोरोले घर बिस्र्यो नभन्नु । गाउँको माया मार् यो नभन्नु । गत वर्ष झै यसपालीको रोपाइँमा म घर आउन नपाउने भएँ आमा । बालाई पनि यहि भन्दिनु ।
...A Blog By Bhabasagar