Skip to main content

Posts

Showing posts from May, 2011

सिंजाको सेरोफेरो

भवसागर घिमिरे म छक्क परेँ जुम्ला बसपार्कमा गाडीको भिड देखेर । सुर्खेत दैलेख र कालिकोट हुँदै जुम्ला भित्रिएका ट्याक्टर जीप र बसले पुरै बसपार्क भरिएको थियो । यो देख्दा कर्णालीको मुहार बिस्तारै फेरिँदै गएको अनुभव हुन्थ्यो । यिनै ढुवानीका साधन सुर्खेतबाट कर्णाली उकालो लाग्दा जुम्लामात्र हैन मुगु कालिकोटमा आकासियको सामानको बजारभाउ एक्कासी ओरालो झरेको थियो । फेरिएको कर्णाली जीवन हेर्ने सपना अब साँच्चैनै पुरा हुँदैथियो मेरो । जुम्लाबाट सिंजा हुँदै मुगु उपत्यकाको यात्राका लागि झोला बोकेर खलंगा बसपार्क पुगेको थिएँ म । हाटिसंजाका सुर्यमणी हमाल पनि मसँगै थिए । 'हामी सिंजाको आचार्यलिही सम्ममात्र गाडीमा जान्छौं' सुर्यमणीले यात्राको बारेबताउन सुरु गरे 'लगभग ४ देखि ५ घण्टाको यात्रा ।' गाडीबाट ओर्लेपछि हाटिसंजा पुग्न हामीले झण्डै उती नै घण्टाको पैदल यात्रा गर्नु पथ्र्यो । यसका लागि केही ड्राइफुड र पानी सहितको बोतलसँगै म तम्तयार भएको थिएँ । हुन त सिंजाका लागि जुम्लाबाट पुरै पैदल यात्राको बाटो नभएको भने हैन । बिहानै हिड्ने हो भने जलजलाको लेक भएर सामान्य हिडाइले १२ दे...

खड्गमायादेखि मनमायासम्म

posted by Bhabasagar Ghimire on Tue, 05/10/2011 - 10:46 घुर्बिसे पन्चमी पाँचथरको आफ्नै सानो होटलमा उनी चिया पकाउँदै थिइन् । चिया पिउन आएकाहरुसँग ठट्टा पनि गर्दै थिइन् । मनमायाको कथाका लागि कलाकार खोज्दै पाँचथर पुगेको म उनैको पसलमा बसेर तीनै खड्गमाया दिदीलाई नियाली रहेको थियो । उनी पसलमा उधारो खाएकालाई पैसा तिर्न कराउने मात्र हैन सधैं आइरहने ग्राहकलाई रमाइलो व्यवहारले आइरहने बनाउन तल्लित थिइन । यीनै खड्गमायालाई नाटककी हठ्ठी मनमाया बनाउने सोच मेरो मनमा त्यसै बेला आयो । उनी कथा मिठो सारङ्गीको नियमीत सुन्ने गर्छिन भन्ने थाहा पाएर मेरो आत्मविश्वास झन् बढ्यो । 'दिदी यो कथा मिठो सारङ्गीको नाटक खेल्नु हुन्छ, ' मेरो प्रश्न सुन्ने बित्तिकै उनी अलमलमा पर्दै भनिन् 'आम्मै काँ सकुँला र ?' तर सबै कुरा बताएपछि भने उनी कलाकार छनौटमा भाग लिन राजी भइन् । 'मैले नाटकमा अभिनय गर्नेबारेमा सोचेकै थिइन्', ४२ वर्षे खड्गमायाले भनिन्, 'एकाएक कसरी खेलेँ थाहै पाइन् ।' गत फागुन महिना उनले नाटक खेल्नका लागि ८ दिन पसल छाड्नु प...

Just New Creation

ख्याल ख्यालमै एक मिनेटको सानो भिडियो तयार गरेँ । यो मेरो पहिलो प्रयास हो । तपाइबाट सुझावको अपेक्षा गरेको छु ...

सन्तान खोज्दै आमाहरु

पशुपतिका घाटछेउ उराठ वृद्धाश्रममा मृत्यु नजिकीएका आमाहरु तिनकुनेका पुलपारीको वृद्धाश्रममा बाती काट्दै गरेका आमाहरु रविभवनको दिलशोभा घरबाट सडक नियाली रहेका आमाहरु डोर् याउने कोमल हात खोज्दैछन् तपाइ हाम्रै साथ खोज्दैछन् कैयौं सन्तान जन्माएका उनीहरु आफूले नजन्माएका सन्तान खोज्दैछन् सहारा दिने नयाँ सन्तती खोज्दैछन् (भवसागर घिमिरे-२०६८)