राजकुमार बस्नेत रट्टेको रट्यई गर्नु पर्ने । भट्ट्याको भट्याइ गर्नु पर्ने । जाँच आउनु अघि मेरो पसिना छुट्थ्यो । पढ्न, अहँ रुचि लाग्दैन्थ्यो । ७ कक्षा पास गरेपछि भने मेरो विद्यालयको पढाइले पुर्ण बिराम लियो । काठमाडौंको फर्पिङ गाउँ । घरमा हुँदा खेतबारीको काममै रमाउँथेँ । मौसम अनुसार काउली, बन्दा, इस्कुश, सिमी गाँजर यस्तै त हो । बारीमा तरकारीको कमी हुन्थेन । मेहनत भने मज्जैले गर्नु पथ्र्यो । समस्या नपर्ने त कहाँ थियो र ? तरकारीमा रोग भने के के हुन के के लाग्नी । के गर्नु पर्छ पत्तो हुन्थेन । पढेर जानेका मानिसहरू कम थिए, परेर जानेका धेरै । वरपरका काका काकी दाइ दिदीलाई गुहार्न जानु पथ्र्यो । ‘मेरोमा केही समय काममा आइजा सिकिहाल्छस् नी’ उनीहरू सकेसम्म कुरा छोट्याउँथे । मलाई काम गराउँथे । लुरुलुरु उनका बारीमा सघाउन जान्थेँ, केही सिक्थेँ पनि । ‘लु यति औषधी हाल चट भैहाल्छ’ उनीहरूले भनेपछि भने म हनुमानले सञ्जिवनी बुटी भेट्टाएजस्तो फुरुँङ्ग हुन्थेँ । झोल, धुलो के के हुन के के, लगेर हाल्थेँ । केही सयममा तरकारी हलक्कै हुन्थे । म दंग । बा आमा, छक्क । तै पनि मन भने मान्थेन, ‘आफूले राम्ररी नबुझेपछि अ...
...A Blog By Bhabasagar