चैत्र ९, २०७५ भवसागर घिमिरे काठमाडौँ — गएको साल, दसैंको बेला । मनाङबाट बिहारको बेतिया जिल्ला जान हिँडेका ४१ वर्षे मलख यादवलाई वीरगन्जमा सीमा प्रहरीले रोक्यो । साथैमा हिँडेकी २७ वर्षे काली घलेलाई भारत बेच्न लागेको आरोपमा उनीमाथि केरकार सुरु भयो । गोरखाकी कालीले आफूहरू बिहे गरेर घर जान लागेको बताइन् । मलखले पनि सही थपे । भारतको कोठीमा सयौं नेपाली चेली बेचिएको परिवेशमा नेपाल प्रहरी सजिलै यो कुरा मान्न तयार भएन ।
...A Blog By Bhabasagar