भवसागर घिमिरे गत शनिबारको दिन बिहान। सिराहाकी लक्षण देवी मण्डलले भर्खरै खाना पकाएर सकेकी थिइन्। साधारण त्रिपालको छतमुनी भोकाएका तीन छोरीहरू खानाखाने तयारीमा थिए। सिमराहा टोलकी ३० वर्षे यी मण्डलले खाना पस्कने तयारी गर्दागर्दै एक्कासी हावाहुरी चल्न थाल्यो। हुरीमा टाउको लुकाउँने फुस र माटोले बनेको घर केहि दिन अघिको आगलागिले जलेर नष्ट भैसकेको थियो। त्रिपालको ओतमा अब के हुने हो भन्दै छोरीहरू रुन कराउँन थाले। ‘अचानक हुरीले पाल उडायो’ मण्डलले भनिन्, ‘पकाएको खानामा माटो र बालुवा मिसियो। उनीहरू भोकै भए।’ हुरिसँगै आएको ठूलो पानीले उनीहरूलाईमात्र हैन दुई दिन अघि राहतमा पाएको दालचामल, लुगाफाटा पनि भिजाउन थालीहाल्यो। ‘गाउँ खुल्ला दिशा मुक्त क्षेत्र घोषण भएपछि ऋण काढेर बनाएको ट्वाइलेट थियो,’मण्डलले भनिन्, ‘घरदेखि पर रहेको त्यहीँ ट्वाइलेटमा ओसारेर थोरै दालचामल बचाउँन पायौं। बाँकी केही माटोमा मिसिए, त केही हावाले उडाए।’ भोकाएका छोरीहरूले माटो मिसिएकै भएपनि खाना खान थाले, उनको मन कटक्क खायो। शनिबारको पानी र हुरीले लक्षण देवी जस्तै गाउँमा रहेका आगलागि पिडीत ३० परिवारको उस्तै बिचल्ली भएको ...
...A Blog By Bhabasagar