भवसागर घिमिरे नेपाल इन्भेष्टमेन्ट बैंकको लाजिम्पाट शाखामा (नारायणहिटीको उत्तर ढोका तर्फ) पैसा जम्मा गर्न केहि दिन अघि पुगेको थिएँ। सोच्नुहोस् त, हरेक बैंकमा पुग्ने बित्तिकै डिपोजिट फर्म भर्नु अघि तपाईलाई के कुराको हतार हुन्छ ? हो मलाई पनि त्यही कुराको हतार भयो, पालो लाग्ने नम्बरको लागि कुपन लिने। यता खोज्छु छैन, उता खोज्छु छैन। ‘छैन हो, लाइनमै बस्नु पर्छ’ गार्डले नै यसो भनेपछि मैले लाइन तिर हेरेँ। पुरै लामो छ त। यस्तो चल्ति शाखा। त्यो पनि प्राइम लोकेशनमा। यो कुन युगको बैंकमा आएछु भन्दै थकथक लाग्यो। फर्म भरेर लाइनमा ठिंग उभिएको मैले पालो पाउँन ठ्याक्कै २५ मिनेट लाग्यो, १३ जनापछि। तपाई भन्नु होला, तेलको लाईनमा तीन दिन बस्न सक्छस्, ग्याँसको लाइनमा दुई रात खप्न सक्छस्, बैंकको लाइनमा जाबो २५ मिनेट बस्दा तेरो के ढाड खुस्कियो ? हैन मेरो त खुस्केन तर यो बैंकले सन् २०१६ को ‘बैंक अफ द इयर’ पाएको हो भन्ने थाहा पाउनु भयो भने तपाईको चाहि फुस्कन सक्छ, हाँसो। बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टाइम्स लन्डनद्वारा इन्भेष्टमेन्टलाई यो वर्षको सर्वोकृष्ट नेपाली बैंक घोषणा गरेको हो। अर्को कुरो स...
...A Blog By Bhabasagar