Skip to main content

Posts

Showing posts from September, 2023

भाइबहिनीसँग भेटघाट

‘‘चश्म खोलेपछि मात्र किताबमा भएको राइटरको फेस तपाइसँग मिल्छ । हजुरले किन कथा लेख्नुहुन्छ ? पाठीलाई स्वेटर मैले दुइ कक्षामा पढेको बेस्ट बुक हो । मेरो घरको ढोकामा सधैं बिरालो आउछ । मैले दूध दिन्छु । यसको पनि कथा हुन्छ ? हाम्रो लागि अझै धेरै कथा लेख्दिनु है । अब कहिले आउनु हुन्छ ?’’ कक्षा तीनमा पढ्ने नानीबाबुका कलिला बोलीले फूलजस्तै गरि मनमा छोए । 'लेखकसँग अन्तरक्रिया'मा आफ्नो पुस्तक ‘भान्छामा चुट्किला’ बाचन गर्न र कथा लेखनका बारेमा बताउन उनीहरूको विद्यालयमा पुगेको थिएँ । हामीले यस पुस्तकका चित्रकार Yuwak Shrestha लाई पनि सम्झियौं । नानीबाबुहरूले दुई कक्षामा मेरो अर्को पुस्तक ‘पाठीलाई स्वेटर’ पनि पढेका रहेछन् । लगभग ८० जना नानीबाबुका माझमा कथाबाचन गर्न र हराउन पाउदा नयाँ कथा बुन्ने उर्जा मिलेको छ । अवसरका निम्ति युलेन्स स्कूल ललितपुर र शिक्षिका मिना लुइटेल जीलाई धेरै धेरै धन्यवाद । अब चाँडै स्वतस्फुर्त रूपमा केही सामुदायीक विद्यालयमा कथा बाचन गर्ने र बुन्ने कला साट्न पुग्ने योजना बनाएको छु । ज्ञान बाँडे पक्कै बढ्दछ, नबाँडे सर्लक्कै घट्दै जान्छ । #childrensbooks #nepalichildren...

Children Books by Bhabasagar Ghimire / भवसागर घिमिरेका बाल पुस्तकहरु

These are the collections of Children Books written by Bhabasagar Ghimire so far. रुम टु रिडबाट प्रकाशित पुस्तकहरु (Books Published by Room to Read 2010-2024) १. हाम्रो घर एक संग्राहलय: धेरैपछि हजुरआमाको घरमा पुगेका एक बालकले घरमा भएका पुराना भाँडाकुँडाहरु खोज्न थाल्छन् । उनलाइ घर संग्रहालय जस्तै लाग्छ । उनले चलन हराउँदै गएका के के सामान देख्छन् त कथाले शिलशिलाद्ध तरिकाले खुलाउँदै जान्छ । रुम टु रिडले सन् २००९ मा स‌चालन गरेको लेखन कार्यशालामा तयार पारिएको यो तथ्यपुस्तकले मनोरञ्जनसँगै बालबालिकामा उत्सुक्ता भर्न सिकाउछ । A young boy, who had returned to his grandmother's house after a long absence, soon discovered that the house had transformed into something akin to a museum. As he ventured through the rooms, he stumbled upon a treasure trove of old utensils. The grandmother, in her own unique and captivating manner, began to regale her grandsons with stories of how these utensils were once used. २. माछा र बकुल्ला: तलाउ तिरमा खेल्दै गरेका आफ्ना साथी भकाभक बकुल्लाले ख...