Skip to main content

Posts

Showing posts from July, 2016

त्रिवि पनिकाले भुलेको पसिनाको मूल्य

-भवसागर घिमिरे "वातावरण सफा राखी, सभ्यताको परिचय दिऔं’   त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खु। गेटबाट भित्र पसेपछि देब्रेतिर उकालो चढ्दा झ्याल नम्बर ९ आउँछ। त्यो झ्यालको आडैमा लेखिएको भनाइ हो यो।   पढाउन सजिलो छ, आफै व्यवहारमा उतार्न गाह्रो छ भनेझै यो भनाइले नै पनिकालाई गिज्याइरहेको भान हुन्छ।    एउटा ट्रान्स्क्रिप्ट निकाल्ने फारम भर्न, त्यहीँ भित्र रहेको ग्लोबल आइएमई बैंकको काउन्टरमा पुगेर भौचर काट्न, त्यसलाई दाखिला गरेर कार्यालयको अर्को रसिद बुझ्न अनि अन्त्यमा सबै कागजात बुझाउन कति समय लाग्ला?   फारम भर्न १० मिनेट। बैंक भौचर १० मिनेट। रसिद दाखिला र बुझाउन २० मिनेट। लगभग ४० मिनेट। चालीस मिनेटमा सकिनुपर्ने कामका लागि तपाईंको तीनदेखि चार घन्टा समय खेर जान्छ। देशको सबैभन्दा ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलय आफैं परीक्षामा ब्याक लागेर बसेजस्तो छ। बैंक भौंचर भर्ने लाइन। त्यसको दाखिला गर्ने लाइन। दाखिला गरेपछि फेरि बुझिलिन बस्नुपर्ने लाइन। बुझेपछि फारम बुझाउन बस्नुपर्ने लाइन। तीन घन्टा समय त लाइन ...