भवसागर घिमिरे ‘तिमी हामीले चलाउने भनेको यै सानो भाँडो त होनी अरु काँ किन्न सकिन्छ र,'‘मोबाइल किन्नु भएछ है दाई’ मैले सोधेको यो प्रश्नमा उनको उत्तर थियो त्यो । नोकिया-३३१० को ढम्पाङ मोबाइल सेट देखाउँदै उनले दिएको त्यो उत्तर मेरो लागि ठूलो व्यङ्ग्य थियो । २०५६ साल । पोखरा बजार । थोरै हुनेखानेका हातमा मात्र मोबाइल थिए । त्यस बेला क्यालकुलेटर त के हातमा आलु घडि किन्न पनि हम्मे हम्मे पथ्र्यो मलाई । त्यस्तो बेला’तिमी हाम्ले किन्न सक्ने…’ भन्दै उनले गरेको कुरा मेरो मनमा धेरै दिनसम्म गढेँ । साँच्चै भन्नु पर्दा त्यस भन्दा अगिका दिनमा मोबाइल भन्ने जन्तु मेरो सपना भन्दा धेरै परको कुरा थियो । तर अब भने बिस्तारै इखकै रुपमा भएपनि मेरो मनमा एउटा सपना पलायो ‘हातमा आफैले किनेको मोबाइल खेलाउने ।’ यस्तै मोबाइल सेट लिएर हिड्ने मेरा चिनेजानेका अर्का साथी थिए । २०५८ तिरको कुरा टुरिजम व्यवसायमा लागेका उनको त्यो मोबाइल चलाउने एकादुई अवसर पाए पनि ‘कसरी चलाउने’ भन्ने थाहा नपाएपछि मैले धेरै नै अफ्ठ्यारो महसुस गरेँ । साँच्चै भन्नु पर्दा मन खोलेर मोबाइल चलाउन सिक्न पनि पाएको थिइन मैले । लाग्थ्यो कुनै मो...
...A Blog By Bhabasagar