–भवसागर घिमिरे राजधानीको थापाथलीमा चलेको पुस्तक बिक्रिकक्ष । एक आमा आफ्नो त्यस्तै ९ वर्षे छोरा बल्ल तल्ल मनाउने प्रयासमा थिइन्, नेपाली बाल पुस्तक किन्नको लागि । उनको हातमा छोराले नै छानेका तीन अंग्रेजी बालपुस्तक पहिल्यै थिए । बजारमा के कस्ता पुस्तक आएका छन् ? जान्नका लागि केही घण्टाअघि देखि ¥याकहरू चाहर्दै गरेको मेरो ध्यान त्यो दृश्यले खिच्यो । आखिरीमा एक मात्र नेपाली बाल पुस्तक जबरजस्ती किनेर उनी छोरासहित बाहिरिइन् । उनीहरू गएपछि मेरा आँखामा पुस्तक कम प्रश्नहरू बढी नाँच्न थाले । किन त्यो बालकलाई नेपाली पुस्तक मन परेन ? के हामीले मन छुने सिर्जना पस्कन सकेनौं ? कि अभिभावकले नै नेपाली बालसाहित्यलाई बुझ्न सकेनन् वा छोराछोरीलाई बुझाउन् सकेनन् ? प्रकाशन गृहहरूको लगानीमा कमजोरी रह्यो कि ? यी प्रश्नहरूबारे छलफलको ढोका उघार्ने प्रयत्न यहाँ गर्नेछु । हामी कस्ता लेखक चालिसको दशक । दिदी र दाइ कक्षा चढेपछि । किताबको गाता झरेपछि मात्र मेरो हातमा स्कुले पाठ्यपुस्तक पर्थे । बाल साहित्य भनौ वा विश्व विज्ञान । हाम्रा निम्ति ति सबथोक थिए । पछिल्लो एक दशकमा भने बालसाहित्यमा पुस्तकको संख्या ह्व...
...A Blog By Bhabasagar