Skip to main content

Posts

Showing posts from November, 2016

केएमसीको कोठा नम्बर ८

"दाई ट्वाइलेट कता छ  होला ?" एक भद्र महिलाले सोध्छिन । "के म याँ ट्वाईलेट देखाउन बसेको हो ?" कुर्चिमा बस्ने चश्म र ढाका टोपी लगाएका एक बुढा कर्मचारी ज‌गिन्छन् । यि कर्मचारी  अस्पताल आएका बिरामीको नाम दता गराउने र उनीहरुलाई सम्बन्धित कोठामा पठाउने काममा खट्टिएका थिए । गत बिहिबारको कुरा हो यो । विहानको ११ बजे आसपास । काठमाडौंकाे  सिनाम‌ंगलमा रहेको काठमान्डु मेडिकल कलेजको सल्य चिकित्सा बहिरंग विभागको दृश्य हो यो । कोठा नम्बर ८ भित्र रहेको यो अोपिडीसँगै न्युरो तथा प्लाष्टिक सर्जरी जस्ता थुप्रै कोठाहरु पनि छन् । यि कोठाहरु विषेशज्ञ डाक्टरहरु र उनीहरुलाई भेट्न चाहने बिरामीहरुले भरिभराउँ हुने गर्छ । व्यवस्थित नहुँदा बिचको प्यासेजमा पनि मान्छेको घुइचो छ । बाहिर बस्दिनु बोलाउँला भन्दा पनि सुन्नेवाला छैनन कोहि । हुन त एक जनाले त्यती धेरै कोठाका बिरामीको नाम बोलाउनै पनि साध्य छैन । त्यसैेले पनि बिरामी उनको भर परेका देखिँदैनन् । सायद कारण यहि होला बाहिर कुरेर बस्ने भन्दा भित्रै आएर कोच्चिने र ढोकामै एकै घण्टा भएपनि उभिएर बस्ने धेरै थिए । बुढा बा र ति महिलाको भनाभनपछि बि...

देखेपछि, सोचेपछि, गरेपछि...

हरेक दिन सडकमा उसको बिरामी हालत देख्दा दिक्क हुन्थेँ । के गर्ने भन्ने सोच्थेँ । हिजो बिहिबार साँझ तरकारी किनेर फर्कदा श्रीमतीसँगको सल्लाहमा उसको फोटो खिच्यौं । सडकमा बेबारीसे भेटिने यस्ता साथीहरूको पक्षमा काम गर्ने तीन संस्थाहरु KAT Centre, Sneha's Care र Street Dog Care e.V का फेसबुक पेजहरू अनलाइनमा भेट्यौ‌‌ । उसको दयनीय तस्बिर र सहयोगको याचना सहित हिजै मेसेज पठायौं । त्यसमध्ये Sneha's Care ले आज बिहानै रिप्लाई गरेर दिउँसो तिर उसको उपचारको लागि प्राविधिकको टोली पठाउने जनायो । बाँकी दुई संस्थाले म्यासेज हेरे तर जवाफ आएन । आज शुक्रबार Sneha's Care बाट आएको टोलीले एक इन्जेक्सन दिएर गए । उसलाई छाला सम्बन्धी रोग भएको रहेछ । अब एक महिनासम्म हरेक हप्ता भ्याएसम्म फलोअपमा आउने बताएका छन् । उनीहरुले नभ्याए खुवाई दिनको लागि एक औंषधी लेखिदिएका छन् । औषधी किनेर मासुको टुक्रा अथवा ससेजमा राखेर खुवाउँन सकिँदो रहेछ । तीन हप्तासम्म हरेक हप्ता १ गोली खुवाएपछि उसको छाला निको हुने र रौहरु पलाउँने उनीहरुले बताए । प्रति गोली लगभग २ रुपैयाँ पर्ने यो अौषधिका तीन गोली खा...