काठमाडौँ — कसोकसो कछुवाकै गति भए पनि झन्डै ९ घन्टाको यात्रापछि चामे पुगियो । मनसुनमा मन्द निदाएको गाउँ । सिमसिम पानी । कालो दाल, काउली र आलुको तरकारी । एक थाल भात सर्लक्कै सकियो । मनमा बुंङ, ताल गाउँ, च्याम्चे, तिमाङका झरनाको सम्झना बोकेर मस्त निदाइयो पनि । पहिला अत्यासलाग्दो थकाइ, पछि गहिरो निद्रा । सायद यात्राको मिठास नै यही होला । मनाङ घुम्न कहिले जाने ? धेरैको उत्तर दसैंतिहारताका हुन्छ । त्यति बेला तिलिचो चुम्ने र थोराङ्ला हुँदै अन्नपूर्ण सर्किट घुम्ने पर्यटकको लर्कोले काठमाडौं असनको झल्को दिन्छ । यसपालि मेरो यात्रा भने बेमौसमी रहयो, साउनको झरीमा । पदमार्गमा पर्ने पिसाङ, भ्राका र मनाङ गाउँमा सिंचाइसम्बन्धी अनुसन्धानमा सघाउनु मुख्य काम थियो । साथमा थिए एरिजोना विश्वविद्यलय अमेरिकामा विद्यावारिधि गर्दै गरेका गाउँले दाइ जगदीश पराजुली । उनी व्यवस्थित सिंचाइ प्रणालीका बारेमा अनुसन्धान गर्दै थिए । नयाँ ठाउँ घुम्ने, नयाँ मान्छे भेट्ने र कथा लेख्ने हुटहुटी मनमा कुद्दै थियो । यही हुटहुटीसँगै सुरु भयो मनाङ यात्रा । समय दुई साता, गत साउनको दोस्रो साता । पानीको कहर ...
...A Blog By Bhabasagar