Skip to main content

Posts

Showing posts from September, 2017

महादेवसँग वार्तालाप

वाह ! काठमाडौँको बिहान, पूरै नेपाल बन्दजस्तो लाग्दो रै’छ । हावा पनि चिसो चलेको, धूलो पनि कम उडेको । गाडी पनि कम गुडेको । मज्जा आयो । अरु दिनदिनै निस्कने भएर ‘मर्निङ वाक’ गर्छन् । आफू महिना दिनमा निस्कने भएपछि हिँडेर मात्र कहाँ भो र ? दौडनैपर्छ भन्ने भो, ‘मर्निङ रन’ । कुलेलम ठोकियो, स्याँस्याँ र फ्याँफ्याँ गर्दै ।  वाग्मतीको किनारैकिनार । जोसमा दौडदा एक जनासँग सोझै ठोक्किएपछि मात्र मैले जुत्ताको ब्रेक लगाएँ । ‘महादेव !’  फर्केर हेरेपछि मेरो त होसले ठाउँ छोड्यो । स्वस्थानीमा पढेकै हो, हिन्दी सिरियलमा त धेरै देखेको हो, यीचाहिँ कहाँबाट आए त हउ ? “हजुर माफ पाउँ,” मैले त आँखै देखिनँ । 

म हुर्केको आँगन !

लगभग सँगसँगै जन्मेका हौं हामी, मात्र एक वर्षको कान्छो हुँ’ला म क्लव भन्दा । हुर्कने क्रममा मैले आफ्ना जीवनका सात वर्षहरु (वि.सं २०५६–०६२) प्रत्यक्ष रुपमा क्लवको नजिक रहेर बिताएँ । ती सामिप्यताका मिठा, सुन्दर अनि अविस्मरणिय क्षणहरु अझपनि मेरा मन मष्तिष्कमा सुनौलो तबरले पोतिएका छन् । मैले सुनेको क्लव मेरो काका (रेशमराज शर्मा घिमिरे) को घरमा थियो । मैले देख्दा भने यो गोविन्द पराजुली दाईकहाँ पुगिसकेको थियो । तर मैले भोगेको क्लव क्रमशः तत्कालिन ज्ञानभूमि प्रा.वि., सागर दाई (विन्दुसागर पराजुली) को घर हँुदै अहिले सुन्दर प्रकृति उद्यानको हाताभित्र सम्म पुगेको छ । यी विभिन्न क्षणहरू बीचको क्लवको अवस्थालाई नजिकबाट बुझ्ने, भोग्ने र यी चरणहरुमा आफूलाई एक जिम्मेवार सदस्यको रुपमा प्रस्तुत गर्ने मौका पनि पाएँ मैले । यस दौरानमा धेरै तिता मिठा अनुभवहरु रहे । ज्ञानभूमिमा साधारण सभाका दिन कार्यसमितिमा बस्ने सदस्य नपुगेर घर घरमै खोज्दै हिँड्नुपरेको थियो । त्यति खेरै हाम्रो कार्यालय बसेको कोठा भत्काइ त्यहाँ पोखरा बहुमुखी क्याम्पसको लागि पक्कि भवन बनाउने जानकारी दिइयो ।  तब क्लवलाई त्यहाँबाट सागर द...

धौलीको खुसी

धौली ६ वर्षकी भइन्। उनीसँगै उनको घरमा आमा र हजुरआमा मात्र हुनुहुन्छ। धौलीका बाबा भारतको बम्बैमा सुरक्षा गार्डको काम गर्नुहुन्छ। बासँग कुरा गर्नको लागि उनको आमासँग सानो मोबाइल फोन छ। शनिबार आयो कि आमाको ध्यान मोबाइलमै धैरै हुन्छ। बाको फोन आएपछि केहीबेर आमा, त्यसपछि हजुरआमा अनि बल्ल धौलीको बोल्ने पालो आउँछ। उनलाई हप्ताभरिको धेरै कुरा भन्न मन लाग्छ। बाबा भने ‘छोरी निकै छै के’ भन्दै सन्चो बिसन्चो सोधेपछि ‘बादमे कल करुंगा है’ भन्दै ट्याक्क फोन काट्नु हुन्छ। यस्तो हुँदा धौलीको मन दुख्छ।