Skip to main content

Posts

Showing posts from September, 2015

लिफ्ट दिन खोज्दा

आज बिहान घरबाट अफिस निस्कँदै थिएँ । बिजोर नम्बरको स्कुटर लिएर शान्ति नगर अघि पुगेँ । एक भाइलाई म लाजिम्पाट जाँदैछु जाने हो भनेर सोधेँ । "दाई म त कल‌ंकी जाने हो" उनले भने । "माइतीघर पुर्याइदिन्छु नी त" मेरो प्रस्ताव सुनेपछि उनले हाँस्दै भने, "सोझै कलंकी जाने गाडी कुर्छु दाई धन्यवाद ।" लौ त भन्दै म सरासर अघि गएँ । वानेश्वर चोकमा धेरै मानिस गाडी कुरिरहेका थिए । हुलमै सोधेँ, "कोहि रत्नपार्क जानुहुन्छ ?" एक बहिनी धेरै बेर देखि गाडी कुरेको तर नपाइएको भन्दै दौडदै आईन । महांकाल नजिक एक कार्यलमा जाँदै गरेकी मोरङ कि ति बहिनीलाई लिफ्ट दिन पाउँदा खुशी लाग्यो । भोली त जोर दिन आफू पनि फुटपाथमा हिड्नु नै छ । भवसागर, ११ असोज २०७२

संविधान सभा भवन भित्र संविधान जारी हुँदै गर्दा बाहिर जे देखियो

संविधान सभाको घोषणा सभाहल भित्र हुँदै गर्दा भवन बाहिर भने धेरै मानिसहरूको उत्साह देख्न सकिन्थ्यो । यो एेतिहासिक क्षणको सांक्षी बस्न आएका केही बेखुशी पनि देखिएका थिए । हेरौं केही तस्बिरहरु । Moments outside of Constitution Assembly Hall, while Nepal was promulgating  Constitution 2015. र यो भिडियो झलक पनि... Photos: Bhabasagar Ghimire

को हो नेपाली ?

एरपोर्ट बिराटनगर । चेक इन काउन्टरमा भिड थियो । लाइन केही लामो । महिला र पुरुषको दुई फरक लाइन । पुरुषको लाइनमा म अघि एक कालो वर्णका मोटा व्यक्ति थिए । महिलाको लाइन छोटो थियो । एक राई लिम्बु जस्तो देखिने महिला हतार हतार आइन । काउन्टरमा सामान जोख्न सघाउने कर्मचारीले तिनको झोला जोख्न सघाए ।  ‘बाटो बन्द थियो, हैरान भइयो,’ उनले अंग्रेजी लवज मिसाएर अफ्ठ्यारो भएपनि नेपालीमै भनिन् । ‘हो त गाह्रो भो है ? दार्जलिङतिर हो घर ?’ कर्मचारीले सोधे । ‘हैन म त यहि धरानको हो, युके फर्कन लागेको’ उनले फेरि उस्तै लवजमा भनिन् । त्यसै बीचमा मेरो अघिल्तिरको मोटा व्यक्ति लाइनमा सोझो बस्न असहज भएपछि केही बाहिर निस्किए । तत्कालै कर्मचारीले कडा तरिकाले भने, ‘आप लाइन मे सिधा बेठिए ।’ यो सुनेर उनी झनै असहज भए । अन्त्यमा उनले नम्र भएर जवाफ फर्काए, ‘अफ्ठ्यारो भएर हो, म लाइन मै छु ।’

हामी सबै डाक्टर केसी !

भाद्र १८, २०७२- डाक्टर गोविन्द केसीको पाँचौं पटकको अनशन । भेट्न र समर्थन जनाउन शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा त्यहाँ शिवरात्रीको पशुपतिझै उनलाई भेट्नेको भीड थियो । अस्पतालको एक कुनामा लडिरहेका थिए उनी । पशुपतिका देवता त फूल, प्रसाद र दक्षिणाले टन्न अघाएका हुन्थे । तर यहाँ भने उनी भोका र बिरामी थिए । देशका सरकार र ठूला मान्छेहरु सानाको कुरा सुन्दैनन् । यसैले आन्दोलन हुन्छन् । तर, केसीका यति धेरै तिखो कान छ कि कर्णालीको बिरामीको पीडा उनी सुन्छन् । जाजरकोटका गाविस पिच्छेको व्यथा महसुस गर्छन् । पहाड हल्लिँदा उनको मन हल्लिन्छ र पहाडका भत्केका भग्नावशेषतिर पुग्छ । तराई डुब्दा मलम लगाउन उतै पुग्छन् । गरिबको स्वास्थ्यमाथि खेलबाड गर्ने वनमाराझैं सल्केका मेडिकल कलेजभित्रको दलीय राजनीतिको पनि हेक्का राख्छन् । अनशनमा उनी बस्दा, उनको भोकले धेरै भोकाहरूको प्रतिनिधित्व गरेको थियो । उनलाई गाल्दै गएको रोगमा देशलाई ढाल्दै गएको माफियातन्त्रको छायाँ देखिन्थ्यो । ठूलो बिडम्बना, यहाँ रोग, शोक र भोकको सुनुवाई हुँदैन । हुन्छ त केबल हिंसा, तोडफोड अनि तोडमोडको । तैपनि उनको अभियान जारी थियो । आखि...