Skip to main content

बालिका बलि दिएको स्वीकार

भवसागर घिमिरे, काठमाडौं, फागुन ११- रुपन्देही मझगाउँमा घाँटी रेटी हत्या गरिएकी दलित परिवारकी आठ वर्षीया मनिषा हरिजनलाई आफूले इँट्टाभट्टामा बलि दिएको आरोपी नेवास पालले स्वीकार गरेका छन्।
झाँक्रीको काम गर्ने पालले इँट्टाभट्टाका मालिक वीरेन्द्र जैसवालको निर्देशनमा बलि दिएको प्रहरीलाई बताएका छन्। 'मैले जैसवालकै आदेशमा बलि दिएर इँट्टाभट्टामा चढाएको हुँ,' पालको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी छविलाल बन्जाडेले नागरिकलाई टेलिफोनमा बताए। गत मंसिर १९ गते बिहान मनिषाको शव घाँटी रेटिएको अवस्थामा इँट्टाभट्टादेखि तीन सय मिटर उत्तरतर्फ भेटिएको थियो। जानकारी पाएलगत्तै अधिकारकर्मी घटनास्थल पुगेका थिए। इँट्टाभट्टाको चुलो वरिपरि रगतका टाटा, फूल, नरिबलका खपटा, अगरबत्ती भेटिएको जागरण एफएम रुपन्देहीका पत्रकार दिनेश हरिजनले बताए।
स्थानीय प्रहरी चौकीले सो घटना दर्ता गर्न मानेको थिएन। अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयमा दबाब दिएपछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको थियो। हत्या आरोपमा झाँक्री पाल र उद्योगका मालिक जैसवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूसँगै इँट्टाभट्टा कामदार नरेश हरिजन र भारतका बलिकरण राजवाल पनि पक्राउ परेका थिए। सबै आरोपीलाई पुर्पक्षका लागि थुनामा राखिएको एसपी बन्जाडेले बताए।

झाँक्री पालले मालिक जैसवाललाई मानव बलि दिए इँट्टाभट्टा उद्योग नाफामा जाने आश्वासन दिएको हुनसक्ने एसपी बन्जाडेले बताए। इँट्टाभट्टा क्षेत्रमा भेटिएको रगतको टाटा मानिसको हो कि हैन भन्ने परीक्षण गर्न मंसिर २५ गते केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। प्रयोगशालाले माघ १८ गते परीक्षणको विस्तृत रिपोर्ट रुपन्देही प्रहरी कार्यालयमा पठाइसकेको प्रतिष्ठानका एसपी प्रभाकर शाहले बताए। रिपोर्ट आएको तीन साता बिते पनि प्रहरीले सार्वजनिक गरेको छैन।
'हामीलाई परीक्षण रिपोर्टबारे कुनै जानकारी छैन,' महिला अधिकारकर्मी किरण पन्थीले टेलिफोनमा भनिन्। एसपी बन्जाडेले भने रिपोर्टमा परीक्षणका लागि पठाइएको नमुना मानिसको रगत नभएको उल्लेख भएको जानकारी दिए। पन्थीले भनिन्, 'यो रिपोर्ट आममानिसको आँकलन विपरीत आएको छ। यसमा फेरि छानबिन हुनुपर्छ।'
पालले बालिकालाई इँट्टाभट्टामा चढाएको स्वीकार्नु, इँट्टाभट्टा आसपासमा रगतजस्तो देखिने टाटा भेटिनु, तर रिपोर्टमा मानिसको रगत होइन भन्ने उल्लेख हुनुले घटना रहस्यमय भएको अधिकारकर्मीको भनाइ छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका एसपी शाहले भने पुनः परीक्षणका लागि नमुना राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा लैजान सकिने प्रतिक्रिया दिए। उनले भने, 'हामीसँग पूर्ण टेक्नोलोजी भए पनि पर्फेक्ट नहुन सक्छौं। अरु नमुना ल्याउन सकिने अवस्था भए वा पहिला परीक्षण गरिएको नमुना सुरक्षित भए परीक्षणका लागि फेरि खुमलटारमा पठाउन सकिन्छ।' आरोपीले बालिका हत्या गरेको स्वीकार गरेकोले हत्यामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयका रूपन्देहीका एसपी बन्जाडेले बताए।

Comments

Popular posts from this blog

मोबाइलको साटो पुस्तक

बाल मनोविज्ञानमा आधारित भएर लेख्नु आफैमा जटिल र चुनौती पुर्ण छ  । त्यसैमाथि सबै भन्दा सरल बनाउँनु पर्ने विषय पनि यहि रहेछ । बाल मस्तिस्कको सोचाइको धरातल फराकिलो बनाउँने  प्रयास म सधैं जारी नै राख्नेछु । बालबालिकाहरुलाइ आज राम्रा पुस्तक पढ्न दिँदा भोलीका दिनमा उनीहरुले रचनात्मक काम गर्न सक्छन् । हामी सबैले पढ्ने र पढाउँने बातावरण बनाउँन मद्दत गरौं । मेरा यी रचनाहरुमा चित्र कोरेर सुन्दर बनाइदिने नागरिक दैनिकका Dewen दाई र Yuwak जी, भाषामा सघाउने Shekhar दाई अनि प्रकाशनमा ल्याउँने Sangrila Book का Mani जीलाई धेरै धेरै धन्यवाद । म अछाम नपुगेको भए सायद यो बालकथा अाउँदैन्थ्यो होला । सन् २००९ मा Room to Read Nepal को कथा कार्यशालामा नअटाएको भए सायद 'हाम्रा खेलहरु' का बारेमा उबेला बाल कविता फुर्दैन्थ्यो । सधै‌ झै, छोराछोरीको हातमा मोबाइलको साटो पुस्तक दिउँ । उनीहरुका आँखा र दिमाग झनै तेजिलो हुनेछन् । अघिल्ला तीन कृती... माथिका तीन पुस्तकहरु ' पाठीलाई स्वेटर, भान्छामा चुट्किला, देउता खुशी हुनुभयो' तलका पुस्तक पसलहरुमा यस अघि नै आइसकेका छन् । नयाँ पुस्तक...

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...