Skip to main content

Posts

Showing posts from August, 2016

आँशुले पखालेको विमानस्थल

साउन ५, बुधबार। त्रिभुवन विमानस्थल, समय रातको ८ देखि ९:१५। दृश्य १  : वैदेशिक रोजगारीमा जाने नेपाली यात्रुहरूको प्रस्थानद्वार। साउदी अरब जान लागेका मेरा एक दाजुलाई मैले बिदा गरेँ। झन्डै दुई दसक त्यहाँ मजदुरीमा बिताएका उनले बिदाइका बेला भने, ‘यो अन्तिम पटक हो। अबको दुई वर्षपछि नफर्कने गरी आउँछु ।’ मैले मुन्टो हल्लाएँ। उनी मलिन अनुहार लिएर भित्र पसे। केहीबेरमै खादा, टिका र माला लगाएका पढेलेखेकै देखिने एक जना पहाडी मुलका युवा हतारिँदै बाहिरिए। उनको अँध्यारो मुहारबाट प्रष्ट हुन्थ्यो कि केही गडबड भयो। उनी प्रवेश ढोकामा रहेका प्रहरीसामु पुगे। प्रहरी : के भो? केटा : साँझ दस बजे भनेको थियो, बिहान दस बजेको फ्लाइट रै’छ। बर्बाद भो। प्रहरी : (टिकट हेर्दै) खै...ए बिहानको रै’छ, पहिल्यै हेर्न पर्दैन त? केटा : अब टिकट काट्दिनेले साँझ भन्यो सोझै आको। अब के गर्ने? प्रहरी : अब टिकट काट्नेलाई नै भन्नू। (भर्खरै बिदावारी भएर फर्केका केटाका आफन्त दगुर्दै आइपुग्छन्। सायद, उनीहरूबीच मोबाइल फोनमा यसअघि नै कुरा भैसकेको छ। आफन्त हतास मुद्रामा नजिकै आउँछन् र केटाको लगेज बोकेर गुनगुन गर्दै छेऊ...