Skip to main content

Posts

Showing posts from August, 2021

बालबालिकाका पुस्तक प्रकाशन र डिजिटलाइजेसन दुवैमा ध्यान दिन जरुरी छ

भवसागर घिमिरे बाल साहित्य सिर्जनामा लामोसमयदेखि लागिरहेका छन् । हालसम्म उनका बाल साहित्यमा कथा र कविताका ११ वटा पुस्तक प्रकाशित छन् । सन् २००९ ताका नागरिक दैनिकको सुरुवातमा शनिबारीय बाल पृष्ठ ‘जूनकिरी’को संयोजन गरेका घिमिरेले बीबीसी मिडिया एक्सनमा कथा मीठो सारंगीको, कथामालालगायतका रेडियो नाटक लेखन तथा निर्देशनमा लामो समय काम गरेका थिए । नेपालमा बालबालिकाको सिकाइ अभ्यास र बालसाहित्यका बारेमा उनीसँग मकालु खबरले गरेको कुराकानी :- बालबालिकाका लागि पठन संस्कृतिको कुरा गर्दा नेपाली भाषामा कोर्सबाहिरका पुस्तक खासै छैनन् र भएका पनि सामग्री र गुदीका हिसाबले गतिला (गुणस्तरीय) छैनन् भन्ने गरिन्छ । अवस्था यस्तो हो र ? यो प्रश्नको उत्तरअघि म के भन्छु भने ‘विज्ञको हिसाबमा म यी कुरा गरिरहेको छैन । छोटो समयको अनुभवको आधारमा मेरा विचारहरू पस्किँदैछु । सिकाइ कहिल्यै सकिँदैन र म हरेक दिन सिकिरहेको छु ।’ तपाईँले भनेको कुरा केही हदसम्म सत्य छ । यद्यपि नेपालमा सबै उमेर समूहका बालबालिकाका लागि पाठ्यपुस्तक नै कम छ भन्न मिल्दैन । प्राथमिक तहका लागि धेरै नै प्रकाशन भएका छन् । केही कमीकमजोरी होलान् तर कम/बढ...