पढ्न पाए केही गरेर देखाउँथें



शुक्रवार, 10 जूलाई 2009 20:09

'आमा मेरो डिस्टिङ्सन आयो,' रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ । उनी भान्छामा खाना पकाउँदै थिइन् । 'ए, तँ पास भइस् ?' उनले यत्ति भनिन् । मलाइ समातीन र रुन थालिन् । त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं ।
आमालाई म पास भएकैमा खुसी थियो । डिस्टिङ्सनको अर्थ उनले बुझिनन् । बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा छ ।
***
मलाई पुराना दिन सकेसम्म सम्झन मन लाग्दैन । डर लाग्छ । आङ सिरिङ्ग हुन्छ । ती दिन त्यस्तै थिए ।
सिन्धुपाल्चोकको डब्ल्याङ माइती हो मेरी आमाको । यहाँ काम त्यही हो, भाँडा मोल्ने, कपडा धुने, सरसफाइ गर्ने, यस्तै । नपढेकाले अरू के नै पाउाछन् र ? आमा अचेल दिनको सय/पचास कमाउँछिन् । हाम्रो घर दोलखाको चरिकोट हो भन्छन् । आजसम्म पुगेकी छैन । घर पनि छैन जस्तो लाग्छ, के बाँकी होला र खै ?
जोरपाटी बाहुनधारा नजिकै छ हामी बस्ने कोठा । सााघुरो, अाध्यारो र चिसो । त्यो कोठामा आमा र मसागै दुई बहिनी पनि बस्छन्, माइली ममता र कान्छी शान्ति । एउटा खाट छ । राती कोही खाटमा पल्टन्छौं, कोही भुइामा । घरबाट स्कुल पुग्न दश मिनेट लाग्छ, समता शिक्षा निकेतन । दुई कक्षादेखी नै मैले यहि स्कुलमा पढ्न थालेकी हुा । उत्तम सञ्जेल सरले सहयोग नगरेको भए । समताले साथ नदिएको भएा । यो अवस्थामा म सायदै आउथेा ।

***
समता शिक्षा निकेतनमा आउनू अघि, म अघि महांकालको एउटा स्कुलमा पढ्थेा । 'छोरीलाई पनि स्कुल पठाउने हो ?' भनेर कसैले भनेछ क्यारे । त्यसपछि बाले मलाई स्कुल जान दिएनन् । कता हो कता मलाइ एक घरमा काम लगाइदिए । एक वर्षपछि आमाले त्यहााबाट छुटाएर समतामा ल्याइन् ।

आमाले छोराको साटो तीन छोरी पाउनु नै बिडम्बना थियो कि ? बाबाको लागि यहि निहुा बन्थ्योकी ? किन हो मलाई थाहा छैन, घरमा दिनहुा झगडा हुन्थ्यो । घरमा चामल, नुन, तेल छ/छैन उनलाई पत्तो हुन्थेन । रक्सीले चुर भएर आउाथे उनी ।
ढोकाबाट भित्र छिर्नासाथ भााडभैलो सुरू भैहाल्थ्यो । आमा कराउाथिन् । बा रिसाउाथे । बा कराउादा आमा रिसाउाथिन् । बाले आमालाई लछारपछार गर्थे, कुट्थे । डरले दुई बहिनी मसाग लुटपुटिन आउाथे ।
'तिमेरू सबलाई मार्छु' भन्दै बाले हामीलाई भुइामा बङ्लङ्ग पछारिदिन्थे । कान्छी दगुर्दै आमालाई समाउन जान्थी । आमा हामी सबैलाई सुम्सुम्याउादै रून्थिन्। आमासागै हामी रुन्थ्यौ । बा भने मजाले निदाउथे ।
***

एक साँझ लखतरान परेर आमा आइपुगिन । भोकाएका बहिनीहरू केही छ कि भन्दै आमालाई समाउन पुगे ।
'लौ रोटी खाउ,' आमाले हामीलाई कपडा धोइदिएको घरबाट बचाएर ल्याएको खाजा दिइन । भोकाएका हामीले, कपाकप खायौं । राति बाबा मात्तिादै आए । जे डर थियो त्यही भो । 'जथाभावी डुल्छेस्' भन्दै बाले आमालाई गाली गर्न थाले ।
चर्काचर्की हुादै थियो । म आमालाई नबोल्न भन्दै थिएा । बाले हात छाडिहाले । लछारपछार हुादा किताबहरू असरल्ल परे । आमा चिच्चाउन थालीन्, बहिनीहरू रून थाले । म आत्तिदै छुट्टयाउन गएको थिएा, बाको थप्पडले भित्तामा ठोक्किएा ।
आमालाई मार्छु भन्दै बाबाले हातमा खुकुरी नचाउान थाले । डरले म थरथरी काापे । हामी भागेर सडकमा पुग्यौं । त्यो रात घरको छिाडीमा आमासाग बेरिएर हामी तीनैजना खुब रोयौं । हरेक पटकका दुःखमा रुनु सिवाय अरू के गर्नै सक्थ्यौं र ? रुादारुदै आमा मलाई सम्झाउाथिइन्, 'छोरी ता पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस् ।'
जव म सात कक्षा पुगेा । घरको स्थितिले पढाइ बिगि्रदै थियो । त्यसैले म र ममतालाई समताको होस्टलमा बस्ने व्यवस्था गरिएको थियो । तर, मलाई त्यहाा बस्ने रहर थिएन । घरमा आमाले के खाइन्, कान्छीलाई कस्तो होला ? यस्तै कुरा मनमा खेलिरहन्थ्यो ।
म स्कुल हुन्थेा, मन घर पुग्थ्यो । एकरात होस्टलपछाडि आमाले बोलाएको सुनेा । कसैले थाहा नपाउनेगरी हामीले होस्टलको गेट खोलिदियौं । बाले पिटेर खेदेकाले आमा कान्छी बोकेर होस्टल आएकी रहिछन् । मध्यरात । सरले थाहा पाए गाली गर्नुहोला भन्ने डर । तैपनि, आमालाई होस्टलको हाम्रै कोठमा लुकायौं । त्यो रात, हामीपनि उनीसागै गुटमुटीएर सुत्यौं ।
***

आठ कक्षापछि आमाको मायाले म उनीसागै बस्न थालेा । सधैा झैझगडा, पिटापिट । कति सहनु ? आमा र हामीले बासाग छुट्टनिे निर्णय गर्‍यौं । हामी त्यो कोठाबाट निस्केपछि बुबाले अर्को बिहे गरेछन् ।
हामीसाग न खान पैसा थियो, न बस्नलाई बास । साथमा स्कुलका किताब थिए, जसलाई पढेर मैले पार लाउनु थियो । तर कसरी ? थाहा थिएन ।
बल्लबल्ल कोठा पाइयो । रित्तो कोठा । ओछ्याउने कुरा छैन । पकाउने भाँडाकुाडा थिएनन्् । आमा भोजभतेरमा भाँडा माझ्न जाँदा प्लाष्टिकमा खाना पोको पारेर ल्याउानुहुन्थ्यो । आमा घर आइपुग्दा हामी एकसरो सुकुलमा पल्टिरहेका हुन्थ्यौ । आमा देख्ने बित्तिकै लुछाचुाडी गर्नपुग्थ्यौं, बाख्राका पाठापाठी झै । अनि सबैजना त्यही सुकुलमा निदाउाथ्यौं ।
आमाको दुःख देखेर होला तिबेतियनहरूले उनीहरूका घरमा काम गर्न जाादा केही न केही सामान दिएर पठाउन थाले । पुरानै किन नहोस्, भााडा, कपडा, सुकुल, खाट गर्दै केही कुरा कोठामा जोडिए । अनी पो हामीले पनि पातलो सुकुलको साटो गलैाचामा सुत्न पायौं ।
***
म दश कक्षा पुगेँ । घामझरी नभनी आमा हरेकदिन काममा जान थालिन् । उनको जीउ सुकेर सिठ्ठा भैसकेको थियो । त्यसैले मैले उनलाई पहिला भन्दा बढि सघाउन थालेा । भाडा मोल्ने, कपडा धुने र अर्काको घर सफा गर्ने काममा म पनि फुर्सद मिलाएर आमासागै जान्थेा ।
राती १ बजेसम्म पनि काम गरेा । दशको सानोे जााचमा मेरो पोजिसन एक्कासी घट्यो । यसले मलाई ठूलो चिन्ता थप्यो । 'मै गर्छु ता पढ्' भन्दै आमा आफैा काममा धस्सिन थालिन् । घर भाडाका लागि साथमा धेरै पैसा हुादैन्थ्यो । रातमा बत्ती नबाल्नु भन्दै कराउानुहुन्थ्यो पहिला त । मैले ठूलो परीक्षा आएको छ भन्दै घरबेटीलाई अनुरोध गरेपछि उहाा मान्नुभो ।
कहिलेकाहीा त पढ्दा छ्याङै रात कट्थ्यो । बुबा फेरि र्फकने त हैनन् भन्ने डर पनि लाग्थ्यो कताकता । एक/दुईपटक बाटोमा देख्दा लुकेकी थिए । एसएलसीमा पनि राम्ररी पढ्न पाइना । खुराक कम, ताकत नभएर जीउमा आलस्य आउाथ्यो । कहिलेकााही त चक्कर लाग्थ्यो । कसलाई भन्नु ? चुपचाप कक्षामा बस्थेा । भोको पेट दुख्दाको पिडा राम्ररी अनुभव गरेको थिएा, त्यसबेला ।
आमाले नमान्दा-नमान्दै पनि केही दिन उनको काममा पनि सघाउन गएा । परीक्षा त मेहनत गरेरै दिएकी थिएा । ८८.७५ प्रतिशत ल्याउाला भन्ने मलाई विश्वास थिएन । किनकि मैले राम्ररी मेहनत गर्न पाएकी थिइना । अझै राम्ररी पढ्न पाएको भए म धेरै गर्न सक्थेा । मेरी आमाको हातले जुठा भााडा नसुम्सुमाएको भए के म यत्ति धेरै नम्बर ल्याउन सक्दैनथेा ।
***
मेरा अगाडि धेरै चुनौती छन् । 'महिला र बालबालिकाको' डाक्टर बन्नेे सपना । दुई बहिनीलाई धेरै पढाउने इच्छा । अस्वस्थ भएकी मेरी आमाको दुःख पखाल्ने चाहना । परिवारलाई अाध्यारो कोठा, अाध्यारो जीवनबाट बाहिर निकाल्नुपर्ने जिम्मेवारी । यी यस्तै सपनै सपनाका बीचमा उभिएकी म अब कुन बाटो हिाड्ने ? कसरी हिाड्ने ? थाहा छैन ।
हुन त म केही श्रम गरेर, स्कुल पढाएर दुई/चार पैसा कमाउन सक्छु । तर मैले अहिले परिवारलाई क्षणिक सुख दिएर हुँदैन । मेरो विचार छ, 'बरू गरिबले एक छाक कम खाएर भए पनि पढोस्, त्यसले अर्को चारछाक कमाउन सक्छ ।'
***
'छोरी तँ पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस्'
आमाका यी कुराले मलाई झकझकाई रहन्छ । अझ् पढ्न र बढ्न उत्साह थप्छ । कलेज पढ्न साथमा कौडी छैन । हात परेको सर्टिफिकेटले आफैं त पढाउादैन । पूर्ण छात्रवृत्ति पाए राम्रो कलेज पढ्न मन छ । कसैको सहयोग पाए अझ पढेर केही गर्न मन छ । केही गरेर देखाउाछु भन्ने आत्मविश्वस पनि छ । तर ...खै के हुने हो ?

(नागरिक संवाददाता भवसागर घिमिरेसँगको कुराकानीमा आधारित । तस्बिर- विजय गजमेर )

प्रतिक्रियाहरू (60)

प्रतिक्रियाहरुको RSS फीड"> प्रतिक्रियाहरुको RSS फीड
प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्


प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्

...
Bhabana i read out your problem first congratulation for your resuat which is distingtion grade second i really touch my buttom of heart your problem i wiil help you as i can keep it up your study .uncle .premdhoj
premdhoj gurung , July 18, 2009

...
thanks and congrtulation timilai,
timbro bare study garda malai kasto feeling vayo bhaner malai matra thah chha sayadaru lai pani tyastai vayo hola,
je hos timbro paragati ko kamana gardai timilai ashirbad pani dinu chahanchhu,ani jati mero augat le sakeko sahayog garnu tayari chhu jus
ma maile account no pani payeko chhu but yaha bat tyati account ma deposit garnu possible nabhayeko karanle timbro athaba timbro mum ko address e - mail marfat pathai dinu anu rodh garda chhu mero mail add (nembang11@yahoo.com.
sudesh subba uk(london)
sudesh subba , July 18, 2009

...
GHIMIRE SIR dherai dherai dhanyabaad.bhawana jasta student yaha dherai chhan kinaki yo nepal ho tapai bata ajha yastai aapechha gareko chhu
SELKAR TAMANG , July 18, 2009

...
Pyari bahini bhawana,pahilo ta ma afno vitri aatma dekhi nai timilai badhai dina chahanchhu ra timilai janma dine ti aama jasle yati dherai dukha garera yo samma timilai purayo ani NAGARIK PATRIKALAI pani jastle yo amulya sahayog garnu vo.
bahini timro katha padirahada ma dherai thauma roke antyama padi sakda mero aankha aasu aasu vaisakechha jo kunai katha pad da yasto kahile pani vako thiyena.j hos mauka pako chhu aamle vannu vaye jhai padera thulo manchhe bannu
SELKAR TAMANG , July 18, 2009

...

भवसागर घिमिरे ji mahile pani yo aafno web ma upload gari diyako chhu ...
kunai sang sayog aayechh bhane ma tapai laai mail garne chhu ...
Subhash Khadka , July 18, 2009

...
dear bhawana sis
you did a great job in your life as well as your mother. this is good example for upcoming nepali n also u give chance to show the nationality love to all the nepali around the world. i am also interested to help u as much i can, best of luck for your future.
darlami mgr , July 18, 2009

...
Nani, Badhai chha and bhagawan le chitae ko kura lai puran gari diun. Ma and pariwar ko dherai Asis and shubhakamana chha.

Sbr
Mr. S. Rai , July 17, 2009

...
First of all a Big Congratulatin Bhawana Chhori, Well Done and keep it up never give up your study.

your story really touched my heart as I don't have daugthter.

Bhawana Chori please contact me on the above email I will be able to help you somthing.

take care

with lots of Love

Uncle Krishna
krishna Bahadur Gurung , July 17, 2009

...
bhabsagar ji tapailai murimuri dhanya bad ra bhawana lai mero tarpha bata badhaai chhai ra maile London ko South Harrow maa yuwaa haruko yeutaa comittee gathan gardai chhu tyasayle so comitteele bhawana lai dirdhakalin sahayog garnu sakchha bhanne mero dharana chha tyasaile bhawanako aaphno email id chha ki chhaina? chhaina bhane bhabasagar ji jasari bhye pani bhawanako id kholi dinu hola ra malai email garidinu hola hai ra sahayogi nepali hatharu dherai chhan tapaile ajha aruko pani sahayou garnu saknu hunchha hai nepalmaa dherai chhan adhyaro chhidi bhitra aashuma dubeka pratibhaharu .
shashi thapa subba , July 17, 2009

...
...
Dear Bhawana !
Namaste!! Salam!!! Congrats!!!! God bless U !!!!! Dhog !!!!!!
Espically thanks to Mr. Ghimire, who writes about this sweety sister about her academic and economic condition.

Bahini, aba timlai dherai tarpha bata sahayog ko hatharu agadi aayeka 6an,,,, timle pakkai pani ramro gar6au n garnu par6... timro padhaiko ta jasari hunchha aba manage hunchha.... don't worry abt ur future... u need to keep ur mumy to very happy n give ur sister's better education.... that is ur first thing... u can do it,,,,,
I heard u choice TRINITY for the future educational institution, good for that.... any college, which u chose,,, u can find the golden gate in that instituion.... so best of luck.... go ahead... we r with u!!!!

Noname Sharma , July 17, 2009

...
dear sis,
I am very exciting with your history of the real life, i know about u only.sorry because i don't knew about ur family members. i want to help you for books, copy, pen, and more what ever i can do for your studies in class 11 or 12 . And U can not stop here to u study, u need to continue for bright future and for ur mum's sister's dream.
pushpa kumari mahara , July 16, 2009

...
Dear Bhawana, first of all very cogratulation!!!!!. I respect your braveness.
Don't worry we all women are with you. If you have hope you have future, if you don't have any hope you lost everything. Thus go ahead you will be get success. Best wishes for your future.
devi ghimire , July 16, 2009

...
bhawana sister namaste

i read your story.i want to help you.sent me e mail or call 303 725 3662 or sent me letter

850s.birch
#203 glendale ,colorado 80246
USA
chola pant , July 16, 2009

...
Bhawana bahini ko story ra saphaltale man chhoyo ,ma pani yastai sangharsaka sath saphalta payako yak byakti hu .Timro sahayogi ko list ma arko name thapiyako chha .Khub ramro sanga pada timilai help garne manchheko kami hune chhaina.
Goma,USA
Goma , July 15, 2009

...
In the existing convoluted political situation in Nepal, I had been drowned in a feeling of hopelessness. However, after reading Bhawana's real life story, I was so moved that I could not help myself not cry. So, I cried silently and felt that I was sharing my tears with Bhawana and her able mother. It also gave me a renewed hope and confidence towards the journalism in Nepal.
Once again, it gave me another reason to be proud of being a Nepali. Thank you so much, Bhawasagarji and Nagarik daily. In my own way, I will do what I can to contribute towards supporting Bhawana, her mother and Bhawana's two siblings.

I also must say that I was also touched by reading feedback pouring from so many readers all over the world. I can say that there is no Nepali heart that was not touched by her life story. That is what a true Nepali heart is.

We should not only see that Bhawana gets to a college to study the subject she chooses, we should also see that her mother and two sisters live a normal life.

I am sure this will inspire many people who are facing the similar situation throughout Nepal.

In my view, it will be good if we can find a stable job for Bhawana's mother so that she can continue to support her three daughters and be as proud as she is of her work and responsibilities towards her daughters. At the same time, a steady scholarship to Bhawana and her siblings to study would be most helpful.

And, for all purposes, the administration should make sure that the shadow of irresponsible and drunkard father does not fall anywhere near them.




Bal , July 15, 2009

...
bhawana sis nameste
tapai ko jivan katha le sabai ko man lai chhoyeko chha, tapai le ra tapai ko mum le yetro thulo shangharsa garnu bhako raichha sarai dukh pani lagyo, baine ani dherai college haru le schoolarship ko lagi offer gareko raichha ramro college choice garera padnu la ani sabai nepali daju bhai harule jastai ma pani tapai lai sano sahayog garne chhu, god bless you.

amar tamang
kangwon nat university
south korea
amar tamang , July 15, 2009

...
dear sis, timro life story dhekher malai pani naramailo layo hares khanu hudeina dukha pachi sukha absaya aaucha timile dheri padnu parcha timile timro aamako sapana pura garnu parcha best of luck i will help u ,,,,u can mail me..
\n
-->limbukiran@yahoo.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
Kiran limbu , July 15, 2009

...
bhawana ko sangharsa ka lagi thanks, but bhabasagar le khoji news ka nam ma gareko pit patrakarita prati dhikar6, usko mother ka 4 husband 6an, tyo khoita okaleko,
vanish verma , July 15, 2009

...
dear sis,
I am very exciting with your history of the real life, i want to help you for (books, copy, pen, and more assoseries of your studies in class 11 or 12)i am now saudi arabia if you can contact with me please \n
-->lokendra77@hotmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
lokedra , July 15, 2009
-->anju_sharma_poudyal@hotmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->. I am very keen to help you.
Anju , July 15, 2009

...
i read that article . I want to help her .please tell her to contact me at \n
-->ss010203@hotmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
subash sharma acharya , July 15, 2009

...
Bhawana
you doing great job congrulation keep it up. dont worry about your studies in future.
because every body want to help u. your thinking is great. take care your sister and mother . good blese you.I think you make change our socity. And this is chalange for our politician and political party. i am ready to help you
parshuram Bhandari
virginia usa
Parshuram bhandari , July 15, 2009

...
Sis bhabana,i am verry sad to study about your trouble life. Don,t be sad.Everybody will help you who have social act wises."Human born in poor familly but his act is not comes poor with him."
i will help you full of amount for one year transportation.
Contact at this nomber-9851071233
Also my friend mr prem muktan will help you Rs-1000/-
Contact him at this number-9841621825, Bhaktapur.
Bal bahadur nepali , Thamel , July 15, 2009

...
Bhawana huge Congralutation!
Jasto sukai dukhha ma pani agadi badhna saknu vaneko tyo khubi ho jaslai kasaile pani rokna sakdaina...pragati gardai janu,timro pragati ma kunai thes pugdaina vanne malai lagcha..Ra aasha cha k he garera dekhanu pachi ga-ara. Ramro lekh rahecha aha padhda padhdai khai aasu jhareko thahai va-ana ra k he lekhna man lagako ho.Timro safalta ko kamana garna chahanchu ra 88.75% aako raicha tesaile timilai testo dherai problem hudaina hola full Scholarship dincha hola jun kunai college le pani tesaile dhukka bha-ara ramro gardai janu. Hai ta Best of luck Bhawana
Sagar , July 15, 2009

...
bhawana timro bedana padera ma sary vabauk vaya timro uccha padai ko lagi ma perdesi dukhi daju ko tarfa bata 5,ooo nepales rupes help garnea b4 garea plz timro afny imail bata malai contact garnu la
Ramchandra k.c. netherland amsterdam
Ramchandra k.c. , July 15, 2009

...
bhavasagar jee

Can you please email me.

\n
-->mabi.singh@gmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
mabi singh , July 15, 2009

...
Bhabana do not be worry. There are two faces of life - one dark, black, and terrible and at the same time, another is bright, hopeful, and golden. Therefore, continue, you will get genuine opportunities in future. If you have will power, that changes you and the world. Further, your writing is encouraging to coming generations who often forget their path as they arrive at critical bend of their life. So, do not worry, but be determined; l doors will open for you. I want to use your writing for the purpose of encouraging students of coming generations if you permit me. If you do not mind, let me informed your account number so that I will help you to collect some amount for you for your further study from different schools and students.
a teacher , July 14, 2009

...
बिकिरहेको 'पत्रकारिता'मा सेतो गाईको दर्शन गरियो, मुरी -मुरी बधाई छ भबसागरजी ! अरु भावनाहरुका यथार्थ कथाहरु पनि तपाईंको कलमले आवाज उठाउन सकोस्, शुभकामना ।
सुबिन श्रेष्ठ , July 14, 2009

...
Bhawana bahini,
Timile jasari pratikul parishthiti ka babajut mehenat sath padhi ramro natija lyauna safal bhayou, tyesko lagi dherai subhakamana chha. Bastabma timro 'katha' prakashit bhaye pachhi dherai student haruko adarsha bhayeka chhau. Timile ajjha mehenat sath padhna sakos ,timro udyesya pura hos.
asta raj shakya , July 14, 2009

...
bahini vabanako sangharsa vabipidhiko lagi anukaniya chha ohlai dherai dherai badhai chha ajhhai sangharsa garnus saphalata tapaiko hatma aaipugchha saphalta ko suvakama
ramkc , July 14, 2009

...
vabana bahiniko sangharsa anukaraniya chha
ramkc , July 14, 2009

...
thanks for your great succsess and sad to hear about your story. think about that so many peoples are worse than you as domestic and financial life. i wish u a best of lock in future. like to share you some help plese write me a mail \n
-->gagan_hongo@yahoo.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
gagan from new york , July 14, 2009

...
सहयोगको चाहना गर्ने सबैलाई धन्यवाद । भावना तामाङ र उनकी आमा मीना तामाङको नेपाल एसबिआइ बैं‌कमा रहेको संयुक्त खातामा रकम जम्मा गरी सहयोग गर्न सक्नु हुन्छ ।

नेपाल एसबिआइ बैंक
बौद्ध शाखा
चुच्चेपाटी, काठमाडौं
खाता नम्बर : 20515241400263

विदेशबाट जम्मा गर्न स्विफ्ट कोड : NSBINPKA

खातामा पैसा जम्मा गर्दा जम्मा गर्नेको नाम पनि खुलाइदिनु होला । मेल बाट जानकारी पनि दिनुभए राम्रो सहज हुने थियो ।
भवसागर घिमिरे, नागरिक दैनिक
\n
-->sagarbhaba@gmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->

धन्यवाद ।
भवसागर घिमिरे , July 14, 2009

...
Bhawana Bahini
Congratulation. timro story padera dukha lagyo. Ptrakaar bandhu harulai dherai dhanyabaad. Mero web site maarphat pani Bhawanako lagi kehi rahat millaki bhanera maile yo news copy garera www.sherpaworld.com ma rakhi dieko chhu. Sayad kehi hunchhaki bhanne asa chha. Pratiksha garnu hola.

Tshering sherpa
Arubari Kathmandu
Tshering Sherpa , July 14, 2009

...
bhawana,
you r d example to those people who waste their money their time in bad way i loved ur story , tak care god is dere 4 u n god bless u .
sabbu , July 14, 2009

...
Congratulations Bhawana Bahini, I am very Happy to knowing your sucees . Success comes to those who dare and act. When I go through this article, tears comes down from my eyes for your great success. I don't know even I am very happy that you got success besides you faced a lot of challenges. You became an example for every students who are doing study. Keep it up...your dreams will come true. I heard news today at a Fm you got a chance for further study for Xaveirs International college. Best of Luck. Thanks to Team member of Junkiriand aslo to Bhaba Sagar Ji for covering this touchy story.
Machchhe Gurung , July 14, 2009

...
sarbapratham jun safalata prapta garnu bhayo tesko lagi thanx. ra gaurav garnu par6 timile euta mahan aama paunu bhaeko ma . ra bainiko lagi bhagabanko kripale bholi ka din haru ujjal hos bhanne kamana ra jasle bhawanako yo bastabikata bujhna sak6 tesle pratak6e-apratak6e sahayog garidinu hola bhanne anurodh garda6u. ra mapani sahayog garna ichhchhuk 6u . pls contact me \n
-->-hansapur.xpress@gmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
RICK , July 14, 2009

...
Bhawana,
Huge Congratulation!

What an inspirational story! I believe you have talents and courage to make your dream come true. Many thanks to journalists and Nagariknews for bringing up such a nice and touchy story.

I am happy to help you by providing some money for your education. Please write me at
\n
-->manab.chandra@gmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->

Thanks.
Chandra Rai , July 14, 2009

...
yo article kathmandu ko +2 haru ma pogeko holani, tyaha ko principal ra chairman haru le pade pani holan ..thorai pani morality edi chan bhane bhawana lai futher studies ko lagi offer garna sakna paryo ..
govt ko ta bhar napare huncha daura suruwal ra topi laune haru baru unicef sanga co-operation gare kaso hola bhavsagar ji..jasto sukai ai pare pani padna chai nachod nu baini timi lai sahayog garne hat haru nepali samaj ma ajai pani chan..
eraj , July 13, 2009

...
DHUNGA KO KAPA PHORERA PANI UMRANCHHA PEEPALA - Congratulations! Bhawana. What a brave daughter you are. Keep it up. Many hands are offering help for your further study and hopefully, there will be more others.
Uttam Neupane , July 13, 2009

...
thanks to the nagarik for bringing out this story. her story should be an inspiration to young boys and girls of the rich parents who take everything for granted. i will be very happy to contribute to her further study.
binod karmacharya , July 13, 2009

...
भावना जस्ता छोरीहरु सवैको होउन । मेरो छोरीले पनि यसै सत्रमा सेकेण्ड डिभिजनमा एस एल सी पास गरेकी छे । म सारै खुसि छू उसले पास गरेकोमा । मैले तीनलाइ पनि कलेजमा हाल्नु पर्नेछ तर म सानो मान्छे मेरो कमाइ पनि खासै छैन म सानो पदमा जागीर खाएर काठमाडौ जस्तो ठाउँमा वस्न गार्हो छ । तर आज भावना जस्ता छोरीको लागी मेरो तर्फबाट १००० एक हजार रुपैंया सहयो्ग गर्न सक्छु । र अन्य नेपाली दाजु भाइहरुलाई पनि सहयोग गर्न अनुरोध गर्छु भावनालाइ पढनलाई सहयोग गरौं ।
नवी महर्जन , July 13, 2009

...
I'm willing to support her too, If anbody organising some specific support program for her please let me know (like said by Anam Sharma and Family), I will be available on email
\n
-->siyanshrestha@gmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
Deep Shrestha , July 13, 2009

...
बहिनी भावना तमाङ को दु:ख दायी अनुभब जुन राम्रो प्रकार ले पाठक सामु प्रस्तुत गर्नु भयो तेस्को लागि सन्बाददाता भाबसगर घिमिरे जि तपाईं लाई धेरै धेरै धन्यवाद छ। पढदा एस्तो लाग्द् थियो कि तपाईं नेपथय मा बसेर,भावना बहिनी ले नै आँफै अघाडी आएर वहाँ ले भोग्नु परेको कुराहरु सुनाइ रहनु भएको छ।
pmesuda , July 12, 2009

...
भावना बहिनीको यो परिस्थितीगत घटना सुन्दा दिल छुन्छ, यदाकदा करिब बिगतका आफ्नो पनि दिनहरुको याद दिलाउँछ । तर,आफुले प्राप्त गर्नु भएको वर्तमान सफलता र आगामी योजना प्रति उचित साथ र सहयोग पाउँदा केही गरेर देखाउँने (महिला तथा बालबालिका बिशेष डाक्टर) साहस उहाँमा पाउँदा मलाई पनि अति नै सहयोग गर्न मन लाग्यो । हो, हाल म मरुभूमिको युद्धक्षेत्रको प्राङ्गणमा दिनको १२ घण्टा काम गरीरहेछु । सोही मेरो १ दिनको श्रम बराबरको सहयोग गर्न तयार छु । मलाई लाग्छ, ठूलो-सानो जे भएपनी सहयोग हो । ताकी एउटा-एउटा ईटा जोडेर ठूलो महल निर्माण हुन्छ । त्यसैले, \n
-->arjun.bantawa@gmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ --> मा मेल गर्नु भए अती राम्रो हुने थियो ।
अर्जुन दुङमेन् (बगदाद) , July 12, 2009

...
Dear Sis Bhawana,

Timro jibani sarainai bhabpurna rahechhau. aatmasantwana rakha dhairyatanai sabvanda thulo kura ho agi badnalai. baru timro biswasilo add matlab timro parichay prastha khulne thegana rakhnu awasya timro sahi margamama sahayog puryaunalai hami sampurna daju vai didi baini haru tayar chhu jasto lgchhu mero bicharma. \n
-->bed.gurung@kbr.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->, \n -->bedguru_zone@yahoo.co.uk -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
Bed Gurung , July 12, 2009

...
Bhawana Bahini,

Timi le ajha mihenat ka sath padnu parchha. Timro katha ma dherai Nepali haru ka katha pratibimbit bhaya ka chhan.

Mero pani sahayog rahanechha timi lai.

Prem/Germany
Prem , July 12, 2009

...
Thanks lots for your help to bring her in the media, Plz bring other people like Bhabana tamang who just passed the SLC or on the way to SLC.
I want to help the such people. I am very keen to help Bhabana and i will contact her via her email. Might There may be others who needs our help, if so as you know try to find out, I will help from side what I can.
Mani1 , July 12, 2009

...
hi bhawana sis tapae ko lekha padhera mero ta aakha ma aashu nai ayo man nai kasto kasto lago bhawana je jindaki yauta sangharsa hoo , tapae lae sangharsa gardai janu bhyayo bhane aabashy sha[phal hunchha . life eak den dukha eak den shukha hoo . ra tapae lae help pani aabashya paunu hune chha .
bhakta magar , July 12, 2009

...
भावना बहिनी
म यूनिभर्सल कलेजको शिक्षकका साथै प्रशासन प्रमुख पनि भएको हैसियतले तपाइको यो लेख बिहानै पत्रिकामा देख्ने बित्तिकै मैले साथीहरुसंग तपाईलाई फ्रिसिपमा पढाउन सल्लाह गरे उहाहरुवाट सकारात्मक जवाफ आएकोले तपाई यो मेलको खवर पाउने बित्तिकै भोलिनै यूनिभर्सल कलेज मैतिदेवी चोकमा सम्पर्क गर्नुहोला ।अर्थात फोन नं. ९८५१०४७२१४ मा फोन गर्नुहोला।
यो खोज खवर प्रकाशित गरिदिनुहुने र खवर खोज गर्नुहुने पत्रकार साथी र पत्रिका प्रकाशन समुहलाई मुरी मुरी धन्यवाद।
सारदा श्रेष्ठ
प्रशासन प्रमुख
यूनिभसैल कलेज
मैतिदेवी चोक, काठमाण्डौ
फोन ४४२८३२१
Sarada Shrestha , July 12, 2009

...
This effort from the editor and Bhabana, I had read about her in an article.
All efforts made from yourself and from reader is really appreciating.
You continue yr study and lift together up yr younger sister and brother as well.
My telephone No is 4109744,
for any deficit in yrs, n brs/sis study pl call me I will provide you Rs. 5,000/- on annual basis.
All the best
Mguragain , July 12, 2009

...
Dear Bhawana,
Welldone!no word to express about ur success and your your earth heart mum.thanks to Mr Bhavsagar Ghimire je and bijaya je.really, it touch my heart.plz help this lady on her education as well as i will try my best for her.one thing,the government should make a budget for those poor people education.
Dipak Titung Tamang , July 12, 2009

...
bhawana..timro kura sunera maile naramailo lagyo...jiwan ma yesari nirash hunu pardai,,timi jasto jahendar ra intelligent student lai jo khoi le pani help garna sak6n..college haru ma timali 100% samma scholarship with residence hun6..maile pani yo saal ma nai slc deko hu...timlai doctor banne science padnu par6 ...teska lagi timle NISt,ST.XAVIER,PRASADI ,UNITED ACADEMY,KMC jasta college haru ma gaera samparka gara...timle padhai ra basobas nisulka hun6......best of luck for ur future...#
\n
-->vertical_cremions@yahoo.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
roshan baral
Roshan Baral , July 12, 2009

...
hi sis bhawana ,
dherai dherai thanks n well done for the great success and bright future.tapaiko jivan yatra le mero man nai marmahat bhayo yasto auta athik sankat ko babjud pani auta bisista sreni ma slc pass garnu auta nari le chunautinai ho jasto lag6 anyway ma tapaiko study ko lagi jarur helfull 6u n mail me n i must be help u i can do help u thats all bye.
manish limbu dubai , July 12, 2009

...
bhavana bahine ko jiban katha le sabai ko man chhoeko chha , heres nakhou baine you will be sucess i also help to you, ok bank account number pani raicha ani contect ko lagi phone number bhaya ajahai ramro hunthyo hola mail address raichha po thikai chha help pachhi mail sent garam la ni,
amar tamang , July 11, 2009

...
भावना बहिनीको ईमेल छ भने यहाँ राख्द राम्रो होलाकी? यहाँका केही मान्छेहरु को सिधै सम्पर्क राख्नने कुरा गर्छन्।

एमटी लामा, अमेरीका
M.T. Lama , July 11, 2009

...
Sarai nai marmic jiban katha rahecha. Yasko English translation bhaye aajja ramro hunthyo, bidesi sastha bata turuntai sahayog pauthyo jasto lagcha. Hami pani kehi garna kosis garchu.
Kishor Shrestha , July 11, 2009

...
सहयोगको चाहना गर्ने सबैलाई धन्यवाद । भावना तामाङ र उनकी आमा मीना तामाङको नेपाल एसबिआइ बैं‌कमा रहेको संयुक्त खातामा रकम जम्मा गरी सहयोग गर्न सक्नु हुन्छ ।

नेपाल एसबिआइ बैंक
बौद्ध शाखा
चुच्चेपाटी, काठमाडौं
खाता नम्बर : 20515241400263

विदेशबाट जम्मा गर्न स्विफ्ट कोड : NSBINPKA

खातामा पैसा जम्मा गरी सकेपछि इमेलबाट जानकारी दिनु होला : \n
-->sagarbhaba@gmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->

धन्यवाद ।
भवसागर घिमिरे , July 11, 2009

...
I am really touched by this real article. We do have a lot of such hidden talent in our country and they are disappearing due to lack of economic source. I like to give big thanks to Ghimire ji that he has brought this news among us. Now, it is our time to help her and her mother by anyway we can. And also I am very happy to see reaction of our friends that they are ready to help her. At least we public have better feeling of social responsibility than our corrupted politician. please provide us a way to help her.
Ser B. Karki , July 11, 2009

...
Open a acocunt for Bhavana, we are ready to contribute..pls do so !
indra sapkota , July 11, 2009

...
i hope the editorial will open one bank account for the further study of bahawana bahini. i am ready to give 5000 rs for her study. contact me \n
-->harikanta95@hotmail.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
hari kanta acharya , July 11, 2009

...
Bhawan Bahini,

I am very sad to listen your challenges because I have faced this challenges in 2050 V.S. please mail me or call me. I will support to for your futher study. You are in middle of your future. U can not stop here, u need to continue for bright future and for ur mum's sister's dream.

\n
-->chitra@goodwayrubber.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
60126137023

Chitra BN , July 11, 2009

...
Bhawna,
There is no heart which remains untouched by your pathetic story. No doubt ...there are doors opened to you help you...If you are really determined to continue your further study, I will also be available to support you in every possible way. Do not be disappointed. You have a bright future.
Lalit
LALIT CHHETRI , July 11, 2009

...
HI Bhabana sis. maile tapaiko article pader malai pani jyadai dukh lageo. Tapai jyada hatas nahunus tapaiko hope pura hune6 Please \n
-->suraj_rana25@yahoo.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ --> ma malai mail garnus tapaiko contact details lekher maile pani sakdo help garne 6u tapaiko study ko lagi
s.a.rana , July 11, 2009

...
नागरिक/ भवसागरजी र पाठकहरू,

मार्मिक लेखका लागि पत्रकार र पत्रिकाप्रति हामी आभारी छौँ। यस्ता लेखहरूले हामीलाई समाजप्रति चासो र विश्वास दुवै बढाउन मदत गर्छन्।

यस्तो क्षमता भएकी छात्रा भावना तामाङको पढाइ त अब अघि बढ्छ किनभने एउटै स्कूलले चाह्यो भने उनलाई छात्रवृत्ति दिनसक्छ। तर उनकी आमाको दुःख भने कम हुँदेन किनभने भावना तत्कालै आमालाई मदत गर्न सक्ने अवस्थामा हुन्नन्।

यस्ता मन छुने लेख पढेर हामीलाई चासो लाग्छ र हामी आफ्नो सामाजिक दायित्वप्रति सचेत हुन्छौँ। हामी यसै पत्रबाट नागरिक/भवसागरजी मार्फत भावनाकी आमाका लागि सानो सम्मान राशी जम्मा गर्ने कामको थालनी गर्न चाहन्छौँ। त्यो पैसा उहाँको स्वास्थ्य परीक्षणका लागि खर्च होओस् र थपिँदै गएमा अरु काममा पनि प्रयोग होओस् भन्ने चाहनाका साथ हाम्रो परिवारका तर्फबाट हामीले रु ५,०००/ (रु पाँच हजारमात्र) छुट्याएका छौँ। हामी आजै भवसागरजीसित सम्पर्क गरेर यसको प्रक्रियाका बारेमा कुरा गर्छौँ।

यसरी राम्रै राशी जम्मा भयो भने तपाईँ हामी सबैलाई केही गर्न सकेको अनुभूति हुनेछ।

- अनाम शर्मा र परिवार


शर्माजी , July 11, 2009

...
Bhawana baini namaste,
Tapaiko lekh le mero man chhoyeko chha. Tapaiko paristhi maile mahasus garekochhu ra testo paristhiti ko bawjud pani tapaimaa dekhiyeko saahas prasamsaniya thandachhu.
Malai khusi chha ki tapai maa ajhai padhne ra kehi banne ikchha chha.

Tapai lai ajhai padhna ko laagi ma sahayog garna chahanchhu. Tapaile le malai e-mail garnasaknuhunchha.
kiran shrestha
\n
-->kiranbhai123@yahoo.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
kiran , July 11, 2009

...
Ghimire sir thank for your attempts that you have search miserable story. what is her probably you foget to mention. ghimire sir ti girl ko lagi hami le facebook ma euta group banayara yo story rakhnu paryo ani hami le dependable ra organisely kehi support garna sakchhau ke ? if it possible you/we can start that job.
this story touch heart of many.

\n
-->tellme_ok2002@yahoo.com -->यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ -->
gr paudel ( in fb)

sante , July 11, 2009

...
hey parmeshwar....................
warel , July 11, 2009

...
sampadak g lai dherey dhanyabad kina ki yesta dukha ka kura haru pani bahira launu parchha kina ki neta ko pachhi matra lagera hundain.


bhawana bahini ko dukha padera sarey dukha lagyo yasta dukhi lai kashey le sayog garnu parchha kina ki kathmandu ma praya dhani manchhe haru matra chhan ani campus pani dheray chhan mark ramro chha chinta linu pardeina kina ki mara herera pani campus le linchha .bestof luck.

dinesh bairagi , July 10, 2009

Comments