बिदाको समय सदुपयोग गरेर घुम्नको लागि कास्की जिल्लाको घान्द्रुक गाउँ निक्कै रमाइलो ठाउँ हो । अन्नपुर्ण पदमार्गमा पर्ने यो गाउँको दुई दिने यात्रालाई चार बुँद्धामा यस लेखले समेट्न खोजेको छ । १. केहि वर्ष अघिसम्म पोखराबाट लगभग दुई घण्टाको बस यात्रा र ५ देखि ६ घण्टाको पैदल यात्रामा बल्ल मुख्य गाउँ टेक्न सकिन्थ्यो । ऐले भने पोखराको टुँडिखेल, हरिचोकबाट सोझै जिप चल्छ, घान्द्रुक वडा नम्बर २ किम्चेसम्म । प्रतिव्यक्ति तीन सय रुपैयाँमा जीपमा लगभग ३ घण्टामै त्यहाँ पु¥याउँछ । त्यहाँबाट सरदर एक देखि डेढघण्टाको उकालो पैदल यात्रामा हामी घान्द्रुकको मुख्य वस्ती भएको गाउँमा पुग्न सक्छौं । यदि तपाईसँग दश जनाको टोली भयो भने जिप नै तपाईका साथीहरूले भरिन सक्छ । यात्राभर गीत गाउँदै रमाइलो गर्नुको मज्जा बेग्लै । किम्चेपुगेपछिको पैदल यात्रामा तपाईले ठूला ठूला झरना, गाउँको हरियाली र घान्द्रुक पारीको गाउँ लान्द्रुकजस्ता परपरका गाउँका मनोरम दृश्यको मज्जा लिन सक्नुहुनेछ । यदि तपाई जाँदा र आउँदा हिडेरै मजा लिन चाहनुहुन्छ भने पोखरा पृथ्वीचो...
...A Blog By Bhabasagar