Skip to main content

Posts

Showing posts from August, 2014

माइलो, सपना र सरोज दाइ

'जहाँ गएपनि आफू हुर्केको ठाउँ कहिल्यै बिर्सनु हुन्न है,' २०६२ साल कार्तिक महिनामा मेरो बिदाइका बेला सरोज गोपाल दाइले यसै भन्नुभएको थियो। पोखराको माछापुच्छ्रे एफएममा कार्यक्रम संचालकका रुपमा कार्यरत म स्नातकोत्तर अध्ययनको सिलसिलामा त्यसबेला राजधानी आउँदै थिएँ। उहाँ नै स्टेशन म्यानेजर रहनुभएको पोखराको पहिलो एफएममा म चार वर्षभन्दा बढी कार्यक्रम सञ्चालकको रूपमा कार्यरत थिएँ। 'दिमाग खराब' नामक साप्ताहिक हास्यब्यङ्ग्य कार्यक्रम संचालनको काम हाम्रो पोल्टामा थियो। पहिलो वर्षमा हास्यव्यङ्ग्यकार विश्व शाक्य दाइको नेतृत्वमा सर्लाहीका शिवशंकर पाण्डे, पोखराकै सुनिता  लिगलसँगै म पनि प्रस्तोताको रूपमा थिएँ। पछिल्ला वर्षमा भने विश्वदाइले कार्यक्रम छाड्नु भयो र हामी तीनै जनाले त्यसलाई निरन्तरता दियौं।  त्यसबेला सरोजदाइ कार्यक्रमको अभिभावक हुनुहुन्थ्यो। हिजो अचानक उहाँ बितेको खबरले दुखी बनायो। हास्यव्यङ्ग्यको माध्यमबाट नजिकिन मौका पाएको सरोज दाइले यति चाँडै रुवाएर जानुहुन्छ भन्ने विश्वास गरेको थिइनँ।

शहर बन्दै छ

केही महिना अघि बिजुली बजारको नयाँ सडक बीच यो खाल्डो देख्दा दिक्क लाग्थ्यो । एेले कमसेकम त्यो ढाकिएको छ । खुशी लाग्छ शहर बन्दै छ । संरक्षण गर्ने जिम्मा हाम्रै ।  केही हप्ता पहिले ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍========================================================== देखेको अहिले