भर्ना हुने हो ?


चाहेको रकम असुल्न पाइने
सीत्तैमा मागेर हसुर्न पाइने
रीस उठेमा छाला तार्दीन पाइने
बङ्गारा गनेर झार्दीन पाइने
सी.डी.ओ प्रहरी कुट्न पाइने
कार्वाहीमा नपरि छुट्न पाइने
आफ्नो वीरुद्ध बोल्नेलाइ
धान चुटेझै चुट्न पाइने
मुर्खको हातमा कानुन फुलेछ
आउनुहोस् नयाँ भर्ना खुलेछ ।

किसानको जग्गा खोस्न पाइने
सीत्तैमा पेट पोस्न पाइने
निहु खोज्नेको ढाड भाँच्न पाईने
चैनको जीन्दगी बाँच्न पाईने
डर त्रासको इज्जतमा जोखिन
मिल्ने दादागिरीको कानुनमा चोखिन मील्ने
फोनबाट धम्की दिन मील्ने
थर्कार फाइदा लीन मील्ने
मुर्ख उद्दण्ड हुल्नु हुलेछ
आउनुहोस् नयाँ भर्ना खुलेछ ।

कहिले काठ तस्करी रोक्न मिल्ने
कहिले आफै तस्कर बनि बोक्न मिल्ने
एक दुई भष्ट्रचारी पक्रदैमा
स्वच्छ छवि हौं भनि खोक्न मील्ने
क्याम्पस भित्र पक्षविपक्ष
रड भालाले ठोक्न मील्ने
पहिला मज्जाले गोद्न पाइने
अनिमात्र बाँकी कुरा सोध्न पाइने
गाउँ शहरमा पारदर्शी राक्षस डुलेछ
भन्दैछ नयाँ भर्ना खुलेछ ।
(भवसागर घिमिरे-2064)

Comments