Skip to main content

Posts

Showing posts from October, 2017

‘ट्याक्सी मिटरमा जान्छ ?’

सामान्यतया छ घण्टा लाग्छ । गत बिहिबार १२ घण्टाको बस यात्रामा बल्ल तल्ल काठमाडौं आइपुगियो पोखराबाट । एसी सुविधा सहितको टुरिष्ट बस गोल्डेन ट्राभल्सले एसिको चिसो त पुरा यात्रामा जम्मा आधा घण्टा मात्र चखायो त्यो पनि सबैले झपार्न थालेपछि मात्र । वाइफाइ त कहाँ पाउँनु । यसै पनि धेरै बसमा वाइफाइ लेखिएको पढ्न पाइन्छ चलाउँन पाइँदैन । एकै सिट भिन्न यात्रुहरूको नाममा बुकिङ गर्देकाले अर्को तनाव भयो । आधा घण्टा भन्दा बढी दोबाटो मै बस रोकियो । केही विदेशी पर्यटकले आफू बसिरहेको सिट गुमाए र अन्त सर्नु प¥यो । यस्तो बेला हरियो प्लेट लगाउँने बसलाई नै लाज नलागेपछि के गर्नु ?  अझ बसको ढोका बिग्रेको रैछ पुरै दाम्लो लगाएर बाँध्न र खोल्न पर्ने । बस हिडिरहँदा पनि धेरै पटक डोरी फुस्केर ढोका अटोमेटिक खुल्थ्यो । यात्रा भरी ढोका झर्ला कि झै गरी बजेको कर्कश संगीतले पनि पार्नु पा¥यो । सानी छोरीको हैरानी हेर्दै, दोब्बर समय लगाएर, कलंकी झरेको छैन ट्याक्सीवालाको मनोमानी सुरु भयो ।