भवसागर घिमिरे देवता नमान्ने म नास्तिक हैन। मानेर अहोरात्र मूर्ति पुज्ने आस्तिक पनि हैन। कहिलेकाहीँ मन्दिर जाँदा ईश्वरलाई नमन गर्छु। प्रसाद र पैसा मन्दिरबाहिर माग्नेमा चढाउँछु। त्यही बेला आफू जस्तै धेरै मान्छे भेट्दा खुसी लाग्छ। हामीभित्र अझै देवता जिउँदै छन्, ढुंगा बनेका छैनन्। हाम्रो यो गर्विलो सोचलाई अझै पनि न कुनै धर्मप्रचारकले डगाउन सकेका छन् न त भूकम्प जाँदा माछाले काँध फेरेको भन्दै भ्रम फैलाउनेहरूले नै हल्लाउन सकेका छन्। हुन त गएको वैशाखको भुकम्पले धेरै हल्लायो। हाम्रो घर हल्लायो। आँखाको डिल हल्लायो। खसाल्यो केही मोतीका दानाहरू र उघार्यो हाम्रो मनमा मानवताको आकाश। यसै सन्दर्भमा, वैशाख २९ को दोस्रो ठूलो झट्कालगत्तै मैले एउटा स्टाटस पढेको थिएँ, फेसबुकमा। लेख्ने उनै थिए डाक्टर भगवान कोइराला। अंग्रेजीमा लेखिएको त्यो स्टाटसको नेपाली भाव यस्तो थियो: ‘त्यो कस्तो दिन थियो... पहिलो ठूलो भूकम्पपछि हामी बिरामी स्याहारको सामान्य दैनिकीमा फर्कदै थियौं। मुटुको दुईवटा भल्भ फेर्नुपर्ने बिरामीको अप्रेसन गर्दैथिएँ म। त्यसैबेला दोस्रो ठूलो भूकम्प गयो, ७.३ रेक्टर स्केलको। हाम...
...A Blog By Bhabasagar